Wednesday, 29 May 2024

चम्पासरी युवा नाट्य मञ्चद्वारा छ: जनालाई सिलगढ़ी गौरव सम्मान प्रदान गरियो

सिलगढ़ी, मिलनमोड : चम्पासरी युवा नाटय मञ्चद्वारा विभिन्न विधामा विशिष्ट स्थान बनाइसकेका ६ः जना विशेष व्यक्तित्वहरूलाई सिलगढ़ी गौरव २०२४ सम्मानले विभूषित गरियो । गत २९ मई २०२४ आइतवार दिउँसो २ बजेदेखि संस्थाको निजि भवनको 'गुग्गजन रुचाल स्मृति मञ्च' मा सम्पन 'मातातीर्थ औसी विशेष' कार्यक्रमको भव्य समारोहमा यो सम्मान प्रदान गरियो। यस वर्षको सिलगढ़ी गौरख २०२४ सम्मानले विभूषित हुने छः जना व्यत्तित्त्वहरूमा समाजसेवा अनि उद्योगको क्षेत्रमा राजेन शर्मा सुबेदी, शिक्षाको क्षेत्रमा चन्द्र छेत्री, पत्रकारिताको क्षेत्रमा खेम सापकोटा, गायनको क्षेत्रमा जुनु गौतम, गजल साहित्यको क्षेत्रमा विमल खतिवडा माइला तथा कला एवं सङ्गीतको क्षेत्रमा सुमित विश्वकर्मा प्रमुख थिए। स्रष्टाहरूलाई पुष्पमाला, अङ्गवस्त्र तथा प्रशस्ती पत्रका साथ 'सिलगढ़ी गौरव' सम्मान प्रदान गरिएको थियो । संस्याद्वारा प्रत्येक वर्ष मनाइने मातातीर्थ औंसी विशेष कार्यक्रममा ५ जना वृद्ध माताहरुलाई तथा यसपालि देखि ५ जना पिताहरूलाई पनि राखी मञ्चमा पूजा गरियो । वृद्ध माता पिताहरूलाई पूजन पश्चात विभिन्न उपहार तथा नगद प्रदान गरियो। संस्थाका संभापति कृष्ण बस्नेतद्वारा रोचक ढङ्ग‌मा सञ्चालित यस भव्य अनि सभ्य समारोहको अध्यक्षता स्थानीय
समाजसेवी बद्री प्रसाद शर्माले गरेका थिए भने विन्दु दाहाल, ज्ञानेन्द्र दाहाल, कैलाश शेर्पा, केदारनाथ शर्मा, प्रमिला अधिकारी, सुवास रेग्मि, सुनिल गिरी, अरूणा रूचाल, सिलगढ़ी गौरव २०२३ ले सम्मानित स्रष्टाहरू भानु रामुदामु, राजु शाशंकर, रामचन्द्र छेत्री आदि विशेष अतिथिका रूपमा उपस्थित थिए । संस्थाका पदाधिकारीगण सचिव उमेश अधिकारी, संयोजकद्वय क्याप्टन पेमा लामा अनि इन्द्रवहादुर खतिवडा तथा महिला सदनकी अध्यक्षा सीमा लामा प्रधानलाई प्रथममा स्वागत अनि सम्मान जनाउँदै शुरु गरिएको समारोहमा आविष्कार खतिवड़ा र जुनू गौतमले आमाको सुन्दर गीत प्रस्तुत गरी सबैलाई विभोर बनाए। स्थानीय कलाकार क्षितिज छेत्रीले बाँसुरी अनि तबला एकसाथ बजाएर मीठो प्रस्तुति दिँदै कार्यक्रमलाई रोचक बनाएका थिए भने अनलाइन नृत्य प्रतियोगिताका निर्णायकहरू सरू खतिवड़ा र रोमि पाठकले सुन्दर नृत्य प्रस्तुत गरी कार्यक्रमको रोचकतालाई अझ बढ़ाएका थिए। आकृति छेत्री अनि कृतिका सिक्तेलले स्वागत नृत्य प्रस्तुत गरे। संस्थाका कानुनी सल्लाहकार अधिवक्ता खेम राईले आमा सम्बन्धी मीठो कविता वाचन गरी वातावरण नै कवितामय बनाएका थिए। यस समारोह विशेषतः पुरस्कार अलङ्कर समारोह रहेकोले संस्थाले यसपालि बोर्ड परीक्षा उत्तीर्ण गर्ने ४ जना विद्यार्थी स्वीकृति भट्टराई, स्मृति रिजाल, गणेश धमाला र प्रतीक्षा आचार्यलाई, आर डी. सी मा एन सी सी बाट सामेल भएर आएका क्षितिज छेत्रीलाई ३ जना निर्णायक सरू खतिवड़ा, रोमि पाठक, आकांक्षा दाहाललाई, पश्चिम बंगाल सरकारको कृषि विभागमा कार्यरत संस्थाका सदस्य 'डेपुटी डाइरेक्टर' को ओहदामा पदोन्नति भएकामा डा. लोकनाथ शर्मा निरौलालाई, संस्थापक सदस्य सम्मान' को रूपमा बद्री प्रसाद शर्मा, गोविन्द अधिकारी र सञ्जीव पराजुलीलाई, संस्थागत रूपमा 'माइतीघर नारी समूह' लाई, संस्थाका सक्रिय कार्यकर्ताका रूपमा खीमानन्द न्यौपाने र जय कार्कीलाई 'मायाको चिनों' प्रदान गरी सम्मानितल गरियो। ल मन्थन नाट्य मञ्चको पक्षबाट सरस्वती शेर्पाद्वारा लिखित अनि निर्देशित नाटक 'आमाको बलिदान' पनि कार्यक्रममा प्रस्तुत गरियो जसलाई नाटककार स्वयं तथा लक्ष्मी देवान, सरस्वती दाहाल, अमित लेप्चा, रञ्जिता दियाली आदि कलाकारहरूका सुन्दर अभिनयले रोचक बनाएको थियो।

संस्थाद्वारा आयोजित अनलाइन एकल नृत्य प्रतियोगिताको फलाफल पनि यसै समारोहमा घोषणा गरियो जसमा रोशनी सुवेदी, आस्था दाहाल, दर्पण छेत्री र प्राञ्जल दाहाल क्रमैले प्रथम, दोस्रो, तेस्रो अनि चौथो भए। विजेताहरूलाई मेडल, ट्रफी, नगद राशि र प्रमाण-पत्रले सम्मानित गरियो भने सम्पूर्ण प्रतियोगीहरूलाई नै मेडल र प्रमाण पत्र प्रदान गरी प्रोत्साहित गरियो। अन्त्यमा अध्यक्षीय सम्भाषण पछि कार्यक्रम समाप्त गरियो।

No comments:

Post a Comment