Saturday, 20 January 2024

तृणमूलद्वारा बंगालको ४२ वटै आसनमा प्रतिद्वन्द्विताको तयारी

तृणमूलद्वारा बंगालको ४२ वटै आसनमा प्रतिद्वन्द्विताको तयारी
                    फाइल फोटो

कलकत्ता, १९ जनवरी (एजेन्सी)। मुख्यमन्त्री तथा तृणमूल कंग्रेसप्रमुख ममता ब्यनर्जीले प्रदेश कंग्रेस अध्यक्ष अधीर रञ्जन चौधरीबारे धेर नसोच्ने सन्देश पार्टीका कार्यकर्ताहरूलाई दिएकी छन्। शुक्रवार कालीघाटस्थित आफ्नो घरमा डाकिएको मुर्शिदाबाद तृणमूल कंग्रेसको बैठकमा ममता ब्यानर्जीले पार्टीका नेताहरूलाई यस्तो सन्देश दिएकी हुन्। बैठकमा तिनले भनिन्, सबै मिलेर प्रतिद्वन्द्विता गरे अधीर कुनै फ्याक्टर होइनन्। जिल्ला तृणमूल कंग्रेसलाई ममता ब्यानर्जीले भनेअनुसार अधीर रञ्जनलाई उपेक्षा गर्नुपर्नेछ अनि तिनको कुरा मस्तिष्कबाट हटाउनु पर्नेछ।

तिनले भनिन्, इण्डिया गठबन्धनका ठूला सहयोगी दलहरूमध्ये तृणमूल कंग्रेस प्रमुख हो। तृणमूल कंग्रेसलाई छोडेर यस राज्यमा अन्य कसैलाई कंग्रेसले धेर महत्त्व दिए तृणमूल कंग्रेसले आफ्नै प्रकारले सोच्नेछ। त्यसैले राज्यमा यसपालि ४२ वटै आसनमा प्रतिद्वन्द्विताको तयारी

शुरू गर्ने कुरा ममता ब्यानर्जीले बताइन्। कंग्रेस र तृणमूल कंग्रेसको आसन सम्झौताको विषयमा मुर्शिदाबाद चर्चित जिल्ला हो। सन् २०१९ मा सर्वप्रथम यस जिल्लाबाट तृणमूल कंग्रेसले लोकसभा आसन जितेको थियो, त्यो पनि एकैचोटि दुइवटा । त्यस लोकसभा चुनाउमा मुर्शिदाबादको जिम्मावारी शुभेन्दु अधिकारीले सम्हालेका थिए। तृणमूल कंग्रेसले जंगीपुर र मुर्शिदाबाद जिते पनि सो चुनाउमा अधीर रञ्जन चौधरीलाई पराजित गर्न सकेन। यद्यपि कंग्रेस सांसदले चुनाउ जिते पनि मतको व्यवधान कम्ती थियो। यसपालिको लोकसभा चुनाउमा पश्चिम बंगालमा कंग्रेस र तृणमूल कंग्रेसको समीकरण के हुनेछ? त्यो अहिलेसम्म अस्पष्ट छ तर यी सबैमाझ अधीर रञ्जन चौधरीले तृणमूल कंग्रेसविरुद्ध प्रहार जारी राखेका छन्। शुक्रवार मुर्शिदाबादबारे कालीघाटमा आयोजित बैठकमा तृणमूल कंग्रेसका महासचिव अभिषेक ब्यानर्जी पनि उपस्थित थिए।[साभार: हिमालय दर्पण]

Friday, 19 January 2024

नेपाली साङ्गितिक जगतका वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

नेपाली साङ्गितिक जगतका वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन


गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो ।

वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ः३० बजे संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् ।

उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न गरिएको  पारिवारिक स्रोतले बतायो ।वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए ।

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।


North Bengal: Tea estate comes up with mega solar power generation plant



Chengmari tea estate in Nagrakata block of Jalpaiguri district is spread over 1,800 hectares

The solar panels at Chengmari tea estate in Nagrakata block of Jalpaiguri.

[In Pic : The solar panels at Chengmari tea estate in Nagrakata block of Jalpaiguri. Biplab Basak]

For the first time in north Bengal, a tea estate has come up with an elaborate solar power generation plant that produces enough power in the garden for its operations and supplies power to bungalows and quarters across the area.

The Chengmari tea estate in Nagrakata block of Jalpaiguri district is spread over 1,800 hectares. With tea plantations of 1,450 hectares, it is known as the largest tea garden in Asia in terms of plantation. The garden has 5,000 workers.

“We have installed solar panels which can generate adequate power to run the factory, carry out irrigation and ancillary works and also provide power to workers' quarters, employees' residences, bungalows, offices and other similar places. This is the first time that a tea garden in this region has come up with such a large arrangement of solar power,” said garden manager Gajendra Sishodia.

In the garden, 490 solar panels have been installed on a one-hectare plot. The panels can provide 1,040 kilowatt of power. Around Rs 4.5 crore has been spent on the project.

“The panels here are bi-facial, with both sides capable of generating power. The money we spent on the project can be recovered in the next five or six years with a huge dip in our power bills. This money can be spent on garden and worker welfare,” Sishodia added.

In north Bengal, solar panels have been installed in several gardens for water heating and other purposes. But this is the first time that a garden has come up with such a major project to generate non-conventional electricity for multiple uses.

Sources in the garden said that the garden would be able to save around Rs 9 for every unit of power consumed.

“We are now using solar power to run 15 water pumps which are being used to sprinkle water in tea bushes. A primary estimate shows we will be able to save Rs 70 to Rs 80 lakh as power bill by using solar power. This means that our solar power after five or six years will be free. All we need to do is maintain the panels,” said a source.

As of now, 3,500 to 4,000 units of power are generated by the panels every day, which are sent to the factory and supplied to other places in the garden from there.

“The factory is shut now (because of the lean season). Once production starts, we are confident we can run production with solar power,” the source added.

The solar power initiative has drawn praise from tea workers. Ricky Karmakar, the secretary of the Chengmari unit of Trinamul Cha Bagan Sramik Union, hailed it as a major step by the garden management.


Source: The Telegraph

Wednesday, 17 January 2024

भारत जोडो न्याय यात्रामा सामेल हुन काग्रेसी हुन पर्दैन: अजय एडवाडर्स

भारत जोडो न्याय यात्रामा सामेल हुन काग्रेसी हुन पर्दैन: अजय एडवाडर्स


दार्जीलिङ 18 जनवरी: भारत जोडो न्याय यात्रामा सामेल हुन काग्रेसी हुन पर्दैन यो भनाई हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको हो।काग्रेस संसद राहुल गाँधीले गत 14 जनवरीदेखि मणिपूर राज्यको राजधानी इम्फालदेखि भारत जोडो न्याय यात्रा शुरू गरेको छ।काग्रेस संसद राहुल गाँधीको भारत जोडो न्याय यात्रामा सामेल हुन हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स 13 जनवरीको दिन इम्फाल प्रस्थान भएका थिए अनि उनीसंग पार्टी कार्यकर्ता एंव समर्थकहरू सामेल रहेका छन।काग्रेसको भारत जोडो न्याय यात्रा नागाल्याण्ड पूगेका छन।काग्रेस संसद राहुल गाँधीसंग संगै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पनि कदममा कदम मिलाउँदै भारत जोडो न्याय यात्रामा सहभागिता जनाउँदै आई रहेका छन।यसै संदर्भमा हाम्रो पार्टी     अध्यक्ष अजय एडवाडर्सले भारत जोडो न्याय यात्रामा सामेल हुन तपाई हामी कोही पनि काग्रेसी हुन पर्दैन तिनले भने।तिनले अझ भने मैले सीएए र एनआरसीको विरोध शुरूदेखि नै गर्दै आएको हो तर म मुस्लिम होइन।किशानहरूको आन्दोलनलाई पनि मैले मेरो अन्तरात्मादेखि समर्थन जनाएको हो तर म किशान पनि होइन।म जहिले पनि प्रेस स्वतन्त्रताको कुरा गर्छु,प्रेस स्वतन्त्रताको सुरक्षा हुन पर्छ भन्दै आई रहेको छु तर पत्रकार होइन।दलित र जन जातिहरूमाथि दिन प्रति दिन भई रहेको अन्याय र अत्यचारको विरोध गर्दै आई रहेको छु,महिलाहरूमाथि भई रहेको अन्याय अत्यचारको विरोध गर्दै आई रहेको छु,दलित,जन जाति साथै महिलाहरूमाथि भई रहेको अन्याय र अत्यचारको विरोध गर्न तपाईहरू मणिपूर नै जानु पर्छ भन्ने छैन, राजनैतिक दलको हिस्सा भएर खडा हुन पर्छ छैन अध्यक्ष एडवाडर्सले भने।

-------------------------------------------------

कालेबुङ पुलिसले आरामदायक जीतको साथ सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणको क्वार्टर फाइनलमा स्थान बनायो ।

डीएसए को चुनौती पार गरी कालेबुङ पुलिस क्वार्टर फाइनलमा

सुकना, १७ जनवरी (निसं): म्याचकोदुवै हाफमा प्राप्त भएको मौकाहरूलाई काममा लगाउँदै कालेबुङ पुलिसले आरामदायक जीतको साथ सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणको क्वार्टर फाइनलमा स्थान बनायो । सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) को सहयोगमा जारी यस प्रतिष्ठित टुर्नामेण्टअन्तर्गत दर्शकहरूका उत्साहजनक उपस्थितिबीच बुधवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले दलसिङ्गपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) लाई २-० ले पराजित गर्यो। कालेबुङ पुलिसले म्याचको दुवै हाफमा गोल दर्ता गर्यो। विजेता टोलीबाट सप्तक शेर्पाले ४०औं र रोहन (मेस्सी) तामाङले ६९औं मिनटमा गोल गरे। म्याचमा डीएसए को टोलीलाई असल स्ट्राईकरको कमीले सतायो अनि टोलीले गोल गर्ने केही असल मौकाहरू गुमायो। विजेता टोलीका मीडफिल्डर रोहन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने तेस्रो प्री क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिस र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच जम्काभेट हुनेछ। टुर्नामेण्टमा उत्तर ब‌ङ्गाल, कलकत्ता, सिक्किम, उत्तर-पूर्व भारत, नेपाल र भूटानका २० वटा शीर्ष टोलीले हिस्सा लिएको छ। संसोधित कार्यक्रम अनुसार टुर्नामेण्टको दुईवटा सेमिफाइनल २४ र २५ जनवरीमा खेलिनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ।

टुर्नामेण्टमा विजेता हुने टोलीलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँ अनि उपविजेता हुने टोलीलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहने आयोजक सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका महासचिव नेहाल गिरीले बताएका छन् । साभार: हिमालय दर्पण