Monday, 24 June 2024

Sikkim's CM Prem Singh Tamang Meets Prime Minister Narendra Modi: Discusses Key Issues and Extends Invitation for Statehood Day Celebration


New Delhi, 24 June — Chief Minister of Sikkim, Prem Singh Tamang (Golay), called on Prime Minister Narendra Modi at the Parliament House, New Delhi. During the meeting, CM Tamang congratulated PM Modi on his third consecutive electoral victory and expressed confidence in his continued leadership.

The Chief Minister extended gratitude for the Prime Minister’s support, especially following the Sikkim flash flood in October 2023. He highlighted several critical issues, including the demand for tribal status for 12 indigenous communities, the Limboo-Tamang seat reservation in the Sikkim Legislative Assembly, and the anticipated visit of His Holiness the 17th Karmapa Ogyen Trinley Dorji to Sikkim.

CM Tamang also briefed the Prime Minister on the initiative to construct a multimodal corridor with an integrated checkpost at Chewa Bhanjyang between Sikkim and eastern Nepal. He presented the Post Disaster Need Assessment report, estimating a requirement of Rs. 3673.25 crore for recovery and reconstruction, and sought continued support.

Highlighting the strategic importance of NH-10, CM Tamang requested a permanent solution to its frequent disruptions and proposed that its maintenance be entrusted to a Central Agency like NHAI or NHIDCL. He also sought urgent intervention for the restoration of NH-310A, which connects Gangtok to the Indo-China border, following recent cloudbursts in North Sikkim.

A proposal to develop a Himalayan Railway Line between Bakrakote in West Bengal and Rorathang in Sikkim was also presented, along with historical correspondence dating back to 1917.

The Chief Minister applauded the Prime Minister’s environmental initiative, 'Ek Ped Maa Ke Naam,' which promotes planting a sapling in honor of mothers. He announced that Sikkim would observe this initiative on July 7, 2024.

CM Tamang extended an invitation to PM Modi to grace the 50th Statehood Day celebration of Sikkim as the Chief Guest on May 16, 2025, which the Prime Minister graciously accepted.

MP (Lok Sabha) Shri Indra Hang Subba and   MP (Rajya Sabha) Shri DT Lepcha were also present during the meeting.

Wednesday, 29 May 2024

चम्पासरी युवा नाट्य मञ्चद्वारा छ: जनालाई सिलगढ़ी गौरव सम्मान प्रदान गरियो

सिलगढ़ी, मिलनमोड : चम्पासरी युवा नाटय मञ्चद्वारा विभिन्न विधामा विशिष्ट स्थान बनाइसकेका ६ः जना विशेष व्यक्तित्वहरूलाई सिलगढ़ी गौरव २०२४ सम्मानले विभूषित गरियो । गत २९ मई २०२४ आइतवार दिउँसो २ बजेदेखि संस्थाको निजि भवनको 'गुग्गजन रुचाल स्मृति मञ्च' मा सम्पन 'मातातीर्थ औसी विशेष' कार्यक्रमको भव्य समारोहमा यो सम्मान प्रदान गरियो। यस वर्षको सिलगढ़ी गौरख २०२४ सम्मानले विभूषित हुने छः जना व्यत्तित्त्वहरूमा समाजसेवा अनि उद्योगको क्षेत्रमा राजेन शर्मा सुबेदी, शिक्षाको क्षेत्रमा चन्द्र छेत्री, पत्रकारिताको क्षेत्रमा खेम सापकोटा, गायनको क्षेत्रमा जुनु गौतम, गजल साहित्यको क्षेत्रमा विमल खतिवडा माइला तथा कला एवं सङ्गीतको क्षेत्रमा सुमित विश्वकर्मा प्रमुख थिए। स्रष्टाहरूलाई पुष्पमाला, अङ्गवस्त्र तथा प्रशस्ती पत्रका साथ 'सिलगढ़ी गौरव' सम्मान प्रदान गरिएको थियो । संस्याद्वारा प्रत्येक वर्ष मनाइने मातातीर्थ औंसी विशेष कार्यक्रममा ५ जना वृद्ध माताहरुलाई तथा यसपालि देखि ५ जना पिताहरूलाई पनि राखी मञ्चमा पूजा गरियो । वृद्ध माता पिताहरूलाई पूजन पश्चात विभिन्न उपहार तथा नगद प्रदान गरियो। संस्थाका संभापति कृष्ण बस्नेतद्वारा रोचक ढङ्ग‌मा सञ्चालित यस भव्य अनि सभ्य समारोहको अध्यक्षता स्थानीय
समाजसेवी बद्री प्रसाद शर्माले गरेका थिए भने विन्दु दाहाल, ज्ञानेन्द्र दाहाल, कैलाश शेर्पा, केदारनाथ शर्मा, प्रमिला अधिकारी, सुवास रेग्मि, सुनिल गिरी, अरूणा रूचाल, सिलगढ़ी गौरव २०२३ ले सम्मानित स्रष्टाहरू भानु रामुदामु, राजु शाशंकर, रामचन्द्र छेत्री आदि विशेष अतिथिका रूपमा उपस्थित थिए । संस्थाका पदाधिकारीगण सचिव उमेश अधिकारी, संयोजकद्वय क्याप्टन पेमा लामा अनि इन्द्रवहादुर खतिवडा तथा महिला सदनकी अध्यक्षा सीमा लामा प्रधानलाई प्रथममा स्वागत अनि सम्मान जनाउँदै शुरु गरिएको समारोहमा आविष्कार खतिवड़ा र जुनू गौतमले आमाको सुन्दर गीत प्रस्तुत गरी सबैलाई विभोर बनाए। स्थानीय कलाकार क्षितिज छेत्रीले बाँसुरी अनि तबला एकसाथ बजाएर मीठो प्रस्तुति दिँदै कार्यक्रमलाई रोचक बनाएका थिए भने अनलाइन नृत्य प्रतियोगिताका निर्णायकहरू सरू खतिवड़ा र रोमि पाठकले सुन्दर नृत्य प्रस्तुत गरी कार्यक्रमको रोचकतालाई अझ बढ़ाएका थिए। आकृति छेत्री अनि कृतिका सिक्तेलले स्वागत नृत्य प्रस्तुत गरे। संस्थाका कानुनी सल्लाहकार अधिवक्ता खेम राईले आमा सम्बन्धी मीठो कविता वाचन गरी वातावरण नै कवितामय बनाएका थिए। यस समारोह विशेषतः पुरस्कार अलङ्कर समारोह रहेकोले संस्थाले यसपालि बोर्ड परीक्षा उत्तीर्ण गर्ने ४ जना विद्यार्थी स्वीकृति भट्टराई, स्मृति रिजाल, गणेश धमाला र प्रतीक्षा आचार्यलाई, आर डी. सी मा एन सी सी बाट सामेल भएर आएका क्षितिज छेत्रीलाई ३ जना निर्णायक सरू खतिवड़ा, रोमि पाठक, आकांक्षा दाहाललाई, पश्चिम बंगाल सरकारको कृषि विभागमा कार्यरत संस्थाका सदस्य 'डेपुटी डाइरेक्टर' को ओहदामा पदोन्नति भएकामा डा. लोकनाथ शर्मा निरौलालाई, संस्थापक सदस्य सम्मान' को रूपमा बद्री प्रसाद शर्मा, गोविन्द अधिकारी र सञ्जीव पराजुलीलाई, संस्थागत रूपमा 'माइतीघर नारी समूह' लाई, संस्थाका सक्रिय कार्यकर्ताका रूपमा खीमानन्द न्यौपाने र जय कार्कीलाई 'मायाको चिनों' प्रदान गरी सम्मानितल गरियो। ल मन्थन नाट्य मञ्चको पक्षबाट सरस्वती शेर्पाद्वारा लिखित अनि निर्देशित नाटक 'आमाको बलिदान' पनि कार्यक्रममा प्रस्तुत गरियो जसलाई नाटककार स्वयं तथा लक्ष्मी देवान, सरस्वती दाहाल, अमित लेप्चा, रञ्जिता दियाली आदि कलाकारहरूका सुन्दर अभिनयले रोचक बनाएको थियो।

संस्थाद्वारा आयोजित अनलाइन एकल नृत्य प्रतियोगिताको फलाफल पनि यसै समारोहमा घोषणा गरियो जसमा रोशनी सुवेदी, आस्था दाहाल, दर्पण छेत्री र प्राञ्जल दाहाल क्रमैले प्रथम, दोस्रो, तेस्रो अनि चौथो भए। विजेताहरूलाई मेडल, ट्रफी, नगद राशि र प्रमाण-पत्रले सम्मानित गरियो भने सम्पूर्ण प्रतियोगीहरूलाई नै मेडल र प्रमाण पत्र प्रदान गरी प्रोत्साहित गरियो। अन्त्यमा अध्यक्षीय सम्भाषण पछि कार्यक्रम समाप्त गरियो।

Wednesday, 28 February 2024

१८औं पारिजात सालिग प्रतिष्ठा दिवस एवं पारिजात अर्घ्य लोकार्पण समारोह





सिलगढ़ी, २७ फरवरी: गत २५ फरवरी २०२४ को दिन यहाँको लिम्बू बस्तीस्थित सिलगढ़ी प्रतिष्ठा दिवस पालन गरियो। २६ फरवरी २००६ को दिन पारिजात सङ्घको अथक प्रयासमा पारिजात सालिग स्थापना समितिद्वारा राष्ट्रिय राजमार्ग ३१ अनि इष्टर्न बाइपास मोड़ हाल पारिजात चोकमा पारिजातको पूर्णाङ्ग सालिग प्रतिष्ठा गरेको दिनलाई स्मरण गर्दै उक्त कार्यक्रम पारिजात सङ्घका अध्यक्ष बिर्जु सुब्बाको अध्यक्षतामा अनि साहित्य अकादमी पुरस्कार विजेता साहित्यकार लोकनाथ उपाध्याय चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा विशेष रूपले पारिजातको सम्मानार्थ अर्घ्य स्वरूप प्रकाशित गरिएको ग्रन्थ पारिजात अर्घ्यको विमोचन गरियो। पारिजात सङ्घका महासचिव रोहित शर्माद्वारा सञ्चालन गरिएको उक्त समारोहमा विशेष रूपले विशिष्ट अतिथिको आसनमा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा. हेमनाथ पौडेल, उत्तर बङ्गाल विश्वविद्यालयबाट प्रा. डा. कृष्णराज घतानी, भारतबाट पारिजातमाथि शोध गरेर विद्यावारिधि हासिल गरेकी डा. सृजना शर्मा, उपन्यासकार रिना सुब्बा, पारिजात अर्घ्यका सम्पादक वरिष्ठ साहित्यकार कृष्ण प्रधान, पारिजात सङ्घका सल्लाहकार अभय खालिङ, बार्ड पार्षद एवं सिलगढी नगर निगमको शिक्षा अनि संस्कृति विभागका भारप्राप्त एमएमआईसी पारिजात अर्घ्यका प्रकाशक जितेन पाल आदि विराजमान थिए। पारिजातको प्रतिकृतिअघि धूपद्वीप प्रज्जवलन गरेर शुरु कार्यक्रममा यमुना भट्टराईले पारिजातको कविता एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता सिलगढीमा पारिजात विषयमा सङ्घको पक्षबाट शिक्षक, साहित्यकार अभय खालिङले आफ्नो मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा डा. सृजना शर्माले पारिजातमाथि गहन वार्ता प्रस्तुत गरिन्।

सूर्यसँग तुलना गर्दै प्रा. डा. हेमनाथ पौडेलले पारिजातलाई अर्घ्य स्वरूप यो ग्रन्थ तयार गरेर सिलगढ़ीले ठूलो कार्य गरेको बताए। यसरी नै पार्षद शोभा सुब्बाले यस वर्षदेखि सिलगढ़ी नगर निगमले पारिजात अनि गिरी जयन्ती समारोहपूर्वक मनाउने निर्णय लिएको घोषणा गरिन्। पारिजात अर्घ्यका प्रकाशक जितेन पालले यस ग्रन्थमा सम्पादक कृष्ण प्रधान अनि कार्यकारी सम्पादक रोहित शर्मालाई दोसल्ला अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको कार्यक्रममा आवरण स्केच बनाउने विद्यार्थी अनन्तो रायलाई मायाको चिनो प्रदान गरियो। कार्यक्रम अध्यक्ष बिर्जु सुब्बाले आफ्नो अध्यक्षीय वक्तव्यमा शोभा सुब्बा, गरिएको उक्त आवृत्ति गरिन्। 


पारिजात सालिग किन र कसरी सिलगढीमा यस संस्थाले बनायो त्यसबारे आफ्नो वार्ता राखे अनि प्रमुख अतिथि लोकनाथ उपाध्याय चापागाईले पारिजातको जीवनी प्रस्तुत गरे। तिनले पारिजातलाई विश्व प्रसिद्ध साहित्यकार बताउँदै पारिजातका कृतिहरूबारे समारोहमा वक्तव्य राखेका थिए आफू लगायत कार्यकारी सम्पादक रोहित शर्मा अनवरत खटेर यो ग्रन्थ प्रकाशमा आउन सकेको बताएका थिए। समारोहलाई सम्बोधन गर्दै पारिजात अर्घ्यका प्रकाशक जितेन पालले सालिग स्थापनाका घटनाहरू बताएको उक्त कार्यक्रममा सिलगढ़ी र वरिपरिका पारिजात प्रेमी महानुभावहरूको व्यापक उपस्थिति थियो। समारोहमा विशेष गरेर पुरण कुमार लोहार, हेमन्त शर्मा, कृष्ण बस्नेत, पदम छेत्री, सबिन गुरुङ, टिका प्रसाद उपाध्याय, उर्शिला सुब्बा, मदन कुमार सुब्बा, अरूण बराल, प्रदीप दाहाल, मकरधोज तामाङ, सहदेव गिरी, बुद्ध छिरिङ तामाङ, पी.आर शर्मा, कुमार खवास, सुष्मा तामाङ, लीना राई, दिलीप कुमार राई, कुबीर छेत्री, सचिन ठकुरी, बिजेन्द्र सुब्बा, रोशन राई, उत्तम बाबिया, गणेश शर्मा, उदय सुब्बा आदिको उपस्थिति थियो। उक्त जानकारी पारिजात सङ्घका महासचिव रोहित शर्माले प्रेस विज्ञप्तिमार्फत दिएका छन्।

साभार : हिमालय दर्पण