राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 2 दिसम्बर । भारत भरि छरिएर बसेका गोर्खाहरुको गोर्खाल्याण्ड्को सपना एकातिर छ भने जन - जातिको मांगतिरको दौडाइ अर्कोतिर छ।
दुवै माग मांग्ने माग्दैछन एउटै दल अनि एकै समूहले । दार्जीलिंग पहाडमा भइअरहेको यस गतिविधिबारे प्रश्न गर्दा असम राज्यका तेजपूरको सांसद आर पी शर्माले असमका 11 जातका गोर्खाहरुलाई पनि जन जातिमा अन्तर्भुक्त गर्ने मागलाई भारतको प्रधान मंत्री नरेन्द्र मोदि समक्ष एउटा ज्ञापन मार्फत चड़ाएको जनाएका छन। तिनले भने कि यो माग जायज माग हो ।
भारतमा बस्ने गोर्खाहरुको निम्ति अहिले घरि 11 जातहरुलाई भारत सरकारले जनजातिको दर्जा दिन आवस्यक छ । जनजातिको यो मागले गोर्खाहरुको निम्ति आउने भविष्यमा एउटा बाटो तैयार गर्न ठूलो भूमिका खेल्ने तिनले अझ बताए । देशका अन्य राज्यका 11 गोर्खा जातलाई जनजातिको दर्जा दिनु तर असम राज्यका गोर्खाहरुलाई नदिनु यो एउटा गोप्यनिय षड्यंत्र रहेको सांसद शर्माले मंतव्य गरे ।
सांसद शर्माले भने कि जनजातिको दर्जाले दार्जीलिंगका 11गोर्खा जातिलाई धेरै लाभ हुनेछ । यसैले दार्जीलिंगका गोर्खाहरु एक जुट भएर 11 जनजातिको मागको निम्ति अघि आउनू पर्छ । साथै भारतको राज्य गठन आयोगले राज्य गठन गर्ने प्रावधानमा जनजातिको आरक्षण गर्ने कानून लागु गरेको हुन्छ यसैले दार्जीलिगका मानिसहरुले राज्यको माग गर्दा ल्याण्ड शब्दलाई प्रयोग नगरि गोर्खा प्रदेश भनेर आफ्नो माग राख्नूपर्छ ।
अलग राज्यको माग गर्दा तराई- डुवर्स अनि पहाड मिलाएर असम बोडोल्याण्डको सिमा सुनकोस सम्म माग गर्नुपर्छ कारण यसोगर्नाले एकातिर यसको सिमाना सिक्किम राज्य हुनेछ भने अर्कोतिर असम राज्य हुनेछ अनि यही तिन राज्यको मित्रताले भारतमा बस्ने गोर्खाहरुको एकता हुनेछ् जसले धेरै प्रकारको लाभ हुनेछ । सांसद शर्माले भने कि पहाड़का कतिपय गोर्खाहरुले सिक्किम बिलय गराउने जुन मागको आवाज उठाई रहेका छन त्यो गलत हो किन कि यसले सिक्किमे जनतालाई ठूलो घात पुग्नेछ ।
गोर्खाहरुले आफ्नो हक पाउनु हो भने गोर्खाल्याण्ड शब्दको साटो गोर्खा प्रदेश वा गोर्खा अंचलको नामले अलिपूरद्वार, जलपाईगड़ी अनि दार्जीलिंग रेलको कनेक्टिभिटि रहेको मानचित्र बनाएर बृहत गोर्खा प्रदेशको मागतिर जोड़ लगाउनू पर्ने तिनले सुझाव दिए। तिनले अझै भने कि गोर्खाहरुको निम्ति अहिले घरि छैटो अनूसुचि अभिशाप् हो। पहिला अलग राज्य भएर मात्र छैटौ अनूसुचि भए पछि यसले गोर्खाहरुलाई लाभ हुने छ ।
Friday, 2 December 2016
सिक्किम बिलय गोर्खा प्रदेशको निम्ति वाधा हो छैटो अनूसुचि राज्य गठन अघि अभिशाप् हो – आरपी शर्मा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment