Saturday, 28 April 2018

पन्चायत चुनावमा बिमल गुटले भाजपालाई समर्थन गर्ने गर्यो घोषणा


जयगाउँ,२७/०४/२०१८ : बिमल गुटको डुवर्स अर्गनाइजेसन सचीव रोहित थापाले शुक्रबार भारत अनि भुटानको सिमान्त जयगाउँको सभालाई सम्बोधन गर्दै पन्चायत चुनावमा भारतीय जनता पार्टीलाई सहयोग गर्ने घोषणा गर्यो।

सभालाई सम्बोधन गर्दै थापाले भने,"गोरामुमोको मन घिसिङ अनि जिटिए चेयरमेन बिनय तामाङले डुवर्सको चिन्ता गर्न पर्दैन,तपाईंहरूले पहाडँमा पन्चायत चुनाव गराउन कोशिस गर्नुहोस्।

थापाले अझ जनाए अनुसार बिमल गुरुङको आदेशमा नै बिमल समर्थकहरुले डुवर्सको पन्चायतमा चुनावमा भाजपालाई समर्थन गर्नेछ।

बिधानसभा अनि लोकसभा चुनावमा सरह डुवर्स मोर्चाले भाजपालाई समर्थन गर्दै प्रचार प्रसार गर्नेछ।

बिनय तामाङ अनि मन घिसिङको सुनकोश देखि लिएर बाख्रीकोट सम्म कुनै जन समर्थन छैन थापाले अझ भने।

[फाइल फोटो]

No comments:

Post a Comment