Saturday, 20 January 2024

तृणमूलद्वारा बंगालको ४२ वटै आसनमा प्रतिद्वन्द्विताको तयारी

तृणमूलद्वारा बंगालको ४२ वटै आसनमा प्रतिद्वन्द्विताको तयारी
                    फाइल फोटो

कलकत्ता, १९ जनवरी (एजेन्सी)। मुख्यमन्त्री तथा तृणमूल कंग्रेसप्रमुख ममता ब्यनर्जीले प्रदेश कंग्रेस अध्यक्ष अधीर रञ्जन चौधरीबारे धेर नसोच्ने सन्देश पार्टीका कार्यकर्ताहरूलाई दिएकी छन्। शुक्रवार कालीघाटस्थित आफ्नो घरमा डाकिएको मुर्शिदाबाद तृणमूल कंग्रेसको बैठकमा ममता ब्यानर्जीले पार्टीका नेताहरूलाई यस्तो सन्देश दिएकी हुन्। बैठकमा तिनले भनिन्, सबै मिलेर प्रतिद्वन्द्विता गरे अधीर कुनै फ्याक्टर होइनन्। जिल्ला तृणमूल कंग्रेसलाई ममता ब्यानर्जीले भनेअनुसार अधीर रञ्जनलाई उपेक्षा गर्नुपर्नेछ अनि तिनको कुरा मस्तिष्कबाट हटाउनु पर्नेछ।

तिनले भनिन्, इण्डिया गठबन्धनका ठूला सहयोगी दलहरूमध्ये तृणमूल कंग्रेस प्रमुख हो। तृणमूल कंग्रेसलाई छोडेर यस राज्यमा अन्य कसैलाई कंग्रेसले धेर महत्त्व दिए तृणमूल कंग्रेसले आफ्नै प्रकारले सोच्नेछ। त्यसैले राज्यमा यसपालि ४२ वटै आसनमा प्रतिद्वन्द्विताको तयारी

शुरू गर्ने कुरा ममता ब्यानर्जीले बताइन्। कंग्रेस र तृणमूल कंग्रेसको आसन सम्झौताको विषयमा मुर्शिदाबाद चर्चित जिल्ला हो। सन् २०१९ मा सर्वप्रथम यस जिल्लाबाट तृणमूल कंग्रेसले लोकसभा आसन जितेको थियो, त्यो पनि एकैचोटि दुइवटा । त्यस लोकसभा चुनाउमा मुर्शिदाबादको जिम्मावारी शुभेन्दु अधिकारीले सम्हालेका थिए। तृणमूल कंग्रेसले जंगीपुर र मुर्शिदाबाद जिते पनि सो चुनाउमा अधीर रञ्जन चौधरीलाई पराजित गर्न सकेन। यद्यपि कंग्रेस सांसदले चुनाउ जिते पनि मतको व्यवधान कम्ती थियो। यसपालिको लोकसभा चुनाउमा पश्चिम बंगालमा कंग्रेस र तृणमूल कंग्रेसको समीकरण के हुनेछ? त्यो अहिलेसम्म अस्पष्ट छ तर यी सबैमाझ अधीर रञ्जन चौधरीले तृणमूल कंग्रेसविरुद्ध प्रहार जारी राखेका छन्। शुक्रवार मुर्शिदाबादबारे कालीघाटमा आयोजित बैठकमा तृणमूल कंग्रेसका महासचिव अभिषेक ब्यानर्जी पनि उपस्थित थिए।[साभार: हिमालय दर्पण]

No comments:

Post a Comment