ऊ
स्वच्छ नि:स्वार्थ कोमल
छ उसको हृदय
मासुम कलिलो सोझा
छ उसको अनुहार
उसको बोली बानी
हरेक कुछ धेरै राम्रा छन
उसको एउटा बानी त साह्रै राम्रा छन
उ खेल्नको लागि गुडिया माङ्ग्दैन
क्रिकेट भलिबल खेल्न जादैन
उसको घरबाट आकाशको तारा सबै देख्छन
त्यसको अर्थ उसको घर सिसाको होईन
उ कलिलो सोझा
नि:स्वार्थ भाव भएको बालक
उसले छक्का पन्जा केही जान्दैन
उसले मानिसलाई सधैं आदर गर्छन
अनि उसलाई भने
रात दिन भरी काम गराई रहन्छन
काम गरेन भने उसलाई सधैं तडपाईरहन्छन
के गर्नु
उसको जीवन यस्तै छ
भने जस्तो आमाको माया पाएन
देखे जस्तो सपना पूरा हुन पाएन
उसलाई तीन छाक खाना होईन
एक छाक खान नै काफी छ
किन कि
उसको मालिकले उसलाई सधैं यस्तै गर्दछ
उ दिन रात नभनी सधैं
आफ्नो जीवनको लागि अघि बड्छ्न
उ एक बालक भए पनि
आफ्नो कर्तव्य निभाउन जानेको छ
मिर मिरै उज्यालोमा ऊ खाता किताबको सत्ता
झोला ठुंगा बोकी हिड्छ
उ बिध्यालयको सत्ता
काम गर्न जान्छ
के गर्नु
उ बालक भएर पनि
कठोर काम गरिरहेको छन
हो उसलाई खेलाने चाहेएन
फुटबल भलिबल केहि चाहेएन
केवल उसलाई चाहियो एक छाक खाना
उसको अवस्था नै नाजुक छ
उसको परिस्थिति नै खराब छ
अनि उसले नचाएर पनि काम गर्न परिरहेको छ
अनि
उसले सोच्दैछ मन मनमा
भविष्य मेरो राम्रो नभए पनि
मेरो आउदो सन्तानको भविष्य राम्रो हुन्छ भनेर
उ दिन रात काम गरिरहन्छन भविष्यको लागि।।
दिपकार राई "नाम्नु"
सामसिङ्ग,डुर्वस
No comments:
Post a Comment