Wednesday, 11 January 2017

कालेबुङमा तृणमूल कङ्ग्रेसले जलायो प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला


डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, ११ जनवरी। नोटबन्दी अनि सांसद सुदिप्त ब्यानर्जी पक्राऊको विरोध गर्दै तृणमूल कङ्ग्रेसले आज कालेबुङमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ। तीनदिन व्यापी तृणमूल कङ्ग़्रेसको धर्ना प्रदर्शनको आज अन्तिम दिन कालेबुङको थाना डाँडामा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको हो।
उक्त धर्ना प्रदर्शनको अवधी विभिन्न स्थानबाट तृणमूल कङ्ग्रेस समर्थकहरूको उपस्थिति रहेको थियो। जीटीए मनोनिस सभासद सतिस थिङको नेतृत्वमा हिल तृणमूल कङ्ग्रेस पार्टीका कार्यकारी अध्यक्ष छेवाङ भोटिया, पूर्व विधायक गौलन लेप्चा, छिरिङ शेर्पा लगायत तृणमूल कार्यकर्ताहरूले जोडदार प्रधानमन्त्री नरेन्द्र मोदी मूर्दावादको नाराबाजी गर्दै पुत्ला दहन गरेको थियो।
यस अवधी उनीहरूले मुख्यमन्त्री ममता ब्यानर्जी जिन्दावादको नाराबाजी समेत लगाएका थिए। भारत सरकारले नोटबन्दी गरेर ग्रामीण क्षेत्रका साधरण जनताले समस्या भोग्न परेको दाबी गर्दै सरकारले नोटबन्दीको फसेला फिर्ता गर्नुपर्ने माग गरेका थिए। यस अवधी तृणमूल कङ्ग्रेसले थाना डाँडामा पथसभा समेत आयोजना गरेका थिए भने पथसभाबाट तृणमूल नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको जोड्दार आलोचना समेत गरेका थिए। यता प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन पछि पत्रकारहरूलाई सम्बोधन गर्दै मनोनित सभासद सतिस थिङले केन्द्र सरकारको गरीबमारा नीतिको विरोध गरेको बताएका छन्।
‘प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेर आज जनताको आक्रोश व्यक्त गरेका छौँ। यो आक्रोश गरिबमारा नीतिको विरुद्धमा हो। यो औपचारिक तीनदिन व्यापी धर्ना आज समापन गरेपनि सरकारको नीति विरुद्ध जनताको आवाज उठाउँने कार्य गरिरहनेछौँ’ सतिस थिङले भने।
यसक्रममा उनले केन्द्र सरकारको नोटबन्दीको निर्णयले साधरण जनता पिढीत बन्न परेको आरोप लगाउँदै यस निर्णय फिर्ता लिनुपर्ने माग पनि गरे। तृणमूल कङ्ग्रेसले नोटबन्दीको विरोध गरेको कारण नै सांसदलाई पक्राऊ गरेको आरोप लगाउँदै सरकारको गरीबमार नीतिलाई तृणमूल कङ्ग्रेसले डटेर विरोध गरिरहने उनले थप बताएका छन्।

[स्रोत: कालिमन्युज, कालेबुङ।]

No comments:

Post a Comment