कालचिनी ७ दिसम्बर। कालचिनी थाना अन्तर्गत पर्ने अठियाबारी चियाबारीको बाङ्गाबारी डिविजन गाउँमा जमीन फाटेर शिवलिङ्गको उदय भएको स्थानीय मानिसहरुले जनाएको छ।
उक्त शिवलिङ्गको उदय भए पछि शिव भक्त श्रद्धालुहरुको भीड़ सो ठाउँमा बढ़न थालेको स्थानीय मानिसहरुले जनाएको छ।
यसरी हठात शिवलिङ्गको उदय भएको बारे स्थानीय बासिन्दा सुमित भोक्ताले जनाए अनुसार गत बुधवार गाउँको मैदान वरिपरि साँझ पख घुमघाम गर्दा मैदान किनार एउटा ठाउँमा केही देखे।
गएर हेर्दा उक्त ठाउँमा भगवान शिवलिङ्ग माटो फुटाएर निस्कि रहेको देखि यसको जानकारी सबै गाउँलेहरुलाई दिए।
हाल उक्त ठाउँमा दिन दिनै श्रद्धालुहरुको भीड़ जम्न लागेको छ। यता स्थानीय पन्चायत सदस्य सुरेश महलीले यसरी भगवान शिवलिङ्गको उदय गाउँमा भएकोले आफू धेरै आनन्दित भएको र उक्त ठाउँमा मन्दिर बनाउन सबै गाउँलेहरुलाई साथमा लिएर योजना बनाई रहेको पन्चायत सदस्यले जनाएको छ।
यता हठात यसरी भगवान शिवलिङ्गको उदय भएको घटनाले यस घरि चर्चा चलि रहेको बीच अलिपुरद्वार नेचर क्लबको चियरमेन अमल दत्ताले अठियाबारी चियाबारी ११७ बर्ष पुरानो चियाबारी भएको बताउँदै ब्रिटिशकालको अवसानमा यो चियाबारी बङ्गाली मालिकानाको हातमा रहेको र त्यसताक यस ठाउँमा धेरै मन्दिरहरु बनाईएको र कालान्तरमा डिमा नदी जुन पहिला अठियाबारी चियाबारी भएर बग्थे शायद कतिपय मन्दिर त्यतिखेर नदीको गर्भमा समाएको र अहिले जमीन काटिएर त्यसको अवशेष निस्किएको हुन सक्ने अनुमान गरेको छ।
तिनले जनाए अनुसार वर्तमान डिमा नदी पहिला अठियाबारी चियाबारी भएर बग्ने गरेको तर पछि यसको दिशा परिवर्तन भएको थियो।
यता शिवलिङ्गको उदय र यसको संरक्षणलाई लिएर स्थानीय श्रद्धालुहरुले उक्त ठाउँमा सर सफाई गर्न थाले पछि हाल विभिन्न ठाउँहरु बाट दर्शनार्थिहरुको भीड़ बढ़़न थालेको छ।
Report : Pradip Lama
No comments:
Post a Comment