- दिपकर राई, सामसिङ्ग
धनमायाको सपना धेरै थियो
तर पनि
धनमाया आज धनमाया नै छ
धनमायाको सपना आज सपना मात्र छ
धनमायाको चाहना चाहना नै छ
धनमाया आज आफ्नो सपना देखि टाडो भएको छ
किन
किन कि
उसले गरेको कामको वेतन कम छ
उसले देखेको कुरा साचो छ
मालिक खुशी मजदुर दु:खी
मालिक स्वार्थी मजदुर देवता
यस्तै छ चियाकमानको अवस्था
जस्तो कि
दिनभरी मरी मरी काम गर्छन मजदुर
रातमा चैन छैन आखाभरी
वेतन कम काम ज्यादा
यस्तै छ चियाकमान
छोरीले किन्दी मागेको लुगा
उसको आखामा झल झल छ
छोरीलाई उसले लुगा
किन्दीन्छु खर्चमा
भन्दै ताडेको ताडेको छ
के गर्नु
चियाकमानको हाल यस्तै छ
उसले पाएको खर्चले
घर परिवार मात्र चलाउन पुग्छ
अरु त पुग्न गाह्रो पर्छ
किन कि
यहाँ मालिकले भने जति वेतन दिदैन
मालिक त यहाँ स्वार्थी छ
आफुलाई भयो पुग्यो
यस्तै छ मालिक चिया कमानको यहाँ
चियाकमानको अवस्था बेहाल छ
मालिकलाई मजा
मजदुरलाई सजा
धनमायाको सपना आज पनि सपना मात्र छ
तर
धनमायाको एउटा अर्को सपना पनि छ
आफ्नो छोरीलाई आफू जस्तो नबनाउने
एक राम्रो छोरी बनाउने
भविष्यमा आफुले जस्तै दु:ख नपाउने।।
[नोट: सरकारलाई एउटा मजदुर पक्षबाट गुनासो चियाकमानको यस्तो हालत कहिले सम्म]
No comments:
Post a Comment