Report : राजेश शर्मा
कालेबुङ 29 मई ।114 दिन बन्द भएपछि पहाडमा गणतन्त्र स्थापित गर्न बंगालका मुख्यमन्त्री ममता
व्यानर्जीले आफ्नो राजनैति चलाए पछि पहाडमा एउटा नयाँ मोड लिएको छ ।
जसको साटो अहिले वर्तमान पहाडमा विभिन्न साहरुख आफ्नो आफ्नो बोर्ड गठन गरेपछि पहाडमा राजनीतिक मोड कतातिर मोडिने हो देश माथि जनताको ध्यान आकर्षण भएको छ। अर्कोतिर भन्ने हो भने पहाडमा बस्ने सिंगो गोर्खा जातिहरु अहिले बेग्लै बेग्लै आफ्नै आफ्नै जातका बोर्डहरु लिएर प्रमुख मुद्दा गोर्खाल्यण्ड अलग राज्यको मागलाई कतातिर विषयलाई लिएर जनताको आफ्नो नजर टिकेको छ । यस्तै क्रममा हाल भारतीय गोर्खाहरुको पहाडमा बसोबास गरिरहेका जातिहरुलाई विभिन्न जातीहरु मुख्य बोडहरुलाई प्रदान गर्ने क्रममा हाल 96 करोड रुपियाप्रदान गरिएको छ यसैक्रममा तिनले भनेका छन् मलाई साहारा आठ जति विलम्भ भएतापनि कहिले पहाडको बिकासको निम्ति योजना सोचिरहेको छु ।
जसको निम्ति मैले आज तेह्रौ योजनाको उद्घाटन गर्ने क्रम लिएर आज कालेबुङ आइपुगे हो भन्दै गोर्खा जातिहरुलाई आगामी तृणमूल काग्रेसको समर्थन गरिदिन रुपमा संभाषण राखे।
तीनले यसरी भाषण क्रममा भनेकी छिन् कि पहाड विलम्ब भएको मुख्य कारण पहाडमा अशान्तीको मावल थियो जसले कारणले पहाडी क्षेत्रलाई धेरै ठूलो रुपमा कति पुगेको छ । तर म उपहारमा जबसम्म शान्ति बहाली गर्न सक्दैन तबसम्म बारम्बार पहाड़मा आइरहने स्मरण गराइन।.राम्रो अनि अझ राम्रो काम गर्नेछ त्यस बोर्डलाई म धेरै सहयोग गर्नेछु। यदि जीटीएले रामो भन्दा राम्रो काम गर्छ भने म धेरै सहयोग गर्नेछु। हिजका दिनमा जे भयो भयो, आउनुहोस् एउटा परिवार भएर काम गरौँ। म देख्न चाहन्छु हाम्रो कञ्चनजङ्घा हाँसोस्, चियाबारी हाँसोस्’ – उक्त कुरा मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी हुन्।
उनी आज कालेबुङमा अल बोर्ड को-अर्डिनेसन कमिटिको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित बनेकी थिइन्।पाँच दिवसीय कालेबुङ भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिभिन्न बिकास बोर्डहरूलाई मोठ 96 करोड रूपियाँको चेक प्रदान गरिन्। यसका साथै उनले विभिन्न बिकास बोर्डका 66 जना उपभोक्ताहरूलाई पनि चेक दिइन्। यस अवसरमा उनले 24 वटा बिकास कार्यहरूको पनि रिमोटद्वारा शिल्यान्यास गरेकी छन्।
‘तपाईँहरू कस्तो हुनुहुन्छ?’ भनेर नेपाली भाषामा सम्बोधन गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्-‘धेरै दिनपछि तपाईँहरूसग भेट्ने मौका मिल्यो। म वर्षभरी पहाडमा आउन चाहन्छु तर 8 महिना आउन सकिन। किनभने यहाँ केही समस्या थियो।’ यसक्रममा उनले सधैँ आफुले पहाडको बिकास गर्न चाहेको कुरा दोहोर्याइन्। यसक्रममा उनले तेञ्जिङ शेर्पालाई पनि सम्झना गर्न पछि परिनन्। तेञ्जिङ शेर्पाको स्मरण गर्दै उनले भनिन्-‘तेञ्जिङ भारतका गौरव हुन्।’लगभग 18 मिनटको सम्बोधनमा उनले बिगतमा भएका कुराहरूलाई सम्झना गर्न नचाहेको पनि बताए। ‘जे भयो भयो म त्यसलाई भुल्न चाहन्छु। यदि मेरो पक्षबाट पनि केही गल्ति भएका छन् भने त्यस गल्तिलाई सुधार्न चाहन्छु। जे भयो भयो म त्यसलाई दोहोर्याउँदै बोल्न चाहन्न। तर म यति चाहन्छु कि पहाडले अघाडी बडोस्’ ममता ब्यानर्जीले भनिन्। उनले विगतवर्ष भएको बन्दबारे साङ्केतिक कुरा गर्दै अझ भने-‘यदि कुनै नेताले 5-6 महिना अथवा 8 महिना बन्द गर्छन्। त्यसले जनताको दिल पनि बन्द हुन्छ। बेरोजगारी बड्छ, खाना पाउँदैनन्। जनताले समस्याको सामना गर्न पर्छ। सरकारको बिकासको काम पनि रोकिन्छ। हामी आठमहिना जति अघि बड्न सक्नेथियौँ त्यो रोकिदिएको छ। यसकारण यस आठमहिना पछि परेकोलाई पुरा गर्न धेरै राम्रोसँग कार्य गर्नुपर्नेछ।’उनले दार्जीलिङ, कालेबुङको पर्यटन देख्नका निम्ति पर्यटकहरू धेरै आउँछन् भन्दै उक्त पर्यटकहरू पहाडवासीका निम्ति लक्ष्मी हुन् भनिन्। ‘यो तपाईँहरूको लक्ष्मी हो। लक्ष्मीलाई स्वागत गर्नुहोस्। यहाँको पर्यटनलाई अझै बिकास गर्नेछौँ’ ममता ब्यानर्जीले थपिन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहाडवासीको पनि उत्तिकै प्रशंसा गरिन्। ‘दार्जीलिङ पहाडको संस्कृति साह्रै राम्रो छ। यहाँका छोरा-छोरीहरू राम्रा छन्। उनीहरूले राम्रा काम गर्छन्। त्यसलाई प्रोत्साहन दिने हाम्रो काम हो। हामी अघि बड्नका निम्ति सहयोग गर्छौँ’ मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडवासीको प्रशंसा गर्दै पर्यटन बिकासको निम्ति सहयोग गर्ने बताइन्।‘मलाई दार्जीलिङमा इन्डस्ट्रियल मिट हुँदा बिनय तामाङले दार्जीलिङमा आफ्नै स्टेट युनिभर्सिटी हुनपर्छ भनेका थिए। धेरै दिनसम्म तपाईँहरूले केन्द्रिय विश्वविद्यालय माग्नु भयो, तर केन्द्रले दिएन। यसैले तपाईँहरूको मागलाई मैले पुरा गरेर मङ्पूमा जमीन हेरेका छौँ। मङ्पूमा तपाईँहरूका निम्ति स्टेट युनिभर्सिटी बनिनेछ’ मुख्यमन्त्री ममता ब्यानर्जीले स्टेट युनिभर्सिटि निर्माणको घोषणा गर्दै भने। यसैक्रममा उनले बनबासीहरूका निम्ति पर्जा पट्टा दिने घोषणा पनि गरिन्।‘फरेस्टमा बस्नेहरूलाई हामी पट्टा दिनेछौँ। यहाँबाट प्रस्थान हुन अघि 3 सयजनालाई पट्टा दिनेछौँ। एउटा कार्यक्रम आयोजना गरेर उनीहरूलाई पट्टा दिनेछौँ’ मुख्यमन्त्रीले भनिन्।‘आज बिकास बोर्डहरूलाई यहाँ 96 करोड रूपियाँ दिएका छौँ। बोर्डहरूमार्फत् अहिलेसम्म 47 हजार मानिसहरूले लाभ पाएका छन्। 19 हजार शौचालय बनियो अनि 70 झोडा बनि सकेको छ। होस्टेल बनायौँ। कम्युनिटी डेभलपमेन्टको काम गर्यौँ। धेरै मानिसहरूलाई घर बनाइदियौँ। बिकास बोर्डहरूले जनताको निम्ति राम्रा काम गरिरहेका छन्’ मुख्यमन्त्री ब्यानर्जीले बिकास बोर्डहरूको प्रशंसा गर्दै भनिन्। उनले जीटीएको पहिलो बोर्डले राजीनामा दिएकै कारण मनोनित गरेर जनताको हितमा कार्यहरू गरेको दाबी गरेकी छन्। ‘पहिलेको जीटीएले राजीनामा गरेर गयो। त्यसपछि जीटीएको काम रोकियो। हामीले जनताको निम्ति मनोनित गरेर जीटीए नयाँ बनायौँ। चुनावको परिस्थिति थिएन यसकारण नोमिनेट गरेर बनायौँ’ उनले अझ भनिन्- ‘पहिलेको जीटीएलाई हामीले 3,804.17 करोड दिएका थियौँ अनि अहिलेको नयाँ जीटीएलाई 705.58 करोड दिएका छौँ। जम्मा 4,509.75 करोड दिइसकेका छौँ।’
मुख्यमन्त्रीले बिकासका निम्ति सरकारले दिएका सम्पूर्ण पैसालाई बिकास बोर्ड अनि जीटीएले ठिकसँग प्रयोग गर्नु भनि निर्देश दिँदै जति राम्रो काम गर्छ त्यतिनै सरकारले सहयोग गर्ने आश्वासन पनि दिइन। ‘हाम्रो जति बोर्डहरू छन् अनि जीटीए छ यसले ठिकसँग काम गरोस् भन्ने चाहन्छु। सबैले ठिकसँग अडिट पनि गर्नुपर्छ। फिनान्सियल पोजिसन ठिक राख्न पनि आवश्यक छ। हामी जसरी सरकारमा काम गर्छौँ। यो जनताको पैसा हो। जनताको पैसा बोर्डमा पनि ठिकसम्म हिसाब राख्नुपर्छ। जसले पछिबाट कुनै दुख नहोस्’ ब्यानर्जीले थपिन।तीनले आफ्नो भाषाको क्रममा गोर्खाजातीलाई आफ्नो पक्षलाई प्रभावित पार्नको निम्ति नेपाली भाषामा बोल्दैन तिनले भने कि गोर्खाहरुको तिनको हेर्दैमा छन् तिमीहरु विकास गर विकास गर्छु भने ममतादिदी तिमीहरुसँग रहेको आफ्नो संभाषण क्रममा राखेका छन्। यसरी नै तिनले आफ्नो सम्भाषणमा पहाडमा रहेको भारतीय जनता पार्टीको सांसद लाई हटाउनु पर्ने संकेत दिदै नाम उच्चारण नगरीकन भारतीय जनता पार्टीलाई अब गोर्खाहरुले पखाल्नुपर्छ त्यहाँ तृणमूल कांग्रेस को झण्डा फेर्नुपर्छ भनेर आज सम्भाषणमा गोर्खाहरुलाई अपिलको रुपमा गोर्खा जातिहरूको बोड तिनको पार्टी यसै उद्देश्यले दिएको संकेतको रुपमा सम्भाषणमा जनसमुदायलाई बताएका छन्। कालेबुङ शहरदेखि लगभग 5 किलोमिटर टाडामा अवस्थित डा. ग्राह्म होम्स ग्राउण्डमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीसँगै जीटीए अध्यक्ष बिनय तामाङको पनि उपस्थिति रहेको थियो। यसका साथै कार्यक्रममा मन्त्री अरूप विश्वास, मन्त्री इन्द्रनिल सेन, मन्त्री गौतम देव, राज्यसभा सांसद शान्ता छेत्री, जीटीए उपाध्यक्ष अनित थापा, गोरामुमो अध्यक्ष मन घिसिङ लगायत राज्यका शिर्षस्थ अधिकारीवर्ग उपस्थित रहेका थिए। कार्यक्रमलाई विभिन्न बिकास बोर्डका अध्यक्षहरूले पनि सम्बोधन गरेका थिए भने 15 वटा बिकास बोर्डका कलाकारहरूले मुख्यमन्त्रीद्वारा रचित राष्ट्रभक्ति गीत एकसाथ प्रस्तुत गरेका थिए। कार्यक्रमको ट्राफीक बेवस्थाले मानिसहरुलाई कालेबुङमा हिड़-डुल गर्नू असुविधाको सामना गर्न परेको थियो जस्तै उदाहरणको निम्ति मानिसहरुले दुख पोख्दै भनेका छन् कि ट्राफिक व्यवस्था भने बेहाल रहेको एकातिर विकास बोर्डलाई पैसा बाडेर विकासको नाम त होइन भोट बटुल्ने काम गरिरहेका छन् भनी मन्तव्य राजीले आरोप लगाउँदै जनताले भने व्यवस्थालाई सुधार्ने को काममा विकास गरेको भए यस्तो समस्या नहुने बताएका छन् ।