मदिरामा भन्दा बढी ड्रक्समा ध्यानाकर्षण हुँदैछ युवा वर्गको।
बीरपाडा, ७ जनवरी: एडिक्सनको बढ्दो नशाको खोजमा नानीहरूले लगाएको डाइपर पनि सुँघ्ने कगारमा पुगेका छन् युवाहरू। आखिर भुल कसको त?
अभिभावक वर्ग, स्थानीय समाज, प्रशासन कि स्वयं युवा वर्ग? नशामा चुर्लुम्म डुबेका छन्। डुवर्स चियाबारीका युवा-युवतीहरु । प्रतिदिन चियाबारी अनि वन बस्तीका युवा-युवतीमा मदिराको नशा भन्दा बढी विशेष कफ् सिरप, ट्याब्लेटको नशा बढी प्रयोग गरिरहेको देखिन्छ।
आइतबार डुवर्सको बन्द बन्दापानी जाने क्रममा चाइबासा लाइनमा प्रचुर मात्रामा कफ सिरपको खाली बोतल अनि विभिन्न प्रकारका ट्याब्लेटका खोलहरू देखियो ।
Wincirex,Correx, Enten, Proxy, Dendrite साथै व्यथाको दवाईका खोलहरू देखियो। स्थानीय वृद्धहरूलाई सोद्धा यस बन्द चियाबारीका धेरै मानिसहरूले मदिरा रम रक्सी, बियर खान छोडेर अहिले कफ् सिरप, मात्ने दवाई प्रचुर रूपमा प्रयोग गर्ने गर्दछ ।
१०० मा ७० प्रतिशतले नशालु दवाईको सेवन गर्ने गर्दछ । बीरपाडाबाट आएर नशालु दवाई बिक्री गर्ने गर्दछ। प्रतिदिन यसको प्रयोग गर्नेहरूको सङ्ख्या बढिरहेकोमा चिन्ता व्यक्त गरे। स्थानीय मदिरा विक्रेताले नाम प्रकाश नगर्ने शर्तमा भने पहिला भुटानमा पाइने रम, बियर, रक्सी प्रचुर मात्रामा बिक्री हुने गर्थ्यो।
तर हिजो आज युवा-युवतीहरुले मद-मदिरा सेवन गर्न छोडि कफ् सिरप ट्याब्लेट अधिक मूल्यमा किनेर खाने गर्दछ । मूल्य भन्दा अधिक मूल्य तिरेर किनेर सेवन गर्ने गरेकाले यहाँका मानिसहरू अधिक addict बनेका छन् । प्रशासन ले यस विषयमा कुनै पदक्षेप लिदैन । चाडै पदक्षेप नलिए नशा गर्नेहरूको सङ्ख्या बढ्ने सम्भावना रहेको बताए।
Source : डूवर्स संबाद
No comments:
Post a Comment