Wednesday, 14 March 2018

आऊ ! नफुटौ जुटौ !!

कवि : सचिन खवास

नफुटौ जुटौ !
नसुतौ  ! ऊठौ  !
धेरै भयो
यहाँ हामी सुतेको
जागौ  ! अघि बढौ
मनमा बोकी सेवा भाषा साहित्यको ।

भाषा हाम्रो प्राण
यसैले दिएकोछ विश्वामा हामीलाई मान सम्मान ।
भाषा हराए
हराउँछ संस्कार साहित्य र संस्कृति ।
भाषाले नै हुने हो
असलमा जातिको प्रगति ।

हामी गोर्खा हौ ।
विश्वाकै वीर जाति ।
यसैले आज फुलिन्छ
हर एक गोर्खाको छाती ।
हाम्रो अस्तित्व कसैले मेटाऊन सक्दैन ।
यसैले अब सबै एक जुट भएर
आफनो अघिकारका लागि पछि हटनु हुदैन ।

आऊ ! नफुटौ जुटौ !!
हामीले अब सपथ लिनु छ ।
नभुलौ अब झुटो आस्थामा
नत्र भने भविष्य हाम्रो अन्ध्यारो छ ।

भुल्नु हुदैन !
शहीदहरुको त्याग र वलिदान
उनीहरुको आँशु र रगतले देश बाचेको छ ।
आफनो प्राणको वलिदानले
आज देशले स्वास फेर्दैछ ।

जात - पात
भेद भाव सबै त्यागेर
यहाँ' काम गरौ नेक ।
ईश्वार हजारौ भए पनि
हाम्रो पुज्ने बिधि एक ।

नहिडौ !
अब भ्रमको बाटोहरुमा
धेरै हिडेरै होला लक्ष्यमै पुगन सकेनौ ।
बनावौ ! बाटो
अब नयाँ सुखत र शान्तिको
दार्जीलिङसम्म पुग्नलाई ।

नफुटौ जुटौ
नसुतौ  ! उठौ !
धेरै भयो
यहाँ हामी सुतेको ।
जागौ ! अघि बढौ
नछुटौ नटुटौ लागौ
बरु तन मन धन दिएर सेवामा भाषा साहित्यको ।

No comments:

Post a Comment