समस्याले पीडित जनतालाई सबैले आजसम्म आश्वासन मात्रै दिएर वाक्क बनाएका छन् ,म ठुलो-ठुलो सपना देखाउदिन सक्ने काम गरेर देखाउने छु - अनित थापा
विगतमा पहाडमा धेरैवटा व्यवस्थाहरू आए,गए। तर पहाड अनि पहाडवासीको मूलभूत समस्याहरूको भने उस्तो समाधान भएन। अहिलेपनि दार्जिलिङ पहाडको विभिन्न सुदूर ग्रामीण क्षेत्रहरू बाटो,पानी,बत्ती आदिको समस्यामा नै गुज्रिरहेको छ। पहाडवासी जनताले धेरैवटा पार्टीका नेता र व्यवस्थालाई साथ दिए तापनि ती नेताले चलाएको व्यवस्थाले जनतालाई साथ दिएन भन्नुमा अत्युक्ति नहोला।
तर वर्तमान दार्जिलिङ पहाडमा अस्तित्वमा रहेको गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले दार्जिलिङ पहाडको साधारण जनताको निम्ति धेरै जनसुविधामूलक अनि विकासमूलक कार्यहरू गरिरहेको छ।
भोट जितेका,र अर्को पार्टीलाई जिताउन पोलिटिकल एजेन्टको काम गर्ने नेताहरु जनताको भोट लिएपछि आफ्नै दुनो सोझाउनु व्यस्त छन् । उनीहरू जनताले भोगेको समस्या हेर्न अहिले गाउँ जादैनन् ,उनीहरूलाई जनताको दु:खसंग केही सरोकार नै छैन । जनतालाई लट्टाएर गोजि भर्नु पायो भने भइगयो । तर भोट हारेको नेता नै अहिले जनताको दु:खमा काम लागिरहेको छ । फलस्वरूप जीटीए अध्यक्ष अनित थापा स्वयं जीटीए क्षेत्रमा रहेको विभिन्न सुदूर ग्रामीण क्षेत्रहरूमा भ्रमण गरि मानिसहरूसँग भेट गरिरहेका छन्।
जनगुनासो एवम् क्षेत्रको समस्या बुझेर समाधानको निम्ति कार्य गर्नलाई सदैव अघि रहेर जीटीए अध्यक्ष अनित थापाले पहाडलाई विकासको मूलबाटोमा लागिरहेको कुरा सबैअघि छर्लङ्ग छ।
जनता केवल भोट बैंक मात्र होइन तर जनताको मूलभूत समस्याहरू पनि हुन्छन् भन्ने कुरालाई बुझेका वर्तमान जीटीए अध्यक्ष अनित थापाले जनताको घरदैलोमा पुगेर उनीहरूका समस्यालाई सुनिरहेका छन्, समाधान गरिरहेका छन् । जनतालाई ढाँटेर राजनीति नगर्ने नेता अनित थापाले जनतालाई ठुलो सपना देखाएर आश्वासन दिएका छैनन् । सक्ने र हुने काम गरेरै देखाईरहेका छन् ।
यसैक्रममा आजपनि जीटीए अध्यक्ष अनित थापाले लुम्बुङ च्याग्रा र गुरुङ बस्तीको भ्रमण गरे। विभिन्न सुविधाहरूदेखि वञ्चित यस क्षेत्रमा जीटीए अध्यक्ष स्वयम् पुगेर भ्रमण गरी क्षेत्रको समस्याबारे बुझे। जनतासंग भलाकुसारी गरे । स्थानीय जनताले खुलेर आफुहरुले भोग्दै आएको समास्या बताए ।
No comments:
Post a Comment