Thursday, 10 December 2020

बोक्सीको शङ्कामा एकजनाको हत्या

बोक्सीको शङ्कामा एकजनाको हत्या

लुकसान , १० दिसम्बर ( निस ) : बोक्सीको सन्देहमा एकजना सुतिरहेको व्यक्तिको हत्या गरिएको घटना प्रकाशमा आएको छ । घटनामा दुईजना महिलाहरू पनि घाइते भएकी छन् । घाइतेहरूको माल अस्पतालमा उपचार चलिरहेको छ । उक्त घटनाले क्षेत्रमा सनसनी मच्चिएको छ । घटना नगरकट्टा खण्ड अन्तर्गत रहेको मैलाखोला नजिक एउटा गाउँमा हिजो राति घटेको हो । पुलिस सूत्रले जनाएअनुसार मृतकको परिचय मैनाखोलका भगतपुर चियाबारीका ६० वर्षीय मङ्गरा उराँवको रूपमा रहेको पुलिसले बताएको छ । घाइते महिलाहरूमा कोरियो खेरवार अनि चमेली उराँवको रूपमा गरिएको छ । प्राप्त जानकारी अनुसार केही दिनअघि गाउँमा बिमारीले केही मानिसहरूको मृत्यु भएको थियो । तर चियाबारीमा हल्ला फैलियो केही तन्त्रमन्त्र जान्ने व्यक्तिहरूले तन्त्रमन्त्रद्वारा मान्छेहरूलाई मारिरहेका छन् । 

त्यसपछि गत राति गाउँका मानिसहरूले ती दुईजना महिलाहरूको गणधुलाइ शुरु गरे । महिलाहरूले कुटाइ खाएपछि तन्त्रमन्त्र गर्ने व्यक्तिको नाम मङ्गरा उराँव बताएका थिए । त्यसपछि गाउँका केही व्यक्तिहरूले मङ्गरा अनि ती दुईजना महिलाहरूलाई मैलाखोलामा लगी लाठी , मुङ्गरोले प्रहार गरी सिकिस्त घाइते परेका थिए । खबर पाउन साथ नगरकट्टा पुलिस घटना स्थलमा पुगेर दुईजना महिलाहरूलाई बचाएका थिए भने मङ्गरा उराँवको भने घटनास्थलमा नै मृत्यु भएको थियो । पुलिसले घटनामा लिप्त रहेका सातजनालाई पक्राउ गरेको छ ।

पुलिसले घटनाको जाँच शुरु गरेको छ । घटना भएको क्षेत्रमा पुलिस बल तैनाथ गरिएको छ । मृतकका आफन्तले भने , केही दिनदेखि यहाँ मानिसहरू बिमारले मरिरहेका थिए । तर तन्त्रमन्त्र लगाएर मानिसहरूलाई मारिएको केही व्यक्तिहरूले आशङ्का गरे । बुधबार राति स्थानीय केही व्यक्तिहरूले कोरियो खेरवार अनि चमेली उराँवमाथि बोक्सीको शङ्का गरेर तिनीहरूमाथि प्रहार शुरु गरेका थिए । पछि तिनीहरूले मङ्गरा उराँवको नाम लिए भने दुईजना महिलालाई साथमा लिएर मङ्गरा उराँवको घरमा पुगेका थिए । मङ्गरा सुतिरहेको समय उठाएर मैनाखोलामा ल्याएर लाठी , मुङ्ग्रोले प्रहार गरे । जहाँ वृद्ध मङ्गरा उराँवको मृत्यु भएको थियो भने दुईजना महिलाहरू सिकिस्त घाइते भए । हाल महिलाहरूको उपचार चलिरहेको छ ।

सौजन्य : हिमालय दर्पण

No comments:

Post a Comment