Monday, 28 December 2020

4,000 litres of country liquor destroyed in Andhra's Krishna



Krishna District Police in Andhra Pradesh on Monday destroyed 4,000 litres of illicitly distilled (ID) arrack (country liquor) seized here in around 400 raids. The liquor was destroyed at the district police office at Bandar Town.

These raids were lead by Krishna District Superintendent of Police (SP) Ravindranath Babu and Special Enforcement Bureau (SEB) Assistant Superintendent of Police (ASP) Vakul Jindal.

"Cases are being filed related to country liquor. 4,000 litres of country liquor was caught in as many as 400 cases which are registered in SEB stations and police stations in the district. These 4,000 litres of liquor were destroyed at District Police Office at Bandar Town. This ID arrack is destroyed on the orders of SP of Krishna district," Jindal said.

The SEB and police stations in Krishna District are continuously holding raids on country liquor units. Stern actions are being taken against those involved in such illegal activities, police said.

Sunday, 20 December 2020

Gorkha leader Bimal Gurung, TMC’s new ally, holds first rally in Darjeeling

The Bharatiya Janata Party (BJP) won the Darjeeling Lok Sabha seat thrice since 2009 with support from the GJM and other parties demanding creation of a separate state since it promised to find a permanent political solution to the hill issue and accord scheduled tribe status to 11 Gorkha communities.

Gorkha Janmukti Morcha’s (GJM) founder-president Bimal Gurung held his first public meeting in Bengal’s Darjeeling town on Sunday afternoon and announced that he will help the Trinamool Congress (TMC) win at least 18 assembly seats in north Bengal when elections in the state are held next year.
The Bharatiya Janata Party (BJP) won the Darjeeling Lok Sabha seat thrice since 2009 with support from the GJM and other parties demanding creation of a separate state since it promised to find a permanent political solution to the hill issue and accord scheduled tribe status to 11 Gorkha communities.

“I have joined hands with chief minister Mamata Banerjee. We will win 17 to 18 assembly seats in north Bengal. The BJP betrayed the Gorkhas and wasted our 12 years,” Gurung said at the meeting. He said Banerjee has assured him that she will find a permanent political solution to the Gorkhaland issue.

There are six assembly seats in the Darjeeling hills, of which the TMC holds one while the BJP has none. The CPI (M) has one seat, the GJM has two while the remaining two are in the control of the Congress. The Gorkha community has presence in the adjoining districts in the plains as well. The two GJM legislators from Darjeeling offered support to the BJP after the 2016 assembly polls but Gurung has now withdrawn his support.

Gurung went into hiding in 2017 after being charged under the anti-terror law by the Mamata Banerjee government for the violent Gorkhaland movement. He appeared before the media in Kolkata in October and announced that he was shifting his allegiance to Banerjee.

Since then, the rivalry between Gurung and Binoy Tamang, his former lieutenant who has been heading a pro-TMC faction of the GJM since 2017, has intensified.

Though Tamang and his men are opposed to Gurung’s entry into Darjeeling, the erstwhile fugitive leader was received with a warm welcome on Sunday. Gurung told his followers that he will start calling the shots in hill politics very soon.Without directly naming Tamang and his associate Anit Thapa, chairman of the board of administrators in Gorkhaland Territorial Administration (GTA), Gurung said, “They cannot deliver anything despite all the support they have.”

Since the TMC failed to wrest the Darjeeling Lok Sabha seat from the BJP in 2019 despite having the support of Tamang and Thapa, Gurung targeted the duo.

“Why should they be supported (by the TMC)?” he said.

“The two must leave within 10 to 12 days,” Gurung said. Local people said Gurung hinted that he wants Tamang and Thapa to step down from the GTA.

Gurung returned to Siliguri town on December 6 and addressed a rally.

He was waiting for the right time to visit Darjeeling.

Political equations in the Darjeeling hills suddenly changed after Gurung pledged support to the TMC.

“The BJP should be defeated at any cost and I will ensure that keeping the chief minister in front of us,” Gurung said on Sunday.

Source: Hindustan Times


Thursday, 10 December 2020

बोक्सीको शङ्कामा एकजनाको हत्या

बोक्सीको शङ्कामा एकजनाको हत्या

लुकसान , १० दिसम्बर ( निस ) : बोक्सीको सन्देहमा एकजना सुतिरहेको व्यक्तिको हत्या गरिएको घटना प्रकाशमा आएको छ । घटनामा दुईजना महिलाहरू पनि घाइते भएकी छन् । घाइतेहरूको माल अस्पतालमा उपचार चलिरहेको छ । उक्त घटनाले क्षेत्रमा सनसनी मच्चिएको छ । घटना नगरकट्टा खण्ड अन्तर्गत रहेको मैलाखोला नजिक एउटा गाउँमा हिजो राति घटेको हो । पुलिस सूत्रले जनाएअनुसार मृतकको परिचय मैनाखोलका भगतपुर चियाबारीका ६० वर्षीय मङ्गरा उराँवको रूपमा रहेको पुलिसले बताएको छ । घाइते महिलाहरूमा कोरियो खेरवार अनि चमेली उराँवको रूपमा गरिएको छ । प्राप्त जानकारी अनुसार केही दिनअघि गाउँमा बिमारीले केही मानिसहरूको मृत्यु भएको थियो । तर चियाबारीमा हल्ला फैलियो केही तन्त्रमन्त्र जान्ने व्यक्तिहरूले तन्त्रमन्त्रद्वारा मान्छेहरूलाई मारिरहेका छन् । 

त्यसपछि गत राति गाउँका मानिसहरूले ती दुईजना महिलाहरूको गणधुलाइ शुरु गरे । महिलाहरूले कुटाइ खाएपछि तन्त्रमन्त्र गर्ने व्यक्तिको नाम मङ्गरा उराँव बताएका थिए । त्यसपछि गाउँका केही व्यक्तिहरूले मङ्गरा अनि ती दुईजना महिलाहरूलाई मैलाखोलामा लगी लाठी , मुङ्गरोले प्रहार गरी सिकिस्त घाइते परेका थिए । खबर पाउन साथ नगरकट्टा पुलिस घटना स्थलमा पुगेर दुईजना महिलाहरूलाई बचाएका थिए भने मङ्गरा उराँवको भने घटनास्थलमा नै मृत्यु भएको थियो । पुलिसले घटनामा लिप्त रहेका सातजनालाई पक्राउ गरेको छ ।

पुलिसले घटनाको जाँच शुरु गरेको छ । घटना भएको क्षेत्रमा पुलिस बल तैनाथ गरिएको छ । मृतकका आफन्तले भने , केही दिनदेखि यहाँ मानिसहरू बिमारले मरिरहेका थिए । तर तन्त्रमन्त्र लगाएर मानिसहरूलाई मारिएको केही व्यक्तिहरूले आशङ्का गरे । बुधबार राति स्थानीय केही व्यक्तिहरूले कोरियो खेरवार अनि चमेली उराँवमाथि बोक्सीको शङ्का गरेर तिनीहरूमाथि प्रहार शुरु गरेका थिए । पछि तिनीहरूले मङ्गरा उराँवको नाम लिए भने दुईजना महिलालाई साथमा लिएर मङ्गरा उराँवको घरमा पुगेका थिए । मङ्गरा सुतिरहेको समय उठाएर मैनाखोलामा ल्याएर लाठी , मुङ्ग्रोले प्रहार गरे । जहाँ वृद्ध मङ्गरा उराँवको मृत्यु भएको थियो भने दुईजना महिलाहरू सिकिस्त घाइते भए । हाल महिलाहरूको उपचार चलिरहेको छ ।

सौजन्य : हिमालय दर्पण

Wednesday, 2 December 2020

OUR DAUGHTER OUR PRIDE : First lady Land Rover driver Samantha Dong honored by Darjeeling Police


Samantha Dong, the first Indian woman to drive an old series Land Rover in a snowy area like Sandakphu was honored by the Darjeeling Police on tuesday. She has also made documentary in Sandakphu with the Discovery vehicle of the Land Rover company. Representing India in the Expedition of Overland Offshore Cambridge, which is more than a hundred days from Singapore to England in September 2019,  She is the only Indian Gorkha woman to welcome the team and participate. In our Gorkha society, Samantha been able to give a special place to the Gorkha community in the world by occupying a special place in Automobiles; Magazines and became a popular face in social media as well. Darjeeling Police has honored her with a certificate and a gift for running the Old Land Rover with brand ambassador Milind Soman in the 7th edition of 21-kilometer marathon organized by the Darjeeling Police on November 21. With the aim of further supporting women's empowerment, she wished every marathon runner, including Sunanda Tamang and urged the women of the entire world to come forward in their field. She also thanked the Darjeeling Police for the honor.

Photo credit - HD LIVE

Saturday, 28 November 2020

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य


महाकाव्य : परिचयाङ्कन 
संस्कृतको ‘महाकाव्यम’ बाट नेपाली भाषामा आएको ‘महाकाव्य’ शब्द ‘महा’ र ‘काव्य’ (महा+काव्य = महाकाव्य) बीच समास भएर बनेको हाे । ‘महाकाव्य’ शब्दको लक्षणअनुसार कथानकयुक्त  चरित्रलाई सर्गबन्ध रूपले कवितामा रचिएको ठूलो काव्य भन्ने बुझिन्छ । याे साहित्यको सर्वप्रचीन विधा हो ।

ग्रीस भाषाको ‘एपोसा’-बाट आएको शब्द अङ्ग्रेजीमा ‘एपिक’ भई महाकाव्य अर्थबोध गराउँछ । महाकाव्य प्राचीन युगको सृष्टि हो भन्ने कुरो सर्वजनविदित छ । यो कुरा पनि स्वीकार्नुपर्छ, महाकाव्य सामूहिक सिर्जना होइन । समष्टिगत रूपमा बाल्मीकिले ‘रामायण’ रचना गरेको होइनन् न कि होमरले ‘इलियड’ र ‘ओडिसी’ नै । एबरक्रोम्बिले स्पष्टै भनेका छन् – “….artistic creation can never be anything but the production of an individual mind” । साहित्यले व्यक्तिसापेक्षता स्वीकार गर्दागर्दै पनि व्यक्तिनिरपेक्षको गोरेटो समातिहाल्छ । यो नै हो साहित्यको महिमा ।

गीतिकाव्य पनि व्यक्तिसापेक्ष हुँदाहुँदै व्यक्तिनिरपेक्ष हुन्छ । महाकाव्य पनि त्यस्तै हुन्छ गीतिकाव्य र महाकाव्यमाझ मौलिक फरक नै कहाँ रह्यो र ?  फरक के मा छ भने, गीतिकाव्यमा व्यक्तिको कण्ठस्वर छोपिँदैन तर महाकाव्यको गर्भमा कवि छोपिन्छन् । कविको व्यक्तिगत पीर-व्यथा तथा आर्तनाद हामी पाउँदैनौं । सीताहरणमा रामको विलाप वा राणाप्रताप युद्धमा पराजित भएर जङ्गल-जङ्गल भौंतारिएको घटना यथाक्रमले भानुभक्त र देवकोटाका वेदनाहरू कति मिसिएका छन् भन्नु गाह्रो छ । बरू रामचन्द्र वा महाराणा प्रतापप्रति उदार समवेदना हामीभित्र जुर्मुराउन थाल्छ । हामी कविको अनुभवमा सामेल हुनसक्छौं अनि रामायण र महाराणा प्रताप-मा रामचन्द्र अनि महाराणा प्रतापको अनुभवमा दुःखित बन्छौं, मर्माहत हुन्छौं ।

देशका कुना-काप्चा, भित्ता-पाखा, पखेरो, पहाड़-कन्दरा, रन-वनमा छरिएका गाथा, आख्यान तथा जीवनबाट महाकाव्यको उपादान सङ्ग्रह भएका हुन् । महाकविले यी विभिन्न गाथा आत्मसात् गरी लक्षणा र व्यञ्जनाशक्तिद्वारा उदात्त शैलीको माध्यमले काव्यात्मक ढाँचामा बुन्छन् । यस्ता महान् उद्देश्यले अनुप्राणित काव्यले जातिको आत्मसाक्षी दिन्छ । “कुनै पनि राष्ट्र वा जातिको महान् आदर्श, संस्कार-संस्कृति, इतिहास, जीवन दर्शन र नीतिजस्ता सम्पूर्ण राष्ट्र वा जातिद्वारा गौरव गरिने र सम्पूर्ण जातिकै स्वाभिमानको प्रतिनिधित्व गर्ने सम्पदाहरूको सङ्गठन भएको सर्वाङ्गरूपेण परिमार्जित उत्कृष्ट काव्य” भन्ने अर्थ महाकाव्य शब्दबाट निस्कन्छ ।

कविगुरू रविन्द्रनाथ ठाकुरले महाकाव्यको परिभाषा यसरी दिएको पाइन्छ – “जसको रचनाभित्रबाट एउटा सिङ्गो देश, एक सिङ्गो युगले तपाईको हृदयलाई, तपाईको अनुभवलाई व्यक्त गरेर मानवको चिरन्तर सामग्री बनाउछ त्यसैलाई महाकाव्य भनिन्छ” । दार्शनिक हेगेलको भनाइ पनि प्रायः यस्तै देखिन्छ -“It follows from this that collective world outlook and objective presence of a national spirit” । महाकाव्यको परिभाषाबारे डा. वासुदेव त्रिपाठीको भनाइ यस्तो देखिन्छ – “सुसङ्घटित कवितात्मकताद्वारा गर्न सकोस्” । नेपाली वृहत् शब्दकोश अनुसार कथासूत्रमा आबद्ध, प्रख्यात विषयवस्तुमा आधारित र सर्गबद्ध तथा रसयुक्त ठूलो गहन काव्यलाई ‘महाकाव्य’ भनिन्छ” ।

घटनासंवेग, व्यापकता तथा राष्ट्रिय दृष्टिकोण महाकाव्यमा निहित भएको हुन्छ । महाकाव्यको कथाभित्र एउटा जातिको सभ्यताको स्पन्दन पाइन्छ । यसैले ग्रीक सभ्यतामा होमरका ‘इलियड’ र ‘ओडिसी’ महाकाव्यहरू र फारसी सभ्यतामा आधारित फिरदौसीको ‘शाहनामा’ महाकाव्यबाट त्यही गरिमामय भूमिका वहन हुँदै आएको पाइन्छ ।  पूर्वीय र पश्चिमी यी महाकाव्यले खासै गरी युगव्यापी ऐश्वर्यलाई स्पष्टरूपमा जाति समक्ष ल्याउने अभिप्रायबाटै महाकाव्यको जन्म भएको  देखिन्छ । खासै कुरो के हो भने, धेरजसो भारतीय महाकाव्य शान्तरसमा अनि पश्चिमी महाकाव्य वीररसमा आद्धृत   पाइन्छ । महाकाव्यको अङ्ग वा आत्मामा विषयवस्तुको महत्त्व एवम् उदात्त गाम्भीर्यको सामयिक रुप समाविष्ट हुन्छ । देशभरिका कुना-काप्चामा जे जति पनि उपकथा, लोकगाथा, किंवदन्ती, रहस्य-रोमाञ्चहरू छन् वा हुन्छन् तिनैको आ़ड़मा महाकाव्य रचिँदा सो सिर्जना एउटा जातिको आत्माको सम्पत्ति हुँदछ ।

महाकाव्यको पूर्वीय परिभाषा
अन्य विधाभन्दा सिरानमा रहेको (जेठो-बूढ़ो अनि प्राचीनतम) महाकाव्य साहित्यिक विधा भएकोले पूर्वीय काव्यसिद्धान्तका आचार्यहरू, छैटौं शताब्दीका भामह, सातौं शताब्दीका दण्डी र चौधौं शताब्दीका विश्वनाथले महाकाव्यबारे आलङ्कारिक लक्षणहरूको विवेचना व्यक्त गरेको पाइन्छ । महाकाव्यबारे भामहको मन्तव्य यस्तो देखिन्छ – “लामो कथानक भएको, महान् चरित्रहरूमा आधारित नाटकीय पञ्चसन्धिसहित उत्कृष्ट र अलङ्कृत शैलीमा लिखित तथा जीवनका विविध रूप र कार्यहरूको वर्णन गर्ने सर्गबद्ध, सुखान्त  काव्य नै महाकाव्य हो”।
भामहको परिभाषाको बिँड़ो थामेर दण्डीले महाकाव्यका स्थूल वाह्य लक्षणहरूमा जोड़ दिएको पान्छ – “महाकाव्य त्यो हो, जुन विशालकाय काव्यको कथानक इतिहास वा कथाबाट उद्भव हुन्छ, जसको नायक चतुर र उदात्त हुन्छ, जसको उद्देश्य चतुर्वर्गफलको प्राप्ति औ जुन अलङ्कृत भावहरू र रसहरूद्वारा भरिएको हुन्छ, त्यो नै महाकाव्य हो” ।

‘काव्यादर्श’-मा आचार्य दण्डीले महाकाव्यबारे जुन स्वरूप र लक्षण प्रस्तुत गरेका छन् तिनैलाई आचार्य विश्वनाथले ‘साहित्यदर्पण’-मा व्यापकता दिँदै महाकाव्यको परिभाषा यसरी दिएका छन् – “महाकाव्य सर्गबद्ध हुन्छ । धीरोदात्त गुण भएको एकजना देवता वा कुलीन, क्षत्रीय वा एकै वंशका कुलिन क्षेत्रीय र सज्जन अनेक राजाहरू नायक हुन सक्छन् । शृङ्गार, वीर र शान्त रसहरूमध्ये एउटा रस मुख्य र अन्य रसहरू अङ्ग हुन्छन् । महाकाव्यको विषयवस्तु इतिहासबाट वा कविकल्पित कुनै सज्जनको जीवनबाट लिइएको हुन्छ । धर्म, अर्थ, काम र मोक्ष सबैको प्रतिपादन र कुनै एउटाको सिद्धि लक्ष्य हुन्छ । आरम्भमा नमस्कारात्मक, आशीर्वागात्मक वा वस्तु निर्देशात्मक मङ्गलाचरण हुन्छ । न ज्यादा छोटो न लामा आठभन्दा धेर सर्गहरू हुन्छन् । एउटा सर्गभरि एउटै छन्द तर अन्त्यमा अर्कै छन्दको प्रयोग हुन्छ भने आगामी सर्गको घटनाको सङ्केत समेत गरिएको हुन्छ । सन्ध्या, सूर्य, चन्द्र, रात्रि, प्रदोष (सूर्यास्तको समय) अन्धकार, दिन, प्रभात, मध्यान्ह, शिकार, पर्वत, ऋतु, समुद्र, संयोग र विप्रलम्भ शृङ्गार, मुनि, स्वर्ग, नगर, मार्ग, युद्ध, अभियान आदि मिल्दो गरी वर्णन गरिएको हुन्छ । नामकरण, कवि, विषयवस्तु, नायक वा अन्य कुनै चरित्रका नामबाट गरिएको हुन्छ ।”

महाकाव्यको पश्चिमी परिभाषा
पश्चिमी साहित्यमा महाकाव्यका परिभाषाकारहरूको नाम लिनुपर्दा एरिष्टोटलको ऩाउँ सिरानमा उच्चारण गर्नुपर्ने हुन्छ । एरिष्टोटलले आपानो ‘काव्यशास्त्र (Poetics)’-मा महाकाव्यको परिभाषा यसरी दिएको पाइन्छ – “महाकाव्य काव्यानुकृतिको एउटा भेद हो । यसको कथानक त्रासदीकै समान हुन्छ र त्यसमा आदि, मध्य र अन्त्य मिलेको घटनाको विकास रहेको हुन्छ । यसमा जीवित प्राणी झैं सम्पूर्ण अङ्ग रहन्छन् तथा तिनमा उचित आनन्द प्रदान गर्ने शक्ति हुन्छ ।  यो इतिहास होइन, जसमा धेरै व्यक्तिहरूका घटना वा कथा एकैसाथ रहेका हुन्छन् । तथापि महाकाव्यको कथानक इतिहासबाटै चयन गरिएको हुन्छ । यसमा त्रासदीको जस्तो उच्चतर कोटिका पात्रको पद्यबद्ध अनुकृति रहन्छ । यसमा जीवनका विविध चित्रण तथा प्रासङ्गिक कथाहरूमा साथै अति प्राकृत वा अलौकिक तत्त्वहरूको पनि समावेश हुन्छ तर ती सबैमा घटनाहरू भने सम्भाव्य हुनु आवश्यक छ । महाकाव्यको भाषामा शब्दहरूको प्रयोग हुँदैन र शैलीमा पनि गम्भीरता एवम् उदात्तता अपेक्षित रहन्छ । यसका लागि वीर छन्द, भव्य र गरिमामय हुन्छ ।”

एरिष्टोटलपछि किन्तुरनी, इलियर्ड, सी, एस. बावरा, लवस्तु, डेवनोट, लुकन, टैसी, वोदलेयर आदि विद्वानहरूले पनि महाकाव्यबारे आ-आफ्नै पाराले परिभाषा गरेका भए तापनि ती प्रायः एरिष्टोटलकै परिभाषामा आधारित मानेर महाकाव्यबारे आफ्नो विचार व्यक्त गरेको पाइन्छ । यसकारण महाकाव्यबारे एरिष्टोटलको परिभाषा नै सर्वोपरि रहेको देखिन्छ ।
अर्का पश्चिमीसमालोचक क्रोम्बीका अनुसार- “ठूलो आकार हुँदैमा महाकाव्य हुँदैन । जब कविको कल्पना, विचारधारा तथा उसको अभिव्यक्तिबाट निर्मित शैली महाकाव्यमा रहुन्छ, त्यही शैलीले गर्दा काव्य (महाकाव्य)-लाई महत्त्वपूर्ण वा सारगर्भित लोकमा पुऱ्याउँछ । जसले महाकाव्यको गतिलाई आद्योपान्त सञ्चालन गर्दछ ।”

इन्साक्लोपिडिया ब्रिटानिका-मा महाकाव्यको परिभाषा यसरी दिइएको पाइन्छ – “परिष्कृत शैलीमा लामो कथानक, जसले वीरतापूर्ण उपलब्धिहरू र ऐतिहासिक, धार्मिक, राष्ट्रिय तथा पौराणिक महत्त्वका कुराहरूलाई अभिव्यक्त गरेको हुन्छ । यसलाई छोटा कथानक भएको, कम परिष्कृत, कम महत्त्वकाङ्क्षी लोक तथा र धेर स्थायी रूपमा अत्युक्तिपूर्ण तथा भद्दा मध्यकालिन रोमान्सबाट अलग गर्नुपर्छ । महाकाव्यका प्रमुख पक्षहरूमध्ये एकजना नायक जो कहिलेकाहीँ ईश्वर निकट सैनिक, राष्ट्रिय, धार्मिक महत्त्वको हुन्छ । वृहत् भौगोलिक पृष्ठभूमि, वीरतापूर्ण युद्ध, विस्तृत यात्रा, प्रकृतिको नियन्त्रण बाहिरका पात्र आदि केन्द्रित भएका हुन्छन् । महाकाव्य प्रायः ईश्वरको प्रार्थनासहितको एउटा कथानक शुरू भएर एक्कासी कथाको मध्य भागमा पुग्दछ । किनभने महाकाव्यको विषयवस्तु जानिराखेको र परम्परागत हुने गर्दछ….।”

महाकाव्यबारे मान्यताको आधारमा उपरोक्त पूर्वीय र पशिचमी विद्वानहरूले दिएका परिभाषा अनुसार महाकाव्यलाई यसरी परिभाषित गर्ने सकिन्छ – मानव जीवनका विविघ पक्षलाई साङ्गोपाङ्गो रूपमा प्रस्तुत गर्ने जीवनको आरोह-अवरोह समेटिएको अनि विविध शैलीमा लेखिएको कविताको प्रबन्धात्मक रूपलाई महाकाव्य भनिन्छ । त्यसैले महाकाव्यलाई प्रबन्ध काव्य पनि भनिन्छ ।

महाकाव्यका लक्षण
पूर्वीय परम्परामा महाकाव्यको लक्षण यस प्रकारका छन्

क) सर्गका नामले खण्डविभाजन गरिएको पद्यमय रचना नै महाकाव्य हो ।
ख) यसका नायक देवता, ठूला विख्यात कुलमा जन्मिएका धीरोदात्त१० गुणयुक्त एउटा क्षेत्री वा अनेककुलिन               राजाहरू हुनुपर्छ११ ।
ग) शृङ्गार, वीर र शान्तमध्ये कुनै एउटा रस अङ्गी र अरू रसहरू अङ्ग भएको हुनुपर्छ ।
घ) नाटकमा बताइएका पञ्चसन्धि पनि आवश्यक छ ।
ङ) कथावस्तु, ऐतिहासिक वा लोकप्रसिद्ध महापुरूषको जीवनसँग सम्बद्ध हुनुपर्छ।
च) धर्म, अर्थ, काम, मोक्ष यी चार पुरूषार्थमध्ये कुनै एउटाको सिद्धि देखाइनुपर्छ ।
छ) मङ्गलाचरणबाट शुरू हुनुपर्छ । यो मङ्गलाचरण स्तुति, आशीर्वाद, वस्तुनिर्देश, दुष्टादिको निन्दा, सज्जनको             प्रशंसा इत्यादि रूपमा हुनुपर्छ ।
ज) एक सर्गमा एकै किसिमको छन्द प्रयोग र सर्गको अन्त्यमा छन्द बद्लिएको हुनुपर्छ । पहिलो स्रर्गको अन्तिम          पङ्क्तिमा जुन छन्द प्रयोग गरिन्छ सोही छन्दबाट दोस्रो छन्द प्रयोग गरिनुपर्छ ।
झ) सर्गको अन्त्यमा आगामी सर्गको कथाको सङ्केत हुनुपर्छ । साह्रै लामा र साह्रै छोटा पनि नभएका आठभन्दा धेर       सर्ग हुनुपर्छ ।
ञ) सन्ध्या, सूर्योदय, चन्द्रोदय, रात, अन्घकार, बार, प्रातःकाल, मध्यान्ह, शिकार, पर्वत, ऋतु, वन, सागर, सम्भोग       शृङ्गार, विप्रलम्भ ऋृङ्गार, मुनि, स्वर्ग, शहर, यज्ञ, यात्रा, विवाह, साम, दाम, दण्ड, भेद, पुत्रजन्म इत्यादिको         यथायोग साङ्गोपाङ्गो वर्णन हुनुपर्दछ ।
ट) कविको, इतिहासको, नायकको वा अरू कसैको भए पनि मिल्दो नामका महाकाव्यको नाम हुनुपर्छ । सर्गको        नाम भने सर्गमा वर्णन गरिएका कथानकका आधारमा रहन्छ ।

उपरोक्त लक्षणहरूमध्ये महाकाव्यमा जम्मै लक्षण मिल्नैपर्छ भन्ने छैन । यो त एउटा प्रयोग मात्र न हो । वैज्ञानिक सूत्रमा प्रयोग घटाएजस्तो भएर मिल्नुपर्छ भन्ने कुनै नियम छैन । महाकाव्यमा श्रेणीमा पुऱ्याउने भऱ्याङ हो र पूर्वीय लक्षण-ग्रन्थले बताए जसरी मात्र होइन त्यसमा चाहिँदो थपःघट गरेर पनि महाकाव्य लेख्न सकिन्छ ।

लक्ष्मीप्रसाद देवकोटाको ‘महाराणा प्रताप’का सन्दर्भमा, यस महाकाव्यमा सन्ध्या, सूर्योदय, चन्द्रोदय, रात, अन्धकार, बार, प्रातःकाल, मध्यान्ह, शिकार, सम्भोग, मुनि, यज्ञ, विवाह, साम, दाम, दण्ड, भेद, अर्थ, काम, पुत्रजन्मको नालीबेली नभए पनि वर्णन भने पाइन्छ । भनिए जत्ति अऩ्य सबै लक्षण यस महाकाव्यमा विद्यमान छन् ।
प्रस्तुत महाकाव्य ‘महाराणा प्रताप’-लाई कसी लगाउँदा एक-दुर्इबाहेक सबै लक्षणहरू नै देखिन्छन् ।१२

 पश्चिमी परम्परामा महाकाव्यको लक्षण
पश्चिमी परम्परामा एरिष्टोटलले त्रासदीबारे विस्तृत व्याख्यान गरे तापनि अपर्याप्त साधनका कारणले महाकाव्यको चर्चा त्यति मात्रामा गरेका भने छैनन् । कारण उनको समयमा लिखित दुइ महाकाव्यहरू यथाक्रमले ‘इलियड’ र ‘ओडिसी’ मात्र थिए । यद्यपि उनले सङ्क्षिप्तमै भए पनि उच्च श्रेणीका पात्रहरूको चरित्रको पद्यबद्ध अनुकृति भएकोले महाकाव्य र त्रासदीमाझ समानता मानेका छन् । महाकाव्य समाख्यानात्मक र एउटै छन्द हुनुपर्छ भन्ने कुरो भनेका छन् ।
एरिष्टोटल प्रतिपादित महाकाव्यका लक्षणलाई यसरी प्रतिष्ठापित गर्न सकिन्छ ।१३

क) महाकाव्य भनेको काव्यको एउटा भेद हो ।
ख) यसको रूप समाख्यानात्मक हुन्छ ।
ग) यसको आयतन विस्तृत हुन्छ ।
घ) यसको वस्तु-सङ्गठन घनत्व र गरिमामाय हुन्छ ।
ङ) यसमा एउटै छन्दको प्रयोग हुन्छ ।

महाकाव्यका तत्त्वहरू
महाकाव्यका तत्त्वहरूबारे विभिन्न विद्वानहरूले आ-आफ्नै पाराले विचार र व्याख्याहरू दिएका भए पनि महाकाव्यलाई मोटामोटी निम्न तत्त्वहरूमा विभक्त गर्न सकिन्छ –

कथावस्तु

चरित्र

संवाद

प्रकृति चित्रण

जीवन दर्शन

शैली

छन्द र अलङ्कार ।

खास कुरो को हो भने, महाकाव्यको कथावस्तुको सन्दर्भमा आचार्यहरू दण्डी तथा विश्वनाथले सर्ग-सर्गमा विभाजित हुनुपर्ने कुरा गरेका छन् । सर्ग लामो पनि हुनुहुँदैन, छोटो पनि हुनुहँदैन भन्ने मन्तव्य जाहरे गरेका छन् । भामहले सर्ग लामा-छोटाबारे टाउको दुःखाएका देखिँदैन । छन्द विधानकोबारे भामह मौन देखिन्छन् भने दण्डी र विश्वनाथ चाहिँ एउटा सर्ग एउटै छन्दमा रचिनु मात्रै होइन प्रत्येक सर्गका अन्त्यमा छन्द बद्लिनुका साथसाथै कुनै कुनै सर्गमा विविध छन्द प्रयोग गर्न सकिने कुरा गरेको पाइन्छ ।

पूर्वीय आचार्यहरूका कतिपय विचारहरूसित एकमत हुन सके पनि एकाध विचारसित एकमत हुन सकिँदैन । कारण, महाकाव्य कम्तिमा पनि आठभन्दा धेर सर्ग हुनुपर्छ भन्ने उनीहरूको भनाइ देखिन्छ । तर आदिकवि भानुभक्त आचार्य उल्थित ‘रामायण’ सातकाण्ड मात्रै देखिन्छ ।

विश्वनाथले महाकाव्य लामो पनि हुनुहुँदैन अनि छोटो पनि हुनुहुँदैन भन्ने मन्तव्य जाहेर गरेको पाइन्छ । ‘महाभारत’, ‘इलियड’, ‘ओडिसी ‘ र ‘प्याराडाइस लष्ट’-लाई साह्रै छोटो भन्नु मिल्ला ? गुणराज उपाघ्यायको ‘शाहवंश’ (वि. सं. २०२०) महाकाव्य मात्रै तीन सर्गमा समाप्त गरिएको पाइन्छ । डा. रमेशच्द्रको ‘पद्म दुर्गा’ (वि. सं. २०३३) अनुमानित दुइ हजार श्लोकमा समाप्त भएको छ । छ खण्डमा प्रकाशित उनैको ‘सीतायन’-को मोठ श्लोक सङ्ख्या १५,५३४ छन् । मूल ‘रामायण’-को ४,०३८ श्लोकलाई ११९ श्लोकमा सङ्क्षेपीकृत गरेर उल्था गरेको छन् आदिकवि भानुभक्तले ।

काव्याचार्यहरूमध्ये भामहले महाकाव्यमा अऩ्तर्निहित रसबारे पनि निजी विचार प्रकट गरेको पाइन्छ । भामह भन्छन्, “महाकाव्य लौकिक प्रकृतिमिल्दो रसले परिपूर्ण हुनुपर्छ ।” दण्डी भन्छन्, “शृङ्गार र वीर रसमध्ये एउटा प्रधान रसको रूपमा र अन्य रसहरू अङ्गरसका रूपमा रहनुपर्छ ।” भामहअनुसार, “लोकरूचिलाई ध्यानमा राखी रस प्रयोग गर्दा लोकमा धेर प्रभाव पर्छ ।” तर यसो हुँदाहुँदै पनि  ‘रामायण’ र ‘महाभारत’-जस्ता अब्बल महाकाव्यमा ऋृङ्गार रस प्रमुख पाइँदैन। ‘रामायण’-मा करूण रस पाइन्छ भने ‘महाभारत’-मा शान्त रस । पश्चिमी महाकाव्यहरूमा कुनै पनि शृङ्गार रस पाइँदैन ।

नेपाली वाङमयमा महाकाव्यको उद्भव र विकास

संस्कृत साहित्यमा महाकाव्य परम्पराको श्रीगणेश गर्ने आदि महाकवि वाल्मीकि (वाल्मीकीय रामायण)-लाई मानिन्छ भने संस्कृत भाषाकै ‘अध्यात्मरामायण’-बाट नेपाली भाषामा उल्था गरेर आदिकवि भानुभक्तले नेपाली वाङमयमा महाकाव्य लेखनको घड़ेरी खन्ने काम गरे । ‘वाल्मीकीय रामायण’-लाई आदि महाकाव्य अनि भानुभक्त उल्थित ‘रामायण’-लाई नेपाली भाषाको आदि-रामायण भन्दा त्यति अनर्थ नहुनुपर्ने ।

खासमा, भानुभक्त उल्थित ‘रामायण’-लाई पूर्ण मौलिक महाकाव्य मान्न नसकिने हुँदा मौलिक महाकाव्यको दृष्टिले नेपाली कविताको प्राथमिककाल बाँझै देखापर्छ ।१४ यद्यपि आदिकवि भानुभक्त उल्थित ‘रामायण’ ‘अध्यात्म रामायण’-को भावानुवादका रूपमा देखिए पनि नेपाली जीवनसित मेल खाने प्रसङ्ग लगायत भानुभक्तीय ‘रामायण’-को नेपाली भाषा र यसको शैली अनुवादीय कृत्रिम नभई मौलिक प्रतिभापूर्ण छ । शब्दचयन, वाक्यगठन, उखान-टुक्का, छन्द योजनाका साथै चरित्र चित्रणमा मौलिकता एवम् सिर्जनात्मक छाप प्रशस्तै पाइन्छ । रामलाल अधिकारी यसैले भन्छन्, “नेपाली काव्यको शिलान्यास उनैद्वारा भएकाले नेपाली काव्यकारका पङ्क्तिमा उनको स्थान अग्रणी रहेको छ र महाकाव्यकारको गणना गर्नुपरेमा पहिलो औंला उनकै नाउँमा भाँच्नुपर्दछ ।”१५

वास्तवमा महाकाव्यको विकास झाङिनमा कविता विधाले थाक्रोको काम गरेको देखिन्छ । नेपाली कविताको घरेट वीरगाथा कालबाटै शुरू भएको हो । सुवानन्द दासको  “पृथ्वीनारायण” कविताबाटै अथवा वीरगाथाकलाबाटै महाकाव्यको बिउ छरिन थालेको हो ।  यही वीरगाथा कालमा लेखिएको तर नछापिएको पं उदयानन्द अर्ज्यालको महाकाव्य “पृथ्वीन्द्रोदय” (१८७२ सन् १९२९) बाटै नेपाली महाकाव्य लेखनो गोरेटो खनिएको पाइन्छ । यही गोरेटो पहिल्याएर देवकोटा युगमा नेबाली महाकाव्य गजब प्रकारले झाङिएको पाइए पनि देवकोटा युगपछि महाकाव्य लेखनको कद पुड़्को भएको देखिन्छ । तै पनि कता-कता वा आक्कल-झुक्कल हिजोआज एकाध महाकाव्य लेखिएको पाइएकोले त्यसले हिङ् नभए पनि हिङ्को टालोको रूपमा काम गरेको कुरा स्वीकार्नै पर्ने हुन्छ ।

यसरी नेपाली महाकाव्य लेखन परम्परामा प्राथमिककाल बाँझै देखिए पनि नेपाली महाकाव्य परम्पराको विकास क्रमलाई सन् १९४४ (सं. २००१) देखि अगाड़िको समयलाई महाकाव्यको पृष्ठभूमिकाल, सन् १९४५ देखि १९५९ (सं, २००२ – २०१६) सम्म्को अवधिलाई उत्कर्षकाल र २०१६  पछिको समयलाई निरन्तरकाल भनी वर्गीकरण गर्न सकिन्छ भन्ने विद्वानहरूको मत देखिन्छ ।

पृष्ठभूमिकाल अन्तर्गत सन् १९४४ (सं. २००१)  भन्दा अघि प्रायः उल्थित तथा मौलिक वृहदाकार निम्न काव्यकृतिहरू फेला परेका छन् –

काव्यकार कृति प्रकाशनकाल (सं)

१ उदयानन्द अर्याल पृथ्वीन्द्रोदय (अप्रकाशित) १८७२ यस महाकाव्यबाट नेपाली महाकाव्यको बिजारोपण भएको       पाइन्छ ।
2. भानुभक्त आचार्य रामायण १८९८-१९१०
3. रमाकान्त बराल अदभुत रामायण १९४८
4. शिखरमान सुवेदी वृहत् कृष्णचरित्र १९५५
5. कुञ्जविलास गौतम महाभारतका शल्य पर्वहरू १९५६
6. सुब्बा होमनाथ खतिवड़ा रामायण अश्वमेख काण्ड १९६०
7. शम्भुप्रसाद ढुङ्गेल महाभारत १९६०
8. शम्भुप्रसाद ढुङ्गेल वृहत् कृष्णचरित्र १९७८
9. रामप्रसाद सत्याल महाभारत अठार पर्व १९८२
10. नरेन्द्रनाथ रिमाल महाभारत अठार पर्व १९८२
11. देवीदत्त पराजुली कविता गुच्छहार (महाकाव्यको दाबी गरिए तापनि यसमा महाकाव्यको गन्ध पाइँदैन) १९८८
12. लक्ष्मीप्रसाद देवकोटा सुष्मालोचन (अपूर्ण) १९८८
13. माधव प्रसाद घिमिरे गोविन्द (लेख्ने प्रयास मात्र) २००२
14. चिरञ्जीवी पौडेल चन्द्रशमसेरको यूरोप यात्रा १९६०
15. डिल्लीराम थापा यूरोप यात्रा १९६७
16. पहलमानसिंह स्वाँर किष्किन्धाकाण्ड १९६७
17. बाबु माधवप्रसाद शर्मा कृष्ण-चरित्र ठूलो-असली १९८१
18. रामजीप्रसाद उपाध्याय देवी भागवत् १९८६
19. कृष्णप्रसाद रेग्मी देवी भागवत् १९८६
20. होमनाथ खतिवड़ा कृष्णचरित्र १९८८
21. पतञ्जली गजुऱ्याल धीरादेश पाताञ्जल १९९३
22. केदारनाथ खतिवड़ा महाभारत १९५५

उपरोक्त विशालकाय तथा उल्थित काव्यकृतिहरूमध्ये ‘कृष्णचरित्र’ र ‘देवीभागवत्’-ले भानुभक्तीय ‘रामायण’-को रामभक्ति धारा, कृष्णभक्ति धारा र देवीभक्ति धाराको बिँड़ो थामेको पाइन्छ भने ‘यूरोप यात्रा’-ले मौलिकताको गोरेटो पहिल्याएको देखिन्छ । देवीदत्त पराजुलीले “कविता गुच्छहार” लाई महाकाव्यको दाबी गरे तापनि यसमा महाकाव्यको गन्ध भने ठ्याम्मै पाइँदैन । तर यी सबै काव्यकृतिहरू वृहदाकार हुनाका साथै भानुभक्तीय ‘रामायण’-को  तुलनामा फितुला सँगसँगै महाकाव्यका दृष्टिले कटमिरा नै देखापर्छन् ।१७ नेपाली साहित्यको आधुनिककालको सिरानतिर महाकाव्य लेख्ने भगीरथ प्रयास भए पनि सो अधूरै१८ रहेको पाइन्छ। अहिलेसम्म प्राप्त अपूर्ण महाकाव्यहरू –

    1. लक्ष्मीप्रसाद देवकोटा सुष्मालोचन (अपूर्ण) १९९८
    2.  बालकृष्ण सम एक प्रभात स्मरण १९७६
    3. सोमनाथ सिग्द्याल चन्द्रचरित १९७६
    4. बालकृष्ण सम आर्यघाट १८७७
    5. देवकोटा सुष्मालोचन (तीन श्लोक मात्रै) २०००
    6. माधव घिमिरे गोविन्द २००२

उपरोक्त अपूर्ण-अधूरा महाकाव्यहरूमध्ये देवकोटाले अङ्ग्रेजी भाषाको ‘शाकुन्तल’, संस्कृत भाषाको ‘सिकन्दर’, ‘बुद्धचरित’, ‘सुष्मालोचन’ महाकाव्यहरू लेखेका जानकारीमा आए पनि ती सबै अधूरा नै रहेको थाहा लागेको छ । जे होस्, नेपाली वाङमयको सङ्घारमा रोमिण्टिक धारा भित्र्याउने देवकोटाले ‘शाकुन्तल महाकाव्य’ (वि.सं. २००२) नेपाली वाङमयलाई अर्घ्यस्वरूप चढ़ाएपछि नेपाली वाङमयमा मौलिक महाकाव्यको युग श्रीगणेश मात्र होइन नेपाली रोमाण्टिक महाकाव्यको कुलो खनिएको पाइन्छ । यहाँ एउटा कुरा के उल्लेख गर्न चासोपर्दो हुन्छ भने,  सोमनाथ सिग्द्यालको ‘आदर्श राघव’ महाकाव्यको रचनाकाल पनि सं २००२ सम्ममा भनिएको पाइए तापनि सो अवधिमा ‘आदर्श राघव’ प्रकाशित भएको पाइँदैन । ‘शाकुन्तल’  प्रकाशित भएको तीन वर्षपछि सिग्द्यालको ‘आदर्श राघव’ (वि.सं. २००६) प्रकाशित भएको पाइन्छ । नेपाली वाङमयको बाँझो धरतीमा नेपाली मौलिक महाकाव्यको बिजारोपण गर्न हुटहुटिने देवकोटा यसरी फ्लाँक्छन् – “नेपाली महाकाव्य आइसल्याण्डको सर्पजस्तो थियो । मलाई अभाव पूर्ण गर्ने इच्छा पलाएर आएकोले लेखेँ ।१९

संस्कृत साहित्यमा महाकवि कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ नाटकको कथानक नै ‘शाकुन्तल’-को कथावस्तुको रूपमा रहेको पाइन्छ । विविध शास्त्रीय छन्द प्रयोग गरिएको यस ‘शाकुन्तल’ महाकाव्य चौबीस सर्गमा विभाजित छन् अनि मोठ दस हजार श्लोक छन् । नब्बे दिनमा तयार पारिएको यस महाकाव्यले पूर्वीय लक्षणहरूको मर्यादालाई सफलतापूर्वक परिपालन गरेको पाइन्छ । दस दिनमा सिद्ध्याएका ‘सुलोचना’ (सं २००३) महाकाव्य पन्ध्र सर्गमा विभाजित छ । पूर्वीय काव्यशास्त्रको शिल्पगत विलक्षणताले परिपुष्ट यस महाकाव्यमा कुलघरान, जातपात, विधवा विवाह, अन्तरजातीय विवाह र सम्बन्ध विच्छेदजस्ता घटनाको वर्णन पाइन्छ ।

सं. २००५ मा प्रकाशित देवकोटाको तेस्रो महाकाव्य ‘वनकुसुम’ दस सर्गमा समाप्त गरिएको छ र यसमा ग्रामीण (प्राकृतिक) समाज र नागर समाजको चित्रण पाइन्छ । पूर्वीय काव्यशास्त्रको लक्षण पालन गरिए तापनि ‘वनकुसुम’-मा प्रकृति प्रकृति वर्णन गर्नमै विशेष आग्रहित हुँदा यस महाकाव्यको आख्यान निकै नै खज्मजिएको पाइन्छ ।
सं. २०२४  मा प्रकाशित उनैको ‘महाराणा प्रताप’-मा भारतवर्षको ऐतिहासिक योद्धा तथा देशको निम्ति उत्सर्जित राजा महाराणा प्रतापको उदात्त एवम् वीर चरित्रको चित्रण पाइन्छ भने सं. २०२८ मा प्रकाशित ‘प्रमिथस’-मा देवकोटाको क्रान्तिकारी एवम् विद्रोहको चर्को स्वर पाइन्छ । मोठ एघार सर्गमा लेखिएको यस महाकाव्यमा ग्रीक पुराकथा र ग्रीक नाटककार एस्किलिसको ‘प्रमिथस बाउण्ड’ नाटककै कथा पाइन्छ ।

नेपाली भाषानुवाद परिषदमा जागिरे छँदा हिन्दू संस्कृतिका राष्ट्रिय वीर विभूतिहरूलाई जुर्मुराउने उद्देश्यमा ‘मुनामदन’-कै ढाँचामा सोह्र अक्षर वा वर्णको झ्याउरे लोकलयमा तेइस सर्गमा लेखिएको ‘पृथ्वीराज चौहान’ (सं. २००३) महाकाव्य छ्यालिस वर्षपछि (सं. २०४९) मा साझा प्रकाशन, काठमाण्डौंबाट प्रकाशित भएको पाइन्छ । भारतको बाह्रौं शताब्दीको इतिहासमा आधारित पृथ्वीराज चौहानलाई विषयवस्तु बनाएर लेखिएको यस महाकाव्य गुणस्तरका दृष्टिले देवकोटाका अन्य महाकाव्यमध्ये सबैभन्दा दुर्बल महाकाव्य देखिन्छ । ‘पृथ्वीराज चौहान’ मूल पात्र बाहेक अन्य पात्रहरूको चरित्राङ्कन त्यत्ति प्रभावपूर्ण नदेखिएकोला र आख्यानीकरण तथा संरचना पनि दुर्वल रहेकोले देवकोटाको यो महाकाव्यको स्तर उनका अन्य महाकाव्यको तुलनामा पुड़्को देखिन्छ ।

महाकाव्य देवकोटा, सोमनाथ सिग्द्याल अनि उनीहरू पछिका महाकाव्यकार र तिनका प्रकाशित महाकाव्यको सूची यस प्रकारले राख्न सकिन्छ –

1. लक्ष्मीप्रसाद देवकोटा शाकुन्तल
2. लक्ष्मीप्रसाद देवकोटा सुलोचना सं. २००३
3. लक्ष्मीप्रसाद देवकोटा वनकुसुम
4. सोमनाथ सिग्द्याल आदर्श राघव
5. लेखनाथ पौ़ड्याल तरूण तपसी सं. २०१०
6. बालकृष्ण सम चिसो चूल्हो सं. २०१५
7. कृष्णप्रसाद घिमिरे श्रीमद् वाल्मीकि रामायण     ?
8. कोमलनाथ अघिकारी रघुवंश सं. २०१५
9. कृष्णप्रसाद घिमिरे देश-नरेश सं २०१५
10. कृष्णप्रसाद घिमिरे राष्ट्रिय चरित्र सं २०१७
11. गोविन्द भट्टराई श्री पृथ्वी-महेन्द्र सं २०१९
12. कोमलनाथ अधिकारी नैषधीय चरित्र सं २०२०
13. गोविन्द भट्टराई भावना सं २०२०
14. गुणराज उपाध्याय शाहवंश सं २०२०
15. मोदनाथ प्रश्रित मानव सं २०२३
16. लक्ष्मीप्रसाद देवकोटा महाराणा प्रताप सं २०२४
17. मोदनाथ प्रश्रित भानु सं २०२४
18. हरिहर शास्त्री उषा विनोद सं २०२५
19. हरिहर शास्त्री रम्भा सं २०२५
20. लक्ष्मीप्रसाद देवकोटा प्रमिथस सं २०२८
21. गुणराज उपाध्याय श्रीकृष्ण सन्देश सं २०२९
22. गुणराज उपाध्याय भरत मिलन सं २०२९
23. मोदनाथ प्रश्रित देवासुर संग्राम सं २०३०
24. डा. रमेशचन्द्र अधिकारी पद्म दुर्गा सं २०३०
25. नीरविक्रम “प्यासी” दबला सं २०३४
26. उमानाथ शास्त्री, सिन्धुलीय मकवानी बाला सं २०३५
27. श्रीहरि फुँयाल आँसुको संग्राम सं २०३६
28. जगगीश शमसेर राणा नरसिंह अवतार सं २०३७
29. भरतराज पन्त देवयानी सं २०४१
30 भरतराज पन्त दोभान सं २०४१
31. वसन्तकुमार शर्मा नेपाल विप्रलम्भ सं २०४४
32. गौरीशङ्कर उपाध्याय शंकर सं २०४४
33. हरिहर शास्त्री उषा-विनोद सं २०४५
34. हरिहर शास्त्री धरणी     ?
35. पवनकुमार खनाल रामदास सं २०४५
36. पवनकुमार खनाल मा सं २०४५
37. पवनकुमार खनाल बिम्बप्रतिबिम्ब सं २०४५
38. पूर्णप्रकाश नेपाल “यात्री” जनविजयोल्लास सं २०४७
39. भानुभक्त पोखरेल मृत्युञ्जय सं २०४८
40. पवनकुमार खनाल स्वदेशी सुमन सं २०४८
41. शैलेन्द्रप्रकाश नेपाल जुनू सं. २०४८
42. रामनाथ खनाल प्रजातन्त्रोदय सं २०४८
43. लक्ष्मीप्रसाद देवकोटा पृथ्वीराज चौहान सं २०४९
44. रमेश खकुरेल सरिता नानी सं २०४९
45 रामनाथ खनाल पाण्डु सं २०४९
46. मदनदेव भट्टराई जीवनस्मृति सं २०५१
47. रामचन्द्र न्यौपाने सोल्पू सं २०५३
48. रामप्रसाद ज्ञवाली औंसीका फूलहरू सं २०५३
49. रमेशचन्द्र अधिकारी पद्मदुर्गा सं २०५३
50. गोपाल पराजुली हिमालमाथि आलेख सं. २०५३
51. गोपाल पराजुली पृथ्वीमाथि आलेख सं. २०५४
52. डा. ओमवीर सिंह बस्न्यात पासाङ ल्हमू सं. २०५४
53. पूर्णप्रकाश नेपाल ‘यात्री’ वसन्त ल्हमू सं. २०५४
54. पूर्णप्रकाश नेपाल ‘यात्री’ शान्तिपुरूष उपहार (चम्पूमहाकाव्य) सं २०५४
55. रामचन्द्र न्यौपाने प्रत्याघात सं. २०५५
56. चन्द्रप्रकाश नेपाल प्रत्याघात सं. २०५५
57. डा. रमेशचन्द्र अधिकारी सीतायन सं. २०५५
58. भूवनहरि सिग्देल घरणीघर सं. २०५५
59. भानुभक्त पोखरेल जागृतिराम सं. २०५५
60. गोपाल पराजुली देशमाथि आलेख सं. २०५५
61. भुवनहरि सिग्दैल मेनुका सं. २०५६
62. तारिणीप्रसाद कोइराला नैनी  -?-
63. शैलेन्दुप्रकाश नेपाल अनामिका सं. २०५७
64. पूर्णप्रकाश नेपाल सिमाना सं. २०५७
65. चन्द्रप्रकाश न्यौपाने गौतम बुद्ध सं. २०५७
66. डा. ओमबीर सिंह बस्न्यात पृथ्वी सं. २०५७
67. डा. ओमबीर सिंह बस्न्यात झपट   -?-
68. रमेश खकुरेल स्रग्धरा सं. २०५९
69. पूर्णप्रकाश नेपाल ‘यात्री’ सिद्घिचरण सञ्चरण सं. २०६०
70. पीताम्बर भोला  -?-
71. नवराज लम्साल कर्ण सं. २०६६

(वि.द्र. – यसपछि पनि नेपालका विभिऩ्न स्थानहरूबाट महाकाव्यकारहरूले आफ्ना बल-बुताका भरमै पनि महाकाव्य प्रकाशित गरेर / गराएर महाकाव्य लेखन परम्परामा अक्सीजन हाल्ने काम गरिरहेका छन् । तर ती महाकाव्यहरूका नाम र महाकाव्यकारहरूको नाम यस सूचीमा पर्न नसकेकोमा दाँतमा ढुङ्गो परेजस्तै भइरहेको छ । आउँदा दिनमा ती महाकाव्यहरूको सूची राख्ने सकेसम्म प्रयास गर्नेनैछु ।)

भारतीय नेपाली महाकाव्य
भारतीय नेपाली महाकाव्य लेखन परम्परा अस्सी दशकदेखि मात्र प्रारम्भ भएको पाइन्छ। नेपालको तुलनामा भारतीय नेपाली महाकाव्य लेखन परम्परा निकै पुड़्को देखिन्छ । स्वीकार्नुपर्छ, भारतीय नेपाली महाकाव्यको युग बितिसकेको छ । सभ्यताको अवस्था परिवर्तऩसँगसँगै काव्यको अवस्था पनि परिवर्तन हुनु अनिवार्य भएकोले यसो हुनसक्छ । जीवन जटिल र वैचित्र्यमय भएको छ । जुन जटिलता, वैचित्र्य विद्यमान छन्  ती जटिलता र वैचित्र्य महाकाव्यको निम्ति उपयुक्त हुँदैन, हुन सक्दैन । स्वाभाविक रूपले ती भावहरू गीतिकाव्य र खण्डकाव्यमा व्यक्त भएको पाइन्छ । रविन्द्रनाथ ठाकुर भन्छन् – “महाकाव्यमाझ सङ्क्षिप्तरूपमै भएपनि गीतिकाव्य-खण्डकाव्य रहेको हुन्छ ।….गीतिकाव्य र खण्डकाव्य यति धेर विस्तृत भएको हुन्छ महाकाव्यको क्षुद्रस्थानमा स्फूर्ति पाउँदैन र तिनीहरू पृथक हुन्छन् ।”२० यसका कारण खोज्नु टाढ़ा जानुपर्दैन । भारतीय नेपाली साहित्यकारहरू अधिकांशले गद्य विधालाई नै अङ्गीकार गरेको पाइन्छ ।२१ हुन पनि हो, दार्जिलिङमा आरम्भतिर ओकियामा ग्वाइन र कवि वीरेन्द्रका प्रारम्भिक चरणका कविताहरू वार्णिक वा मात्रिक शैलीमा देखिए तापनि समयको परिवर्तनसँगसँगै यी कविहरूले गद्यकविताको शास्त्रसम्मत गोरेटो समते । आयामिक लेखनले नेपाली साहित्य!को इतिहासमा एउटा बलियो माइलखुट्टीको घरेटी ता तयार पाऱ्यो पाऱ्यो तर नेपाली काव्यकारिताको शास्त्रसम्मत अवधारणा र शाश्वतलाई यसले धमिलायो । अगमसिंह गिरीको गीतात्मकता र हर्कजङ्गसिंह छेत्रीको छन्दकारिता अनि तुलसीबहादुर छेत्रीको अलङ्कारिता भारतीय काव्यसाहित्यबाट सदा-सदाको निम्ति अल्पेर गयो । यसैकारणले पनि होला, समालोचक तारानाथ शर्माले आधुनिक युग गद्यको युग भनेका छन् भने डा. वासुदेव त्रिपाठीले, “महाकाव्य एउटा प्राचीन ओजस्वी तरवार हो । त्यसको प्रयोग आज उपेक्षा गरिन्छ ।”२२ भारतीय साहित्यको पृष्ठभूमिमा गद्यको विकास दिन दुइगुणा रात चौगुणा उन्नति र प्रगति भएकोले गर्दा  भारतीय नेपाली महाकाव्य लेखनमा शैथिल्य आएको हो भन्दा कुनै टुटा नपर्ला कि! देवकोटाले त्यसै खेलाँची गरेर अवश्यै भनेका होइनन्, “महाकाव्य लेख्नु भनेको भगीरथ गङ्गा बनाउनु हो । जसलाई थाप्लामा बोक्नु मुश्किल छ ।”२३ कुरा ठिकै पनि हो; भाषाज्ञान, छन्दज्ञान, महाकाव्यका लक्षण ज्ञान र कवि प्रतिभा२४  नहुनेहरूले महाकाव्य लेख्ने आँट नगरे हुन्छ । यद्यपि महाकाव्यको युग सिद्धिसकेको भए पनि भारतीय महाकाव्यकारहरूले आफ्नो  बलबुताले भ्याइञ्जेल भारतीय नेपाली महाकाव्य लेखन परम्परालाई मलजल हाल्ने काम गरेको पाइन्छ । अहिलेसम्म भारतबाट प्रकाशित महाकाव्यहरू –

महाकाव्यकार महाकाव्यको नाम प्रकाशनकाल

1. रामचन्द्र गिरी समाद दर्पण सन् 1982 (सं. 2039)
2. मोहन दुखुन मन्दाकिनी सन् 1985 (सं. 2042)
3. तुलसीराम शर्मा “कश्यप” जन्मभूमी सन् 1986 (सं. 2043)
4. तुलसीराम शर्मा “कश्यप” आमा सन् 1988 (सं. 2045)
5. गौरीशङ्कर उपाध्याय शङ्कर सन् 1988 (सं. 2045)
6. प्रकाश भट्टराई सावित्री सन् 1992 (सं. 2049)
7. तुलसीराम शर्मा “कश्यप” मन्थन सन् 1993 (सं. 2050)
8. मोहन दुखुन कर्मायण सन्  2004 (सं. 2061)
9. प्रकाश भट्टराई हरिश्चन्द्र सन् 2004 (सं. 2061)
10. छविलाल उपाध्याय देवकोटा सन् 2004 (सं. 2061)
11. मोहन दुखुन भक्त-भैरवी सन् 2008 (सं. 2065)

उपरोक्त महाकाव्यहरूमध्ये रामचन्द्र गिरीको समाज दर्पणले सन् 1984 (सं. 2041) मा अनि तुलसीराम शर्मा “कश्यप”-को आमाल सन् 1990 (वि. सं. 2047)  भारतको सर्वोच्च साहित्य सम्मान साहित्य अकादेमी पुरस्कार प्राप्त गरेका छन् ।

महाकाव्य लेख्नु लरतरो कुरो होइन । बहुआयामिक प्रतिभाका धनी बालकृष्ण समलार्इ समेत ‘चिसो चूल्हो’ महाकाव्य सिद्ध्याउन चालिस वर्ष लागेको थियो । समयको फुर्मास, प्रतिभाको आवश्यकता सँगसँगै लक्ष्मीदेवीका अनि सरस्वतीदेवीको पनि असिम कृपा हुनुपर्ने नितान्त आवश्यक देखिन्छ । यसबारेमा रामलाल अधिकारीको ठुङमार्दो भनाइ यस्तो देखिन्छ – “…आर्थिक समृद्धि वा गाँस-वास-कपासका निम्ति चौबीसै घण्टा भागदौड़मा प्रतिद्वन्द्विता गरिरहेको आधुनिक भौतिकवादी समाजमा प्राचीनकालमा ऋृषिमुनि झैं चिन्तनमग्न भई निर्वाध रूपले साहित्य सिर्जना गर्ने समयको अभाव देखिन्छ र यही रूपले नियम महाकाव्यका पाठकवर्गलाई लागू हुन्छ ।”२५

महाराणा प्रताप : विश्लेषणात्मक दृष्टि
स्रोत –
महाकवि लक्ष्मीप्रसाद देवकोटा रचित ‘महाराणा प्रताप’-को कथावस्तुको स्रोत पहिल्याउनुपर्दा भारतीय इतिहास पल्टाउनैपर्ने हुन्छ । सन् 1568 (सं. १९२५) मा उदयसिंह द्वितीयको राजत्वकालमा मुगल सम्राट अकबरले मेपाड़ विजय गरे । उदयसिंह र तिनका परिवार बड़ो चलाकीका साथ सुइँकुच्चा ठोकेर पहाड़तिर लागे । उदयसिंहले उनका प्रिय पुत्र जगमललाई राजा बनाउने इच्छा जाहेर गरे पनि उनका वरिष्ठ सल्लाहकार एवम् भारदारहरूले उनका जेठो छोरो राणाप्रतापलाई नै राजा बनाउऩुपर्छ भन्ने प्रस्ताव राखे । तर राणाप्रताप आदरणीय पिताका इच्छाविरूद्ध जाने पक्षमा ठ्याम्मै थिएनन् । यस्तो सङ्कटकालीन स्थितिमा जगमलले यत्रो गह्रौं भार आफ्नो कलिलो काँधले थाम्न सक्दैनन् भन्ने कुरा बुज्रुर्गहरूले बाताए । स्थिति र परिस्थिति बुझेर उदयसिंहले प्रतापलाई राज्यको बागडोर सम्हाल्ने भार थोप्दै आशीर्वाद दिए । यसका साथै उदयसिंहले आफ्नो पच्चीस किलोग्राम वजन भएको तलवार पनि दिए । यो तलवार इतिहासमा ‘राणाप्रतापको तलवार’ ऩाउँले प्रसिद्ध छ । यो तलवार उदयपुरस्थित कुम्भा अजायबघरमा अद्यापि सुरक्षित राखिएको पाइन्छ । 3 मार्च 1572 (सं. 1629) मा उदयसिंहका पराक्रमी छोरो महाराणा प्रतापको राज्याभिषेक भयो । अकबरले भारतमा प्रभुत्व जमाएका वीर, ढीट महाराणा प्रतापले कहिल्यै स्वीकार नगरेर नै उनले अकबरसित नमरिञ्जेल युद्ध गरिरहे ।

सम्राट बन्ने तृष्णामा काकाकुली छटपटेका अकबर र राणा प्रतापसिंहसित अकबरका सेनापति कुँवर मानसिंह र असफ खाँ-माझ 18 जून 1576 (सं. 1633)-का दिन हल्दीघाँटीको मैदानमा घमासान लड़ाइँ भयो । मात्रै चार घण्टा यो छोटो तर घमासान लड़ाइँमा महाराण प्रताप र उनका वीर योद्धा सिपाहीहरूले मुगल सेनालाई आछु-आछु पारे पनि मुगल फौजसित जुझ्न महाराणा प्रतापले निकै परिश्रम गर्नुपरेको थियो । कुवर मानसिंहसित प्रताप स्वयम् जुझे । उनको अति नै प्यारो सेतो पट्ठो घोड़ो चेतकको अघिल्लो खुट्टा मानसिंहको हात्तीले कुल्चिँदा चेतक खँजाहा भयो । प्रतापले भालाको झटारोले मानसिंहलाई हान्दा चतुर मानसिंह निहुरियो, भालाको प्रहारले माहुते मारियो । तर प्रताप युद्धभूमिमा मुगल सेनाको अनवरत् आक्रमणबाट पराजित भइसकेको थिए । आफ्ना सेनानी मृत्युको डरले झालाका सरदारले प्रतापको उर्दी र कवच पहिरिई युद्धभूमिमा प्रतापको भूमिका पालन गरिरहे । प्रताप मारिने थियो तर उनको घोड़ा चेतकमा चढ़ी उनी पहाड़तिर लागे । चेतकको देब्रे फिलामा गहिरो चोट नलागेको भए प्रतापले मानसिंहलाई युद्धभूमिमा धराशायी नबनाई सासै बिसाउने थिएनन् । रक्तश्राव भएकोले युद्धभूमिदेखि केही किलोमिटर टाढ़ाको एउटा खोल्सा नाँघ्दा चेतक धराशायी भयो । झालाका सरदारले प्रतापलाई बचाए । प्रतापलाई उनका सैनिकहरूले युद्धभूमिबाट सुरक्षित स्थानमा पुऱ्याए पनि अन्त्यमा मुगल सेना नै विजयी बन्यो । मुगल सेनाले प्रतापको राज्यका भूभाग दखल गरे । लड़ाइँमा पराजित भएपछि मेवाड़ फेर उद्धार गर्ने जल्पना-कल्पनामा महाराणा प्रताप अहर्निश भुटभुटिरहे । उनले चिताउऩै नस्कने दुःखहरू झेल्नुपऱ्यो । तर आफ्नो दृढ़ता, ढीटपना, आत्मबलका कारणले उनी अन्त्यमा गुमिएका आफ्ना धेरजसो भू-भागहरू हत्याउन सफल भए । भारतीयहरूको नजरमा प्रताप महान् मात्रै होइनन् तर एकजना वीर योद्धा पनि हुन् । सम्मान र प्रतिष्ठाको निम्ति प्रताप अद्यावधि स्मरणीय छन् । उनी स्वतन्त्रताको निम्ति एकजना गौरवशाली मानव भएर मरे ।
चवण्डमा शिकार खेल्न गएका बेला 29 जनवरी 1597 (सं. 1654) का दिन छपन्न वर्षको उमेरमा प्रतापको चोला   उठ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यिनै ऐतिहासिक घटनाक्रमहरू आफ्नो महाकाव्यमा समाविष्ट गरेर दिल्लीका सम्राट अकबर [(सन् 1556 – सन् 1605 – सं 1613 -सं. 1662)] र मेवाड़का राजा राणा प्रताप [(सन् 1540 – सन् 1597 – सं 1597 – सं. 1719)] माझ भएको घमासान लड़ाइँलाई आफ्नो महाकाव्यको स्रोत बनाएको देखिन्छ ।

कथासार –
प्रस्तुत महाकाव्यको प्रथम सर्गको अन्त्यसम्मै मङ्गलाचरण र भूमिकाको पृष्ठभूमि रहेको पाइन्छ भने द्वितीय सर्गदेखि मात्र महाकाव्यको खास कथा आरम्भ गरेको पाइन्छ । चित्तौरको बागडोर आफ्नो हातमा रहूञ्जेल राजा उदयसिंह स़ञ्चोले ठ्याम्मै बस्न पाएनन् । मुगल सम्राट अकबरका सेनाले चित्तौड़ हत्याएपछि आफ्ना परिवारसहित लट्ठीपट्ठी कसी उदयसिंह आफ्नै राज्यको अरावली पर्वततिर सुइँकुच्चा ठोके । अकबरका सेनाहरू अरावली पर्वतमै पुगी उदयसिंहसित लड़ाइँ गरे । उदयसिंह घाइते भए पछि उनको मृत्यु भयो । उदयसिंहको मृत्युपछि उनका जेठो छोरो महाराणा प्रताप पिताको काजक्रियामा लागेका बेला प्रतापकै कान्छो भाइ जगमल मेवाड़को राजगद्दीमा बसे । जगमलको यो दुःस्साहस भारदारहलाई पटक्कै मन परेन । भारदारहरूले प्रतापलाई नै राजगद्दीमा विराजमान गराउने इच्छा जाहेर गरेका थिए (विस्तृत जानकारीको निम्ति स्रोत हेर्ने आग्रह गरिन्छ । तर देवकोटा स्वच्छन्दतावादी एवम् कल्पनावादी महाकविले इतिहास यथा तथ्यलाई केही अलग पाराले प्रस्तुति दिँदा कुनै विघ्वंश नभएर सराहनीय सिर्जना भएको छ । देवकोटालाई इतिहास थाहा नभएको भन्न चाहिँ सकिन्न) । मेवा़ड़को राजगद्दी सम्हालेपछि चित्तौड़लाई प्रतापले मुगलहरूको दासत्वबाट मुक्त नगराई आफ्नो दाह्री नखौरिने प्रतिज्ञा गरे –

“चित्तौर दास छ, कलंक छ आजलाई
दासत्वबाट अमलेख छिटो गराई ।-
कीर्तिध्वजा फरहरी जगमा नपारी
खौरिन्न फेरि रजपूत प्रतिज्ञ दाह्री ।” (द्वितीय सर्ग : श्लोक – 31 )

आफूलाई धन-दौलत, विलास, सोख छैन र अरुको कुनै आशा छ भन् कुरो बताउँदै प्रताप सदैव वैरी मार्ने सिपाहीका रूपमा उत्सर्गित हुन चाहन्छु भन्ने स्वाभिमानका साथ गर्जन्छन् –

”चाहिन्न दौलत मलाई, न ता विलास,
चाहिन्न सौख, छ अरू न त एक आश ।
यो देशको सहलिया म रहूँ सिपाही,

उत्सर्ग-प्रस्तुत सदा अरि मार्नलाई ।” (द्वितीय सर्ग : श्लोक – 32)
चित्तौड़ उद्घार गर्ने जल्पना-कल्पनामा मस्त भइरहने राणा प्रताप चित्तौड़ हात नपरिञ्जेल पलङ नओछ्याई परालमाथि सुत्ने वाचा गर्छन् –

“चित्तौर फेरि जबसम्म हुँदैन हाम्रो
कीर्ति-ध्वजा पनि उठेर राम्रो ।
त्यो रोजसम्म पलङै नबिछाउनेछु,
सादा परालकन रोज बनाउनेछ ।” (द्वितीय सर्ग : श्लोक – 36)

सुनको थालमा नखाने र कुनै ठाँट-बाँटसमेत नदेखाउने वाचा गर्छन् –

”भो खान्न अन्न पनि स्वर्णिम चालबाट
टाढ़ा जहाँतक नहोस् रिपुको कपाट ।
यस्तो दरिद्र जब देश छ म्लेच्छ आई
के ठाँट-बाँट ? शिव हाय हरे मसाई !” (द्वितीय सर्ग : श्लोक – 37)

राजाको यस्तो एकजना दृढ़ प्रतिज्ञा सुनेर प्रजाहरूका आँखा रसिए, स्वदेश फिर्तालिनेजोशमा पुनोरात्सिहत भई त्याग र बलिदान गर्न तम्सिए । राणा प्रतापले चित्तौड़को बागडोर सम्हालेपछिदेखिनै विपद्को पहाड़ले प्रतापलाई डगमगाउन    दिएन । मुगलहरूको आक्रमण दिन दुइगुणा रात चौगुणा बढ़्न थाल्यो । चित्तौड़का भूभागहरू खोसिँदै गए ।अकबलाई भारतको सम्पूर्ण भूभाग जित्ने लालसाले कुत्कुत्याइ रहेको थियो । आमाको एउटै कलेजोमा सिरान बनाएर सुत्ने एकै आँतका भाइ शक्तिसिंह र अन्य राजपुत राजाहरूले मुसल्मानहरू सामु शिर निहुराइसकेका थिए । यस्ता परिस्थितिमा प्रताप एकजना मात्र आफ्नो ज्यान र प्राणको बाजी लाएर देशको स्वाधीनता नबेची पच्चीस वर्षसम्म शत्रुहरूसित लड़ाइँ गरिरहे –

“पच्चीस वर्ष युगका दुइ पङ्ख जस्ता
काला बनेर वरसाद लिएर आए ।
आए हुरी र गहबाट झरी गिराए
ती वीरको, न तिनको धृति नै डगाए ।”  (तृतीय सर्ग : श्लोक – 14)

एकजना भाटले राणा प्रतापबाट प्रशंसास्वरूप पाएका पगरी गुँथेर सबैलाई देखाउँदै घुम्न निस्के । घुम्दा-घुम्दा दिल्लीमा सम्राट अकबरको राजदरवारमा पुगे । आफ्नो शिरबाट पगरी नफुकाली अकबरलाई ‘कुर्निश’ गर्दा सभामा उपस्थित सभासदहरू सबै विष्मित बने । स्वयम् अकबरले पगरी शिरबाट नझिकी उनलाई भक्ति गरेका कारण सोद्धा भाटले,  “यो पगरी महाराणा प्रतापले पहिरिने पगरी हो र यो पगरी झिका निहुँरिँदा वीर आर्यपुत्र महाराणा प्रताप अपमान हुने हुनाले सम्राटको पनि सम्मान गर्दै यो पगरी लाएरै अकबरको भक्ति गरेको हुँ” भन्ने कुरो बताए –

“त्यल्ले निर्भय भै त्यही समयमा यस्तो दियो उत्तर
‘शाहनशाह् ! छ यो अपूर्व पगरी सज्ने बडाको शिर ।
राजा वीर प्रताप आर्यहरूका जो माथको हुन् मणि
पैह्रिन्थे पगरी यही स्वशिरमा संसारभन्दा धनी ।

राणाले तर भूप-सम्मुख कुनै नीचा गरेनन् शिर,
मैले यो पगरी धरेर शिरमा नीचा गराएँ तर ।
ठूलाको अपमान हुन्छ, पहिले यो नै उतारीकन
मैले माथ झुकाउँदा निमकको सोझो गरेँ यो दिन”
(तृतीय सर्गः श्लोकः 28-29)

भाटको कुरा सुनेर आफ्नो स्वधर्म छोड़ी आएका अन्य राजपूतसहित अम्बेरका मानसिंह अग्निशर्मा भएर राणा प्रतापको आर्यत्त्व र स्वाभिमान निमिट्यान्नै पार्न जुर्मुराए –

“फुल्दै उठे तब सबै जति राजपूत
बेचेर आफुकन बन्न गए कपूत ।
फुल्दा भए हृवयमा तब मानसिंह
बेदाग देख्न अझ आर्य प्रतापसिंह ।” (तृतीय सर्गः श्लोकः 30)

राणा प्रतापलाई भेट्न मानसिंह आए । उनको भव्य स्वागत मात्र होइन उनको सम्मानमा ठूलो भोजको व्यवस्थासमेत गरिएको थियो । भोजमा राणा प्रतापलाई नदेख्दा मानसिंहले उनको खै गरे । राणापुत्र अमरलाई, “खोई ! प्रताप” भनी सोध्दा “पिताज्यूको टाउको गह्रुङ्गो भएको छ” भन्ने जवाफ दिए । भोजमा राणा प्रतापको अनुपस्थितिलाई रहस्य मानसिंहले बुझिसकेका थिए । कुरै कुरामा प्रतापका एकजना मान्छेले “स्वजनलाई त्याग्ने आफ्नो प्रत्यक्ष वैरीसँग “झुक, मिल !” भन्न खोज्नेसित हाम्रो रहन-सहन तथा भोज-भतेरमा नाता हुन्न भन्ने कुरा स्पष्टै बताए –

राणाको यो छ आज्ञा “स्वजनकन  सबै त्यागले दूर पारी
आफ्नो प्रत्यक्ष वैरीसँग “झुक, मिल” जो भन्न खोज्ने छ भारी ।
त्यस्ताका साथ हाम्रो रहन-सहनमा भोजमा हुन्न नाता,
वीरात्मा, धर्मप्रेमी, रिपुसँग भिड़िने मात्र हो प्रेमभ्राता ।”
(चतुर्थ सर्गः श्लोकः 15)

यो कुरा सुनेर मानसिंहको हँसिलो मुहार नीलो भयो । राणा प्रतापको टाउको दुःखेको खास कारण बुझ्न मानसिंहलाई गाह्रो परेन । अपमानले लज्जित भई बदला लिने सुर कसेर दिल्लीबाट औषधि लिएर फेरि आउँनेछु भनी फुँइकिएर मानसिंह दिल्ली हानिए । दिल्ली पुगी  सम्पूर्ण घटनाको नालीबेली अकबरलाई सुनाए । ‘के खोज्छस् कानो ? आँखो’ भने झैं मानसिंहको कुरा सुन्ने बित्तिक्कै लावालस्कर फौज लिएर पुत्र सलिम (जहाँगीर)-लाई सेनाध्यक्ष बनाई मानसिंह र सराफ खाँसहित राणा प्रताप विरूद्ध धावा बोल्न आए ।

अकबर आफ्ना युद्धकला प्रवीण व्यक्तिहरूसित मेवाड़मा धावा बोल्न आएका खबर सुनेर महाराणा प्रतापले तत्कालै विराट सभा डाकी उनलाई राज्य, धन र मोज-मज्जा गर्ने इच्छा नरहेको कुरा बताउँदै दासत्त्वको साङ्लोमा जकड़िएको कलङ्कित चित्तौड़वासीको उद्धार गर्ने एकमात्र उनको ध्येय रहेको कुरा बताए –

इच्छा छैन मलाई राज्यधनको, भोगादिको लालसा,
मेरो एक कबूल यति सुधरोस्ः- यो मातृभूमिको दशा ।
यो दासत्त्व कलंकतुल्य सबको हो भालको कालिमा,
स्वाधीनै नगरी चित्तौर नगरी छौं शत्रुका जालिमा ।। (पञ्चम सर्गः श्लोक 5)

राणा प्रतापको दृढ़, उत्सर्ग, जोश, साहस र आँटका कुरा सुनेर वीर राजपूतहरू अकबरका सेनाहरूविरूद्ध लड़ाइँ गर्न जुर्मुराएर उठे । भिल्लहरूले पनि साथ दिने भए । सबै हल्दीघाँटी पुगे । गोली-तोपहरूले सज्जित मुगल सेनाहरू अढ़ाइ लाख थिए फने प्रतापका सेना बाइस हजार मात्रै ।  हात-हतियार पनि थोरै । हल्दीघाँटीको मैदानमा घमासान लड़ाइँ भयो । राणा प्रतापको नेतृत्त्वमा राजपुत सेनाहरूले आफ्नो सम्पूर्ण शक्ति फुर्मास गरे पनि अकबरका सेनाध्यक्ष सलिम विराट सेनाहरूसित आएर राजपुत सेनाहरूलाई तिरिखिरी पारे । सेनाघ्यक्ष सलिम प्रतापको भालाले लागेर झण्डै ठहरै परे तर सलिमले  भाला छेल्ने हुँदा उनका महावत घटनास्थलमै मरे । प्रतापको शरीर चोटै-चोटले बिचल्नी भइसके पनि उनी पटक्कै डगमगाएनन् ।  झालाका स्वामीभक्त सरदारले उनको राजछत्र ओढ़ी शत्रुका शत्रुका आँखामा छारो हाली प्रतापलाई बचाए । यस ल़ड़ाइँमा भिल्लहरू पहाड़को डिलमा बसी ढुङ्गा-मूढ़ा तथा भाला, धनुकाँढ़ बर्साएर प्रतापलाई निकै सहयोग गरे –

ती भिल्लको दल बस्यो दुइतर्फ चट्ट
ऊँचा पहाड़ दुइमा अविदृश्य झट्ट ।
ती जंगली समरलाई थिए धुरीण,
भाला, शिला र धनूकाँड़विषे प्रयोग । (पञ्चम सर्ग : श्लोक : 39)

युद्घभूमिमा राजपुत सेनाहरू मारिए । अन्त्यमा केही सीप नचल्दा प्रतापले उनको प्यारो घोड़ा चेतकमा चढ़ी रणाङ्गणबाट भागे । मुगल सेनाहरूले उनको पानीखेदो गरे । उनलाई मुगलहरूले लखेटेका र आफ्ना दाजुको ज्यान खतरामा रहेको देखेर अकबरको सेनामा सम्मिलित भएका प्रतापका भाइ शक्तिसिंहले मुगल घोढ़चढ़ीहरूका टाउको छिनाएर दाजुको ज्यान बचाए । मुगलको पक्ष लिएर राजपुतकै विरूद्ध लागेको पश्चातापमा शक्तिसिंहले दाजुको आघि वलिन्द्र आँशु झारे । भातृत्त्वप्रेमको नमूनास्वरूप दुइ दाजु-भाइले आपस्तमा अङ्कमाल गरी फेरि भेट्ने कुरा गरी छुट्टिए ।

आँखा जुधे अनुजका  अब अश्रुदार
बर्बर गिरे दुइजना;  करबाट धार ।-
आफै गिऱ्यो जमिनमा, दुइ ती खडा छन्,
ती भातृप्रेमकन नेत्रविषे घडा छन् । (अष्ठम  सर्ग : श्लोक : 122)

गर्छन् अन्त सुखले दुइ अङ्कमाल
फारी सबै कलुषको विषपूर्ण जाल ।
त्यो भेटघाट दुइ भिन्न दिशा लिएर
जाँदा भए मिलन फेरि हुने भएर । (अष्ठम  सर्ग : श्लोक : 118)

घाउको पीड़ा खप्न नसकेर प्रतापको घोड़ाले पनि प्राण त्याग्यो । आफनो प्राणभन्दा प्यारो घोड़ाको मृत्युमा राणाप्रताप बेस्सरी रोए ।

भन्दा भन्दै उँचो त्यो प्रबल हय लड्यो चेतकै नामवाला,
उत्रे राजा प्रतापी अतिशय  करुण स्नेहका शब्दवाला ।
भन्छन् “हे अश्व प्यारो ! अविजित रणमा भारतीय प्रताप,
हो !  तेरो प्राण पस्ऱ्यो, सहन कठिन भो आज यो मृत्युताप !”
(अष्ठम सर्ग : श्लोक : 118)

“बिर्सुंला हाय मैले व्रणयुत रणको वीर यो अश्व मेरो,
प्यारो साथी विपद्को विकट समरको कीर्तिको नील फेरो ।
मेरो यो अश्व जस्तो त्रिभुवनभरमा अन्य होला र काहाँ,
हा तेरो आजसम्मन् रहनु जगविषे के नरोऊँ म याहाँ !” (अष्ठम  सर्ग : श्लोक : 119)

भन्दै तरक्क दुइ आँसु झरेर गिर्छन्,
त्यो स्वामिभक्त हयका शिरमाथि पर्छन् ।
राखेर काखबिच त्यो हयका शिरमाथि पर्छन् ।
सस्नेह ती नृपतिबाट भयो सुसार । (अष्ठम  सर्ग : श्लोक : 120)

हल्दीघाँटीको लड़ाइँमा राणाको पूरै हार भयो तर कुनै अवस्थामा पनि मलेच्छहरूसामु घुँड़ा टेक्तिनँ भन्ने ढीट विचारका धनी प्रताप अडिग रहे । राणाप्रताप वीरताका साथ नै लड़ाइँ गरिरहे । अकबर वीरहरूका प्रशंसक थिए । प्रतापलाई स्वपक्षमा ल्याउन अकबरले भरमग्दूर प्रयास नगरेका होइनन् ।  तर ढीट प्रतापले यवनसामु शिर निहुराउँदिनँ भनेकाले अकबरले पटक-पटक सेना पठाइरहे । लड़ाइँ जारी रह्यो । यस लड़ाइँमा प्रतापले जयपुर, चौदगढ़ लगायत सम्पूर्ण किल्लाहरू   गुमाए । भाट कवि पनि मारिए । राणाप्रताप भागेर जङ्गल पसे । प्रतापले घाँसको रोटीसमम खाएर रूखो जीवन बिताए । तर उनले पटक्कै हरेश खाएनन् । प्रताप जङ्गल पसेका सुइँको पाएर मूगलहरूले उनलाई घेरामा हाले । एकदिन घाँसको रोटीसम्म पनि आफ्ना लालाबालालाई खान दिन सकेनन् । लालाबालाको बिल्लीबाठ अवस्था देखी अकबरलाई चिठी पठाए प्रतापले तर बिकानेरका स्वाभीमानी वीर राजपूत पृथ्वीराज राठौरको उस्ताह तथा देशभक्तिले भरिएको चिठी पाएपछि उनी फेरि लड़ाइँ गर्ने टेकमा अड़े । बिकानेरका राजपूत पृथ्वीराज राठौर अत्यन्तै स्वाभिमानी थिए । यसैकारण उनलाई अकबरले बन्दी समेत बनाएका थिए ।

प्रतापको पूरै हार भयो । तर आफ्नो मातृभूमिका शत्रुहरूको धलिमलि देखेर प्रताप विचजलित बने । आँखाभरि आँशु लिएर स्वदेशको अभिनन्दन गर्दै सिन्धु लागे । अन्त्यमा, भामाशाहले प्रतापलाई सुन, चाँदी, मणि-माणिक्य दिएर स्वदेश पुनः फर्काउने विन्ती गरे । यसै धनले फेरि सेना बटुल-बाटल पारी मुगलहरूसँग लड़ाइँ गरेर चितौ़ड़ र अजमेरबाहेक मेवाड़ र अम्बेर कब्जा गरे । उदयपुर पनि हत्याए ।

उनी बिरामी परेर पल्लो फाल पुगे । चितौड़ पुनः हत्याउने प्रतापको ठूलो घिड़घिड़ो थियो । यसैकारण, उनको प्राण जान सकेको थिएऩ । यसरी प्रतापको घिट्घिटी अवस्था देखेर एकजना सरदारले यसको कारण सोधे । उनको मृत्युपछि यो राज्यको बागडोर कसले थाम्ने हो (?) कारण उनका पुत्र अमर विलासी छन् भन्ने दुःखेसो पोखाए । प्रतापको कुरा सुनी सरदारले देशलाई म्लेच्छको हात पर्न नदिई रक्षा गर्नेछौं भनी ढाढ़स दिँदै आफ्ना प्रिय राजासमक्ष प्रतिज्ञा गरे –

“बप्पा रावलको पवित्र पदले मैले प्रतिज्ञा गरें –
हामी देश नबेचुँला, नदिउँला ती मलेच्छलाई भरे ।
चिन्ता दूर गरेर धीर मनले संझी सदा ईश्वर
आत्मा शान्त गराउनोस् नृपति, भो क्यै छैन त्यस्तो डर ।”
(षोडश सर्ग : श्लोक : 39)

सरदारबाट यस्तो भरोसा पाएपछि महाराणा प्रतापले प्राण त्यागे । सबेजना रून थाले ।

“यस्तो भरोसा जब ती सरदारबाट
पाए, गँभीर हुन गो नृपको ललाट ।
अस्ताउँछन् अब दयालु बडा सहारा,
रून्छन् स्वबन्धु नृप, स्त्री र प्रजा हजारौं ।”
(षोडश सर्ग : श्लोक : 40)

(वि. द्र. : राणा प्रतापले आफ्नो जीवनकालमा उद्धार गर्न नसकेका चित्तौड़ उनको मृत्युपछि उनका पुत्र अमरसिंहले उद्दार गरेका इतिहास बताउँछ) ।

शीर्षकको सार्थकता एवम् औचित्य –
महाकाव्यको शीर्षक चारित्रिक प्रधानताको आधारमा नायक-नायिकाकै नाममा वा उत्कृष्ट चारित्रिक भूमिका वहन गरेको भए वा खलनायक-खलनायिकाका नाममा राख्न सकिने हुनाले र यस महाकाव्यका नायक धीरोदात्त चरित्रका राजा तथा इतिहास प्रसिद्ध पुरूष महाराणा प्रताप स्वयम् यसको शीर्षक विषयवस्तु अनुकूल उचित एवम् सार्थक रहेको छ ।

मङ्लाचरण –
महाकाव्यमा हुनुपर्ने प्रमुख तत्त्वहरूमध्ये मङ्गलचरण पनि एउटा हो । महाकवि देवकोटाले यस काव्यो प्रथम सर्गका आरम्भदेखिनै देवता-स्तुतिमय आह्वान मार्फत् मङ्गलाचरण गरेका छन् ।

पहिलो श्लोकको पहिलो विश्राममा भीमसेनको, दोस्रो श्लोकमा कालीको, तेस्रोमा गरूड़को, पाँचौंमा शिवजीको, छैटौंमा सूर्य र सरस्वतीको स्तुति गरिएको छ ।

छन्द-अलङ्कार विधान –
महाकाव्यमा छन्द र अलङ्कार अनिवार्यरूपले हुनुपर्ने देखिन्छ । यस महाकाव्य विभिन्न विभिन्न चौधवटा शास्त्रीय वर्ममात्रिक छन्दलाई अँगालेर लेखिएका पाइन्छ । यस महाकाव्यमा निम्न छन्दहरू प्रयोग गरिएको पाइन्छ । ती हुन् – वसन्ततिलका, शार्द्रूलविक्रीड़ित, द्रूतविलम्बित, पञ्चचामर, स्रग्धरा, मालिनी, पृथ्वी, भुजङ्गप्रयात, उपजाति, शिखरिणी, स्वागता, शालिनी, तोटक तथा अनुष्टुप ।

वसन्ततिलका
मानौं पितारहित गेह छ राज्य सारा,
छन् चेहरा उ टुहुरा, दृग आँसु-धारा ।
राजा थिए उदयसिंह अतीव प्यारा,
अस्ताउँदा दिन भए बहुतै अँध्यारा । (द्वितीय सर्ग श्लोक 14)
मानौ पि तारहि त गेह छ राज्य सारा (चौध अक्षर)
SSI SII ISI ISI SS
तगण मगण जगण जगण दुइ गुरू

शार्दूलविक्रिड़ित
हामी छौं हरिया मरू बिच कुनै, संसारमा बागझै,
हाम्रो निर्मल सभ्यपान छ, सफा विद्या छ सत्-राग झैं ।
यस्तो ठाउँ पसेर दुष्ट जनले धोका दिएमा सब
तूफानसँग बालुवा हुन गई गुम्नेछ यो बैभव । (पञ्चम सर्ग श्लोक 12)
हामी छौं   हरिया मरू वि च कुनै संसार मा बाग झैं (19 अक्षर )
SSS IIS ISI IIS SSI SSI  S
मगण सगण जगण सगण तगण तगण गुरू

द्रूतविलम्बित
तमुल युद्ध भयो यो अब पो शुरू
समर-वर्णन के वासले गरूँ ?
लबज वाण बनोस् त यहाँ छरूँ,
कलम नै करवाल बने गरूँ । (अष्टम् सर्ग, श्लोक 1)
तमुल   युद्ध भ यो अब पो शुरू   (12 अक्षर )
ISI SII SII SIS
जगण भगण भगण रगण

पञ्चचामर
यता छ आँसुको नदी उता छ आह वायुमा,
यता छ खालि वेवशी, उता छ डाह स्नायुमा ।
बग्यो बनी नदी नदी बग्यो बनी जलैजल,
फुटेर मूल  दुःखको रूँदै चलें तलैतल । (चतुर्दश सर्ग, श्लोक 28)
यता छ  आँसुको नदी उ ता छ आ ह वायु मा  (12 अक्षर )
ISI SIS ISI SIS ISI S
जगण रगण जगण रगण जगण गुरू

स्रग्धरा
उड्दै उड्दै गएको सुरपुरतिरको स्नेहको झैं बटोहो
गाली आशा सुनौला सुरपतिसँग नै भन्न क्यै बात रोई ।
आफ्नो धब्बा मिटाई, अपयश जलले भक्तिको चट्ट फाली
धर्मात्मा बन्न खोज्ने हृदयसरि गिर वज्र चड्केर खालि । ( चतुर्थ सर्ग, श्लोक 8)
उड्दै उड्दै गए को सुर पु रति रको स्ने हको झैं  बटोहो (21 अक्षर )
SSS SIS SII III ISS ISS ISS

मालिनी
अघि अघि जति ज्वाला वीरका जोशवाला
धधकसित धधप्के युद्धमा जोडवाला ।
समर अनल-ज्वाला दन्किएका हजार
नजरअघि झझल्के भूपका अश्रुदार ।  (पञ्चदश सर्ग, श्लोक 32)
अघि अ घि जति ज्वाला वी रका जो शवाला (15 अक्षर )
III III SSS ISS ISS
नगण नगण मगण यगण यगण

पृथ्वी
सुनील गिरि नील झैं अचल धीर झैं वीर झैं,
लिएर तरु चीर झैं उपलधार शंशीर झैं ।
हरा स्वदल कीर झैं, हरित रंगका झीर झैं,
स्वशूल्य करतीर झैं रहँदछन् बडा मीर झैं । (षष्ठ सर्ग, श्लोक 4)
सुनील गिरि नी ल झैं अ चल धी र झैं वी र झैं (17 अक्षर )
ISI IIS ISI IIS ISS  IS
जगण सगण जगण सगण सगण लघु गरू

भुजङ्गप्रयात
निशा नील सारी सितारा जड़ेको
सह्रालेर, बन्दी लगाएर चाँद ।
थिइन् केश काला फिजारी रहेकी,
बडो झील ऐना बनाई रहेकी । (षोड़श सर्ग, श्लोक 1)
निशा नी ल सारी सितारा जड़ेको (12 अक्षर )
ISI IIS ISI IIS ISS
यगण यगण यगण यगण यगण

उपजाति
कुनै पनि समजातीय दुइ छन्दका मिश्रणले उपजाति (मिश्र, शङ्कर) छन्द बनिन्छ । इन्द्रवज्रा र उपेन्द्रवज्राको पाठ जुनसुकै र जतिसुकै भए पनि मिलेर बनेको हुन्छ सोहीलाई उपजाति भनिन्छ । देवकोटाले यस महाकाव्यमा प्रयोग गरेका उपजाति हुन् –

देखि अवस्था दयनीय यस्तो
निलिन्न घाटी अबलाइ निम्तो ।
भनेरजानीकन मानसिंह
हट्दा भए सत्वर दूरसम्म । (सप्तम सर्गः श्लोक 82)

शिखरिणी
दिए गड्की ताली शिखरहरू सारा खुश भई,
झरे चाँदी झरझर् धरमर गरी छर्र छरिई ।
गिऱ्यो गाना गर्दै जल गिरिभरी वीर-यशको,
झझल्क्यो इन्द्रैणई बहुरङ यशस्वी धनुष त्यो ।  (एकादश सर्ग, श्लोक 4)
दिए गड् की ताली शिखर हरू  सा रा खुश भई  (17 अक्षर )
ISS SSS III IIS SII   IS
यगण मगण नगण सगण भगण लघु गुरू

स्वागता
शब्द यी सब भरीकन जालान्
काल-कीटहरूले सब खालान् ।
को उचालिन गईकन बन्ला ?
लेख्न छाड्दछु बरु, कुन सुन्ला ?  (द्वितीय सर्ग, श्लोक 46)
शब्द यो सब भ री कन जालान्   (11 अक्षर )
SIS III SII SS
रगण नगण भगण दुइ गुरू

शालिनी
थोरै आयो त्यो चमत्कारसारा
केले लेखूं ? ; भित्रको रक्तधारा :-
सारा पोखी लाल पारी शिॆगारें
आधा भो हो, यो मसीले बिगारें ! (अष्ठम सर्ग, श्लोक 125)
थोरै आ यो त्यो च मत्कार सारा (12 अक्षर )
SSS SSI SSI SS
मगण तगण तगण दुइ गुरू

तोटक
यदि सत्य र धर्मपछाडि चले
कठिनाइ र विघ्न अनेक ढले ।
सब जाँचसमान बुझी अटल
श्रुतिशील बनिकन जित्छ डर । (तृतीय सर्ग, श्लोक 13)
यदि स त्य र ध र्म पछा डि चले  (12 अक्षर )
IIS IIS IIS IIS
सगण सगण सगण सगण

अनुष्टुप
स्वतन्त्रता स्वधर्म हो, स्वतन्त्रता स्वकर्म हो,
अधीनता अधर्म हो, अधीनता विकर्म हो ।
स्वतन्त्र देश-मर्म हो, अधीन बन्नु चर्म हो,
स्वतन्त्र थप्नु धर्म हो, अधीन बन्नु शर्म हो । (चतुर्दश सर्ग, श्लोक 15)

अलङ्कार विधान
महाराणा प्रताप महाकाव्य साङ्गोपाङ्ग अध्ययन गर्दा यस महाकाव्ये स्वच्छन्दतावादी प्रवृत्ति अँगालेको पाइऩ्छ । यस महाकाव्यको अलङ्कार विधान निफन्दा चेतना, प्रयोग र प्रस्तुति पनि मान्नै पर्ने देखिन्छ । कल्पनाको बाईपङ्खी घोड़ा चढ़ी  काव्यसिर्जना गर्ने महाकवि देवकोटाले यस महाकाव्यमा प्रयोग गरेका अलङ्कारहरू यस प्रकारका देखिन्छन् –

उपमा
डसरूतुल्य बजे शिर डिम्डिम,
नुपुरतुल्य बजे असि छमछम ।
रूधिर-भूषित भै शवमालिका
रिस गरी चुरिइन् रण-कालिका । (अष्ठम सर्ग, श्लोक 38)

उत्प्रेक्षा
मानो पितारहित गेह् छ राज्या सारा,
छन् चेहरा उ टुहुरा, दृग आँसु-धारा ।
राजा थिए उदयसिंह अतीव प्यारा,
अस्ताउँदा दिन भए बहुतै अँध्यारा । (द्वितीय सर्ग, श्लोक 14)

स्वाभावोक्ति
थिइन् विपिनश्री भरी, लहलहाउँदी मंजरी,
परिसरि पयस्करी मृदुल बैंसको माधुरी ।
प्रसून मृदु वल्लरी-जडित झल्लरी मल्लरी ,
विहंग-स्वरले भरी सुखकरी सुगन्धावरी ! (षष्ठ सर्ग, श्लोक 1)

अनुप्रास
झझर् झझर निर्झरी झरझराउँदा छन् छिरी,
छछल्-छछल छालले छलछलाउँछन् ती झरी ।
ककल्-ककल कल्कली कलकलाउँछन् छाल ती.
टटल्-टटल टल्टली टलटलाउँछन् ताल ती । (षष्ठ सर्ग, श्लोक 7)

यसबाहेक पनि यस महाकाव्यमा समाविष्ट प्रायः श्लोकहरू नै अन्त्यानुप्रासमा आबद्ध पाइन्छ । अन्त्यानुप्रास लगायत उपयुक्त विविध अनुप्रासमा आधारित शब्दालङ्कारले सौन्दर्यसृष्टि गरेको पाइन्छ । बीच-बीचमा बग्रेल्तै मध्यानुप्रासको प्रयोगले र अलङ्कार ध्वनिका रूपमा तिनका प्रभावले यस महाकाव्यलाई विशेष रमणीयता तुल्याएको पाइन्छ । तिनमध्ये एउटा श्लोकः

प्रशस्त दलको झरी, किरण-चित्रको माधुरी
दमीन छ छिरीविरी सिरिसिरि हुँदा झिर्मिरी ।
सुधांशु-करमा परी अमृत नै झरी छर्वरी
बनी अमित माधुरी पवनमा हुने लर्वरी । (षष्ठ सर्ग, श्लोक 9)

माझ-माझमा अनेकौं अर्थालङ्कारका प्रयोगले पनि महाकाव्यलाई विशेष रमणीयका साथै बान्किलो तुल्याएको पाइन्छ ।

विम्ब-विधान
स्वच्छन्दतावादका पूजारी देवकोटाले महाराणा प्रताप महाकाव्यमा विशेषतः प्राकृतिक विम्ब, ऐतिहासिक विम्ब अनि पौराणिक विम्ब तथा मिथकीय विम्बहरू व्यापकरूपमा प्रयोग गरेको पाइन्छ । ती हुन् –

प्राकृतिक विम्ब
स्वच्छन्दवादी कविले आफ्नो जीवन र जगतलाई विम्बमय चित्रणद्वारा कल्पनाशक्तिले हेर्छन् । तिनलाई आत्मसात गरी प्राकृतिक विम्बको सिर्जना गर्छन् । उनको भावदृष्टिमा जीवन र जगतका मूल्यहरू अर्थपूर्ण हुँदछन् । कवि बसेका संसारलाई कवि हेर्छन्, स्पर्श गर्छन् र सबैलाई मानवीकृत गरी प्रयोग समेत गर्छन् । यस महाकाव्यमा नक्षत्रमण्डल, वनस्पतिजगत्, प्राणीजगत्, धरती, वायुमण्डल, कालगत विम्बहरू देवकोटाले भक्कुचूर रुपमा प्रयोग गरेको पाइऩ्छ । तिनैको एउटा उदाहरण –

(क) जस्तो बादल वर्षिंदा जल बनी पृथ्वी हरा बन्दछिन्,
त्यस्तै अर्पण वीरले पनि गरी पृथ्वी सुखी बन्दछिन् ।
जस्तो झर्छ पहाड निर्झर बनी तिर्खा मिटाऊँ भनी,
त्यस्तै गर्दछ वीरले अवनिमा आफ्नो दिई जीवनी । (षष्ठ सर्ग, श्लोक 30)

(ख) भेडातुल्य फुलेर घाँस-रसमा छन् तुष्ठ साधारण,
चर्नेसम्म त चर्दछन् पशु सबै, हालेर अर्कोकन ।
मेरो भन्नु र लड्नु क्या छ सजिलो, त्यागै न हो वीरता,
आत्मोसर्गसमान्  के छ जगमा ? स्वार्थी बने बेपत्ता । (प्रथम सर्ग, श्लोक 34)य

(ग) शरद्का शोभाले गगन सब भो स्वर्गसदृश,
बडो नीलो मीठो अमृतकरले सिक्त सरस ।
सुधाका थाली  झैं विधु मुसकिए शान्त ढङमा,
रह्यो शान्तै सारा अचलमय त्यो राज्य सुखमा । (एकादश सर्ग, श्लोक 9)

यसप्रकार प्रकृति सम्बन्धी विम्बहरू विशेषतः तारा, आकाश, बिजुली, वर्षा, बादल, हुरी, घाँस, वृक्ष, जुनकिरी, साँढ़े, घोड़ा, हात्ती, पहाड़. मरूभूमि, चट्टान, गङ्गा, यमुना, बिहान, साँझ, शरद् आदि विशेष सन्दर्भहरूलाई प्राकृतिक विम्बका रूपमा प्रयोग गरी सौन्दर्यचेताको अभिव्यञ्जना प्रस्तुत गरेका छन् महाकाव्यकारले ।

ऐतिहासिक विम्ब
महाराणा प्रताप पूर्णाङग ऐततिहासिक महाकाव्य भएकोले यस महाकाव्यमा पात्र,. परिवेश, स्थान तथा ऐतिहासिक घटना आदि प्रस्तुत गरी ऐतिहासिक बिम्ब प्रस्तुत गरेका छन् महाकाव्यकार देवकोटाले । केही उदाहरणहरू –

(क) राणा प्रताप जब शासक बन्न आए
लाखौं विपद् लहरदार बनेर छाए ।
आकाशमा उदयमा रविरश्मिलाई
छेके अनेक कुइराहरू सम्बगाई । (प्रथम सर्ग, श्लोक 1)

(ख) अकबर जुन सम्राट् देहलीका विशाल
जलधिशदृश गर्जी भेज्दथे उग्र छाल ।
सकल विजय ग्ने लालसाबाट लाल
गडबडसित ढाल्थे आर्यको बाँध ढाल । (तृतीय सर्ग, श्लोक 6)

(ग) हल्दीघाट पुगे प्रताप जब पो कालो समाचारले !
काला पंख फिजाउँदै श्रवणमा धक्का दियो भारले ।
मंत्री औ सरदार भाइहरूको ठूलो सभासामुमा
यो सम्बोधन गर्दछन् नृपति ती मिल्दो महालाबमा:- (पञ्चम सर्ग, श्लोक 2)

परतन्त्रको पीड़ाबोध, स्वतन्त्रता र अस्तित्तवबोधका सङ्केत भएको यस महाकाव्यमा देवकोटाले मुगल, म्लेच्छ, राजपूत, हल्दीघाट, चित्तौड़, महाराणाप्रताप, अकबर, मानसिंह आदि पात्रहरूलाई पनि ऐतिहासिक विम्बरूपमा प्रस्तुत गरेका छन् ।

पौराणिक तथा मिथकीय विम्ब
यस महाकाव्यमा देवकोटाले भक्कुचूर पौराणिक तथा मिथकीय विम्बहरूको प्रयोग गरी देवीदेवताहरूका चरित्रमा आधारित उदात्तताले युक्त पौराणिक तथा मिथकीय विम्बहरूको सशक्त पाराले प्रयोग गरेको पाइन्छ । जस्तो –

यस्तो थर्मोपिलीमा अझतक पदले कुल्चिँदा ग्रीसवासी
आत्माले सन्ने यौटा अविदित बिजुली देख्छ हृद्-देशवासी ।
आँखा चौडा लगाई कति पर दिनका जोशका देख्छ ज्वाला
टोल्हाई हेर्छ घाटी क्षणभर, उसरी हेर्छ त्यो आर्यमाता ।  (सप्तम सर्ग, श्लोक 10)

महाकवि देवकोटाले पौराणिक तथा मिथकीय विम्बको रूपमा भीम, पाण्डव, काली, गरूड, सम्राट, पाप, देवता, राक्षस, ग्रीस आदि आदि प्रयोग गरेको पाइन्छ ।

उपरोक्त विम्बहरूबाहेक पनि  प्रस्तुत महाकाव्यमा  मानवीय जगतमा देखापर्ने सामाजिक अनि सांस्कृतिक सम्बन्धमा आधारित विम्बहरू पनि प्रशस्तै मात्रामा प्रयोग गरेका छन् ।

उद्देश्य
महाकाव्यको उद्देश्य व्यापक, उदात्त हुनुपर्ने अनिवार्य भएकोले देवकोटाले प्रस्तुत महाकाव्यमा यथार्थसत्य तथा शाश्वततालाई अभिव्यञ्जित गरेको पाइऩ्छ । यस महाकाव्यमा भारतीय स्वतन्त्रता सङ्ग्राम र २००७ सालको नेपाली प्रजातान्त्रिक आन्दोलनमा सङ्घर्षरत् क्रान्तिकारी योद्धाहरूलाई उत्प्रेरित तुल्याउने उद्देश्यमा महाकाव्य लेखिएको पाइऩ्छ । यसैकारण, 2003 सालमै लेखिसिद्ध्याएका प्रस्तुत महाकाव्यले प्रकाशनको घाम देख्न ठ्याक्कै एक्काइस वर्षसम्म कुर्नुपऱ्यो । किनभने यस महाकाव्यमा समाविष्ट भारतीय स्वतन्त्रता सङ्ग्रामको निम्ति लड़ाइँको विषयवस्तुले तत्कालीन नेपालको जनान्दोलन अप्रत्यक्षरूपमा भावात्मक योगदान गरेको पाइन्छ । यस महाकाव्य लगायत उनको “पृथ्वीराज चौहान” लेखिनुमा देवकोटाको उद्देश्य पनि खासमा नेपालमा राणा शासनको गिद्द चिथोराइबाट उन्मुक्ति पाउनु हो । भारतकाअपराजेय स्वाभिमानी योद्धा महाराणा प्रताप आफ्नो देश र मर्यादाको रक्षार्थ ज्यान दिनु मुगल सेना र तिनका अत्याचारी सम्राटलाई आछुआछु पारेर पनि खोसिएको भूभाग पुनः हत्याउनुमा सफल भएजस्तै उनको मातृभिम नेपाल पनि यसरी नै निरंकुशता हटाएर स्वतन्त्र र सत्यतन्त्र ल्याउनुपर्छ भन्ने महाकाव्यको आशय र उद्देशय रहेको स्पष्ट हुन्छ । राणा शासनकालमा पारतीय योद्धाहरू महाराणा प्रताप र पृथ्वीराज चौहानजस्ता मातृभूमिप्रति समर्पित, उत्सर्गित वीरपुत्रहरू नेपाल आमाको भूमिमा जन्मिउन् भन्ने उद्देश्यले लेखिएको महाराणा प्रताप उत्प्रेरक अनि प्रेरणादायी यस महाकाव्यले राणाकालीन नेपालमा धूलोसित मितेरी लाएर एक्काइल-एक्काइस वर्षसम्म कुनामा थन्किनु परेको हो । यसबारेमा चूँढ़ामणि बन्धुको निम्न टिप्पणी निकै ठुङमार्दो देखिन्छ –

“महाराणा प्रतापको चौधौं सर्गका २४ श्लोकहरूमा देवकोटाले स्वतन्त्रताको महिमा गाएका छन् । …. राणाहरूलाई महाराणा प्रताप अवश्य नै प्रिय थिए । तर स्वतन्त्रताका पक्षमा यति चर्को आवाज प्रिय हुन सक्तैनथ्यो । यसैकारण यस महाकाव्यले प्रकाशनका निम्ति अवसर नपाएको हुन सक्छ । अथवा यसले समसामयिक भारतीय  स्वाधीनता आन्दोलनलाई ऐतिहासिक पृष्ठभूमिमा प्रस्तुत गरेकोले यस पुस्तकको पनि दमन गर्नु नै आवश्यक ठहरिएको हुन सक्छ ।”२८

समग्रमा भन्नुपर्दा, प्रस्तुत महाकाव्य लेखिनुमा राणाकालीन नेपाललाई पराधिनताको घेरोबाट स्वतन्त्रताको घाम देखाउने मूल उद्देश्य रहेको बुझिन्छ । मुगल सेनाहरूद्वारा आफ्नो भूभाग खोसिएको र तिनको उद्धार गर्न तथा ती म्लेच्छहरूको मुट्ठीबाट फुत्किन महाराणा प्रतापको जुन छटपटाइँ र हुटहुटी देखिन्छ त्यो खासैमा अप्रत्यक्षरूपमा राणाहरूको धलिमलिमा पिल्सिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको निजी छटपटाइँ र हुटहुट्याइँ हो भन्नमा कुनै टुटा नपर्ला । यसैले ता भूमिपुत्रहरूलाई सन्देश दिने उद्देश्यमा देवकोटा आफ्नो उदगार यसरी उगेल्छन् –

स्वतन्त्रता नराखिए, स्वशत्रु नै नहाँकिए,
स्वधर्म नै नडाकिए, सपत्न नै नफ्याँकिए ।
स्वदेश-पुत्र हुँ भनी स्वदेशभित्र ज्यूँनु ता
अनर्थ व्यर्थ हो सिनोसमान वेपत्ता । (चतुर्दश सर्ग. श्लोक 14)

ह्रस्व-दीर्घ विचलन वा दोहोरो प्रयोग

यस महाकाव्यमा अन्तर्निहित कुनै-कुनै सर्गमा छन्द ढाँचा मिलाउनुपर्ने वाध्यताले हिज्जेमा विचलन पाइनु स्वाभाविकै   ठहर्दछ । मलाइ-मलाई, लाइ-लाई इत्यादि । यद्यपि, कतिपय पदचयनमा स्वैच्छिकतासहित सरल, सहज, सरस माधुर्यमय र सुबोध्य तुल्याएका पाइन्छ । यो कुरो स्वीकारनुपर्छ, महाकवि देवकोटा आफ्ना सिर्जनामा भाषाको शैली इच्छानुसार वद्लिई सजीव र सशक्त भावनाहरूलाई आफूले चाहे अनुसार मूर्तरूप दिनसक्ने क्षमता प्रबल रहेकोले यस्ता विचलनहरू देखिएका हुन सक्छन् । सो स्वीकार्य छ अवश्यै ।

अनुकरणात्मक शब्द प्रयोग
देवकोटाले महाकाव्यको बीच-बीचमा अनुरणात्मक शब्दहरू प्रयोग गरेको पाइन्छ । जस्तो – चूँ चूँ, कुलकुकुल, चिरिबिरि, कुर्कुर, चचच्च, चुलबुल, टुकुल, किरिकिरी, फुर्फुर, भुफुर्र, भुरभुर्, भुबुर, फर्फर, हर्हर, वल्लरी, झझर्, छछल्-छछल, ककल्-ककल, टटल्-टटल, हरहर्र, बरर्र, झर्र, सर्र, छंछर्र, लुटुक्क, छिरीविरि,  छछन्किँदो, छर्वरी, कुहूकुहु, गडडड, कुटुकुटु, घननन, हुतुतुतु, घनन्न, झझन्ने, रन्न, फन्न, कटटट, गुरुरुरु, झिलिमिलि, झललल, हिहिन-हिहिन, धुरुरुरु, धरररर, हुरुरुरु, टाङराङ-टुङग्रुङ, डिम्डिम, छमछम, ढरढम्म, छपप, छ्याप्प, छपाछप, छर्छन्, गलबल, दङदङ, घनन, घन घन, ढढर-ढ्याम्म, डररड्याम्म, डडयाम्म, डराडर, धपक्क, धिपिक्क आदि आदि ।

महाराणा प्रताप”-मा परिलक्षित सबल र दुर्बल पक्षह्ररू
यस महाकाव्यमा निम्न सबल र दुर्बल पक्ष निर्क्यौल गर्न सकिन्छ –

(क) हिन्दू जातिको गौरवशाली स्वाभिमानी, उत्साही, ढीट व्यक्तित्त्वशाली, महत्तवाकाङ्क्षी व्यक्तित्त्व महाराणाप्रताप        महाकाव्य 16 सर्गे ऐतिहासिक महाकाव्य हो ।
(ख) रसको दृष्टिले वीररस प्रधान र करुण रस अङ्गीरस भएको छ ।
(ग) नायकलाई उदात्त पुरुषरुपमा देखाइएको छ भने नायिकाको नामोनिशान छैन ।
(घ) मुख्यरुपमा वीरताको मूलचेतना उत्प्रेरक भाव र गौणरुपमा करुणाको मूलचेतना शोकभाव रहेको छ ।
(ङ) चौध शास्त्रीय वार्णिक छन्दको प्रयोग भएको छ ।
(च) महाकाव्यको लाक्षणिक मर्यादा उल्लङ्घन नगरी विविध अलङ्कार, प्रतीक, बिम्ब, शैली र अनुकरणात्मक              शब्दहरूको भरमार प्रयोग गरिएको छ ।
(छ) पौराणिक युद्धको शौर्य उदाङ्गो पार्ने अनि भूमिपुत्रहरुको स्वदेशप्रति भूमिका उजागार गर्ने उद्देश्यमा महाकाव्य       लेखिएको छ ।
(च) पूर्वीय लक्षण रसलाई शिरोधार्य गरी युद्धभूमिलाई वर्णन सोह्रै आना यथार्थ देखिन्छ।
(छ) भावको गहनतामा फुकापन कतै देखिँदैन ।
(ज) अभिव्यक्ति कौशल र प्रस्तुतिकरण टड़कारो भए पनि महाकाव्य चटकदार बनाउन मौलिक कथा सिर्जना             गर्नाका साथै कल्पना पनि निकै आकाशिएको देखिन्छ ।
(झ) ‘प्रमिथस’-मा झैं अनुभूति र आख्यानतत्त्वको समन्वयात्मक प्रस्तुति र ‘शाकुन्तल’-जस्तो अनुभूतिको महाप्रवाह        भने पाइँदैन ।
(ञ) महाकाव्यको करूण प्रसङ्ग निकै मर्मस्पर्शी भए पनि वस्तु वर्णातात्मकतिरै आग्रहित रहेका देखिन्छ ।
(ट) ‘शाकुन्तल’-पछि ‘सुलोचना’- महाकाव्य लेखेर महाकाव्य लेखनको लेखाचित्रो (graph) उर्ध्वगामी बनाए । सो       लेखाचित्र ‘महाराणा प्रताप’-मा पनि यथावत् रहेको पाइन्छ । प्रस्तुत महाकाव्यलाई गुणस्तरका दृष्टिले उच्चस्तरकै श्रेणीमा राख्न सकिन्छ ।
(ठ) कलापक्ष र भावपक्षको सन्तुलन अत्यन्त सह्रनीयोग्य रहेका पाइन्छ ।
(ड) सर्गबन्ध र प्रबन्धविधान संयमित रहेको यस महाकाव्यमा सत्-पक्षको विजय देखाउनमा महाकवि देवकोटाको        तीव्र उद्यमी पाइन्छ ।

निष्कर्ष
ऐतिहासिकताको पगरी गुँथेको यस महाकाव्चको ऐतिहासिक महत्त्व के पनि छ भने, राणा शासनको साङ्लोमा युगौंदेखि जकड़िएकी नेपाल आमालाई स्वतन्त्र बनाउने हुटहुटी लागेका देवकोटाले हाकाहाकी राणाहरू विरूद्ध मुख नखोली अप्रत्यक्षरूपमा तत्कालीन नेपालका वीरपुरूषहरूका आँट, साहस, जोश र जाँगरमा मातृभूमिप्रति थप योगदान पुऱ्याउऩे हक्कीको प्रयास गरेको देखिन्छ । नेपाल आमालाई स्वतन्त्ररूपमा हेर्ने देवकोटाको ठूलो इच्छा थियो, जस्तो महाराणा प्रतापलाई मुगलहरूका पञ्जाबाट चित्तौड़ उद्धार गर्ने घि़डघिडो थियो ।

नेपालका तत्कालीन शोषित, पीडित, अवहेलित जनता-जनार्दनको नाममा उनी यसरी गर्जिन्छन् –

स्वतन्त्रता अकाश हो, स्वतन्त्रता विकास हो,
स्वतन्त्र कीर्ति-रास हो, स्वतन्त्र अखण्ड हो ।
स्वतन्त्र स्वराज हो, स्वतन्त्र प्रकाश हो ।
स्वतन्त्र देवराज हो, अधीन शत्रु बन्नु लाश हो । ( चतुर्दश सर्ग, श्लोक 12)
XXX XXX XXX XXX XXX XXX
स्वतन्त्र छ देवता, अधीनता छ वेपत्ता,
स्वतन्त्र छन् जताजता, अधीन छन् कता कता ।
स्वतन्त्र देशको ज्यथा, अधीन देशको व्यथा,
स्वतन्त्र वीरको कथा, अधीन कायर प्रथा । ( चतुर्दश सर्ग, श्लोक 12)

नेपालमा राणाहरुको क्रुर तथा निरङ्कुश शासनबाट छुटकारा पाउनुपर्छ भन्ने भावसत्यलाई लिएर लेखिएको  यस महाकाव्यको आधारभूमि भारतको मध्यकालीन इतिहासमा महाराणा प्रताप र अकबरमाझको भएको युद्ध 29)-को  ऐतिहासिक वैशिष्ट्य नै विशिष्ट रहेको भन्न सकिन्छ ।

पाद टिप्पणी
१ L. Abercrombie : The epic : p 25 ।
२ डा. ईश्वर बराल र अन्यान्य : नेपाली साहित्य कोश पृ. 57 ।
३ रविन्द्रनाथ ठाकुर : प्राचीन साहित्य : 1957, पृ. 5 ।
४ Hegel : The Philosophy of Fine Art. Vol. IVP. III ।
५ मेघनादबध : भूमिका – डा. वासुदेव त्रिपाठी ।
६ महाकवि देवकोटा र महाकाव्य-का सम्बन्ध – पृ 3 : डा. वासुदेव त्रिपाठी (महाकवि देवकोटा र उनका महाकाव्य – डा. कुमारबहादुर जोशी) साझा प्रकाशन, काठमाण्डौं ।
७ सर्गबन्घो महाकाव्य महत्तां च महच्चयत्
आग्राम्य शब्दमर्थ च मालाङ्करं सदाश्रयम्
मन्त्रदूत प्रयाणादि नायकाभ्युदयं चयत् ।
पञ्चाभेः सन्दिभिः युक्तं नातिव्याख्येचमृद्धिमत् । (काव्यालङ्कार, 1:19 र 21) ।
८ सर्गबन्धो महाकाव्यमुच्चते तस्य लक्षणम्
आशीर्निमस्कियावस्तुनिर्देशो वापि तन्मुम्
इतिहासथोद्भूतिमिरद्धा सदाश्रयम् ।
चतुर्थर्गफलोपतं चतुरोदात्तनायकम् ।।
नगरार्णवशैलर्तुचन्द्रार्कोवर्णनै: ।
मन्त्रदूतप्रयाणादिनायकाभ्युदयैरपि ।
अलङ्कृतमसङ्क्षिप्तं रसभावनिरन्तरम् ।।
सर्गैरनतिविस्तीर्णै: श्रव्यैवृत्तै: सुसन्धिभि:
सर्वत्र भिन्नवृत्तान्तैरुपेतं लोकरञ्जकम् ।
काव्यं कल्पनान्तरस्थायी जायते सद्लङ्कृति । (काव्यादर्श, 1:14-19) ।
९ सर्गबन्धो महाकाव्यस्तत्रैको नाचक: सुर: ।
सदवंश: क्षत्रियो वापि धीरादात्तगुणान्वित: ।
एकवंसभवा भूपा: कुलजा वहवो S पि वा : ।
श्रृङ्गारवीरशान्तानामेकोS ङ्गी रसइष्यते : ।
अङ्गानि सर्वेS  पि रसा: सर्वे नाटकसन्धयS : ।
इतिहासोद्भवं वृत्तमन्यद्धा सज्जानश्रयम । ।
चत्वारस्तस्य् वर्गा: स्युस्तेष्वेक च फलं भवेत्
आदौ नसस्कियाशीर्वा वस्तुनिर्देश एक वा । ।
क्वचित्रिन्दा खुलादिनां सत्तां च गुणकीर्तनम् ।
एकवृत्तमयै: पद्यैखसाने S न्यवृत्तकै: । ।
नातिस्वल्पा नातिदीर्घा:  सर्गा अष्टाधिका इह ।
नानावृत्तमय: क्वापि सर्ग: कश्चन दृश्यते । ।
सर्गान्ते भावीसर्गस्य कथांया: सूचनं भवेत्  ।
सन्ध्यासूर्येन्दुरजनी प्रदोषध्वान्तावा सरा: । ।
प्रातर्मध्यान्नमृगयाशैलर्तुनसागर: ।
सम्भोगविलप्रम्भौ च मुनिल्वर्गपुराध्वरा: ।
रणप्रयाणोपयममन्त्रपुत्रोदयाद: । ।
वर्णनीय यथायोगं साङ्गोपाङ्ग अमी इह ।।
कर्वेर्वृत्तस्य वा नाम्ना नायकस्येतरस्य वा ।।
नाभास्य सर्गोपादेयकथया सर्गनाम तु । (साहित्यदर्पण, 6 : 315-325) ।
१०   ” नेता विनीतो मधुरस्त्या गी दक्ष: प्रियवंद ।
रक्तलोक: शुचिर्वाग्पी रुढ़वंश: स्थिरो युवा ।
बुद्धयुत्साहरमृतिप्रज्ञा-कलामानसमन्वित: ।
शूरो दृढ़श्च तेजस्वी शास्त्रचक्षुस्य धार्मिक: । ।” (धनञ्जयकृत दशरूपक: 2,1-2) ।
११ आचार्य विश्वनाथको भनाइमा संस्कृत लक्षणाशास्त्रमा नायकका चार भेद पाइन्छन् –
(अ) धीरोदात्त – प्रथम श्रेणीका सहनशील, गम्भीर,
(आ) धीरललित – दोस्रो श्रेणीका कलाप्रेमी, मनमौजी,
(इ) धीरललित – तेस्रो श्रेणीका सामान्य गुणले युक्त, क्षत्रीय वर्गका,
(ई) धीरोद्घत्त – शान्त नीच श्रेणीका षड़यन्त्री, प्रचण्ड ।
यसबाहेक पनि उनले नायकका अन्य अठ्चालिस भेद देखाएका छन् ।
१२ डा. जस योञ्जन ‘प्यासी’ – प्यासीका समालोचना : देवकोटाको “महाराणा प्रताप”  : सँग सकी नसकी युद्ध गर्दा – साझा प्रकाशन, दार्जिलिङ, 1993 पृ. 90 ।
१३ रामलाल अधिकारी – नेपाली महाकाव्य : सङ्क्षिप्त विवरण (विषय परिक्रमा), निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम. 2005, 1993, पृ. 168 ।
१४ डा. कुमारबहादुर जोशी : महाकवि र उनका महाकाव्य – साझा प्रकाशन, काठमाण्डौं, पृ. 160 ।
१५ रामलाल अधिकारी – नेपाली महाकाव्य : सङ्क्षिप्त विवरण (विषय परिक्रमा), निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम. 2005, 1993, पृ. 171 ।
१६ गोपाल अधिकारी – नेपाली साहित्यको सर्वेक्षण, स्नातकोत्तर शोधपत्र (काठमाण्डौं, त्रि.वि. कीर्तिपुर क्याम्पस 2037) पृ 50-43 ।
१७ नरहरि आचार्य : पण्डित सोमनाथ सिग्देल र उनको महाकाव्यसाधना (काठमाण्डौं ), पण्डित सोमनाथ शतवार्षिक समारोह समिति, 2041), पृ 89 ।
१८ रामलाल अधिकारी – नेपाली महाकाव्य : सङ्क्षिप्त विवरण (विषय परिक्रमा), निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम. 2005, 1993, पृ. 171 ।
१९ शाकुन्तलको भूमिकाबाट ।
२० रविन्द्रनाथ ठाकुर : काव्यको अवस्था परिवर्तन : समालोचना साहित्य परिचय, 1960, पृ 113 ।
२१ रामलाल अधिकारी – नेपाली महाकाव्य : सङ्क्षिप्त विवरण (विषय परिक्रमा), निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम. 2005, 1993, पृ. 184 ।
२२ डा. वासुदेव त्रिपाठी : महाकाव्य -बूढ़ो पुरानो साहित्यिक विधा ।
२३ देवकोटा – शाकुन्तलम् (भूमिका) ।
२४ रामलाल अधिकारी – नेपाली महाकाव्य : सङ्क्षिप्त विवरण (विषय परिक्रमा), निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम. 2005, 1993, पृ. 195 ।
२५ ऐजन : 185 ।
२६ विकिपिडिया, द फ्रि इन्साइक्लोपिडिया : प्रताप सिंह, महाराणा अफ मेवाड़ – सन् 2008 ।
२७ ऐजन ।
२८ डा. चूड़ामणि बन्धु, देवकोटा (काठमाण्डौं : साझा प्रकाशन, 2036), पृ 162-193 ।
२९ लक्ष्मीप्रसाद देवकोटा : महाराणा प्रताप (महाकाव्य) – नेपाल सांस्कृतिक सङ्घ, डिल्लीबजार, काठमाण्डौं, 2024  ज्येष्ठ ।

– कृष्ण प्रधान
सिलगढ़ी, उत्तर बङ्गाल (भारत)
krishanu1956@gmail.com

By nepali samalochana  http://nepalisamalochana.com/?p=1639


Wednesday, 25 November 2020

Soon, Gurung public meeting in Siliguri



First time since party formation in 2007 that the Morcha will hold a meeting at a location within Siliguri
Bishal Chhetri in Siliguri on Wednesday.
in pic Bishal Chhetri in Siliguri on Wednesday. (Passang Yolmo)

Since 2007, when Gurung had floated the party, this will be the first time that the Morcha will hold a meeting at a location within Siliguri. So far, the Morcha held public meetings in places such as Sukna and Gandhi Maidan on the fringes of Siliguri.

“Our leader Bimal Gurung will soon reach north Bengal. Thousands of supporters across the region are eagerly waiting for his arrival. That is why we have decided to organise a grand welcome for him and on the same day, a public meeting will be held at Baghajatin Park here. People from the hills, Terai and the Dooars will be there at the event,” said Chhetri. 

The decision, party insiders said, was made to pass a message to the Trinamul leadership with whom the Gurung faction joined hands, the rival Binay Tamang faction of Morcha and the BJP, the party with which Gurung recently severed ties.

“Leaders of the other faction (of the Morcha) often make tall claims about their support. We will prove our support base through the meeting and our leader (Gurung) will address the gathering. Our leaders are confident that the meeting will also give a fillip to Trinamul and will make BJP read the writing on the wall,” said an insider.

Chhetri told newspersons that they would give their “all out support” their “beloved Mamata Didi” as they want to see her in the chief minister’s office after the 2021 Bengal elections.

He was also critical of the BJP and questioned the party’s sincerity in meeting the two key demands of the hill residents — separate statehood and Scheduled Tribe status to 11 hill communities.

“There hasn’t been an inch of progress in these demands. It seems the BJP leaders have forgotten what they had mentioned in their election manifesto. We want to make it clear that the BJP leaders should not have any major expectation from north Bengal. We are no longer with them and our absence will be reflected in the poll results,” said the Morcha leader.

Those in rival Tamang faction of the Morcha said they did not give any importance to the announcements.

“After Bimal Gurung resurfaced in Calcutta, there was spontaneous reaction among people across the hills, they came to the streets and demonstrated against him. We are not concerned about such meetings as people have summarily rejected him,” said a leader of the Tamang faction.


[Source: The Telegraph]

Monday, 23 November 2020

CM seeks to corner BJP on statue faux pas


Mamata says Amit Shah visited a tribal farmer’s home in Bankura only to ‘show-off’
Mamata Banerjee speaks at Khatra in Bankura on Monday
Mamata Banerjee speaks at Khatra in Bankura on Monday
Rupesh Khan

Writes :Meghdeep Bhattacharyya

Mamata Banerjee on Monday pulled no punches against Union home minister Amit Shah and his party over their alleged lack of understanding of and sensitivity to tribal people, and more precisely to Bengal.

Ending her silence on the BJP’s faux pas over foremost tribal icon Birsa Munda in Bankura earlier this month, the chief minister attacked the saffron ecosystem before announcing an annual holiday in the state starting next year on the birth anniversary of the freedom fighter.

“He (Union home minister Shah) had garlanded a statue... later, you people told me that it was not of Birsa Munda at all, but that of a hunter. I respect hunters, they too are my brothers. But why would you lie like this, that too about such an icon?” asked Mamata at a state government event in Khatra, Bankura.

The tribal freedom fighter, religious leader and folk hero Munda has suddenly assumed the centrestage in the battle between the Trinamul Congress and the BJP in Bengal after Shah paid floral tributes to the statue of an anonymous tribal hunter, which his party had identified as that of Munda. A photograph of Munda was kept at the feet of the statue in the last minute, after the blunder was pointed out by tribal outfits.

“You will demolish the statue of Ishwarchandra Vidyasagar. You will make mistakes about Rabindranath Tagore. You will pay tributes to an anonymous statue and claim it is of Birsa Munda…. This is simply not right,” said the Trinamul chief.

Although the faux pas drew criticism from tribal organisations, the BJP’s state unit – responsible for the mistake – has been trying to put up a brave face and its chief Dilip Ghosh has said — much to the dismay of tribal organisations — that everybody must now consider it a statue of Munda, because Shah had paid tribute to it.

On Monday, Ghosh stuck to his guns and said that adivasis were with the BJP and not Trinamul.

Ghosh was correct on the decisive tribal support his party managed to garner in the general election, which gave it five of the six Lok Sabha seats in the tribal-dominated Jungle Mahal region of the state, including leads in 31 of the 45 Assembly segments there.

Mamata was equally unsparing on Shah over his luncheon at the home of a tribal farmer in Bankura’s Chaturdihi on November 5.

“A few days back, our honourable (Union) home minister came here, although only to show off. The food for him was brought from outside… five-star hotel and whatnot… by a cook from elsewhere. The person (Shah’s tribal host) has a daughter with a serious disease. He thought he would get help but he (Shah) told him that he would only have lunch at his home,” said Mamata.

Shah had the lunch at the house of Bibhishan Hansda, 12km from Bankura town. Hansda was unable to speak to Shah about the problems he faces over the treatment of his 17-year-old diabetic daughter. After the state administration came forward with help, the BJP state leadership announced that the girl would be taken to the AIIMS in Delhi for treatment.

“My Scheduled Tribe sisters were shown cutting vegetables that he did not eat at all. Even the rice was expensive Basmati from a five-star hotel, besides posto’r bawra (poppy-seed fritters),” said Mamata.

Reacting with outrage, BJP state chief Ghosh alleged that the Trinamul chief’s 26-day hunger strike against the anti-land acquisition in Singur — a landmark in her political career — was “fake”.

On Monday, before the event, Mamata met residents of Benkia, a Scheduled Caste-dominated village in Bankura’s Khatra. She sat in a charpoy and interacted with the villagers, regarding whether they had been benefiting from the state government’s many schemes. She said later that it was not a pre-planned visit, unlike those by the likes of Shah.

At the event, she announced a new state-wide programme — Duarey Duarey Sarkar (The government at every doorstep) — to enhance administrative reach-out to the rural masses and sort out their problems ahead of the polls. As part of the programme, camps would be up between December 1 and January 30 in each of the state’s 341 blocks, with officials of every key department.

“If any person visits a camp and informs us about a facility they are yet to get, the officials would ensure it is provided. If it is not possible at that time, priority lists would be made,” she said.

The chief minister kept asking the people to keep the faith in her and attacked the BJP over its “anti-people” policies. “Many political parties would come before the elections and will deposit money in your accounts…. You can accept the money but don’t vote for them,” she said, holding the Centre responsible for the surge in prices of essential edibles.

“There are one or two bad people everywhere, but there are so many good people…. I will serve the people till I die. For after that, I will create a team, to serve the people of Bengal in my absence,” she added.


source  : Telegraph

Apolitical forum formed in Darjeeling to pursue Gorkhaland demand


Move comes at a time when dynamics of hill politics have changed with both Bimal Gurung and Binay Tamang factions of the GJM aligning with the TMC
Observers believe the new apolitical organisation is trying to tap in the “silent majority” which do not agree with the present stand of hill parties
In pic Observers believe the new apolitical organisation is trying to tap in the “silent majority” which do not agree with the present stand of hill parties
File picture

Writes : Vivek Chhetri 

An apolitical forum has been formed in Darjeeling to pursue the demand of Gorkhaland at a time the dynamics of hill politics have changed with both Bimal Gurung and Binay Tamang factions of the Gorkha Janmukti Morcha aligning with the Trinamul Congress, a party opposed to the statehood.

Leaders of the new organisation — Gorkhaland Sankalp Samua — held a meeting with office-bearers of the Bharatiya Gorkha Parisangh, another apolitical organisation espousing the cause of the Gorkhas across the country, in Darjeeling on Sunday to present their plans and proposals to pursue the statehood demand.

Pasang Sherpa, a representative of the GSS, said there had been a realisation that political parties had failed to achieve much through their movements.

 “This, we feel, is because they are not united. We want to create a platform where a united Gorkha voice can be heard,” said Sherpa stressing that the apolitical organisation would extensively use social media to reach out to the Gorkhas across the country.

At a time both the factions of the Morchas have aligned with Trinamul and the  GNLF is talking about the possibility of going for a “permanent political solution”, which is not less than the provisions enshrined in the Sixth Schedule of the Constitution, observers believe the new apolitical organisation is trying to tap in the “silent majority” which do not agree with the present stand of hill parties.

Even though most hill parties swear by Gorkhaland, which is an emotive issue, the disillusionment against these parties is slowly coming out in the open, said an observer.

The GSS highlighted that the movements by political parties had achieved little but only destroyed “the economy, education, livelihood and even politics of the hills”.

“Our primary agenda at the moment is to unite all voices, including parties, and bring them to a common platform so that the demand is pursued strongly,” said Sherpa.

Sources said this new forum would not allow its members to engage with political parties.

“The forum is looking at agitation which does not severely affect common lives. Movements like not accepting government benefits on a particular day, hoisting national flags to demand Gorkhaland and mobilising people across the region with specific events, are being considered by the forum at the moment,” said a source.

Observers believe that these events are probably aimed to first mobilise support for the new platform.

The fact that the BGP has given credence to the new initiative suggests there is a bigger churn below the surface.

Sukhman Moktan, national president, BGP, said members of the apolitical organisations discussed the present situation of Darjeeling and “the problem, weaknesses and initiatives and strategies that need to be undertaken for fulfilment of Gorkhaland demand”. “We have also decided to hold a national seminar on Gorkhaland in Darjeeling soon,” said Moktan.


Source : Telegraph

Thursday, 12 November 2020

समस्याले पीडित जनतालाई सबैले आजसम्म आश्वासन मात्रै दिएर वाक्क बनाएका छन् ,म ठुलो-ठुलो सपना देखाउदिन सक्ने काम गरेर देखाउने छु - अनित थापा



समस्याले पीडित जनतालाई सबैले आजसम्म आश्वासन मात्रै दिएर वाक्क बनाएका छन् ,म ठुलो-ठुलो सपना देखाउदिन सक्ने काम गरेर देखाउने छु - अनित थापा

विगतमा पहाडमा धेरैवटा व्यवस्थाहरू आए,गए। तर पहाड अनि पहाडवासीको मूलभूत समस्याहरूको भने उस्तो समाधान भएन। अहिलेपनि दार्जिलिङ पहाडको विभिन्न सुदूर ग्रामीण क्षेत्रहरू बाटो,पानी,बत्ती आदिको समस्यामा नै गुज्रिरहेको छ। पहाडवासी जनताले धेरैवटा पार्टीका नेता र व्यवस्थालाई साथ दिए तापनि ती नेताले चलाएको व्यवस्थाले जनतालाई साथ दिएन भन्नुमा अत्युक्ति नहोला। 

तर वर्तमान दार्जिलिङ पहाडमा अस्तित्वमा रहेको गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले दार्जिलिङ पहाडको साधारण जनताको निम्ति धेरै जनसुविधामूलक अनि विकासमूलक कार्यहरू गरिरहेको छ। 

भोट जितेका,र अर्को पार्टीलाई जिताउन पोलिटिकल एजेन्टको काम गर्ने नेताहरु जनताको भोट लिएपछि आफ्नै दुनो सोझाउनु व्यस्त छन् । उनीहरू जनताले भोगेको समस्या हेर्न अहिले गाउँ जादैनन् ,उनीहरूलाई जनताको दु:खसंग केही सरोकार नै छैन । जनतालाई लट्टाएर गोजि भर्नु पायो भने भइगयो । तर भोट हारेको नेता नै अहिले जनताको दु:खमा काम लागिरहेको छ । फलस्वरूप जीटीए अध्यक्ष अनित थापा स्वयं जीटीए क्षेत्रमा रहेको विभिन्न सुदूर ग्रामीण क्षेत्रहरूमा भ्रमण गरि मानिसहरूसँग भेट गरिरहेका छन्। 

जनगुनासो एवम् क्षेत्रको समस्या बुझेर समाधानको निम्ति कार्य गर्नलाई सदैव अघि रहेर जीटीए अध्यक्ष अनित थापाले पहाडलाई विकासको मूलबाटोमा लागिरहेको कुरा सबैअघि छर्लङ्ग छ। 

जनता केवल भोट बैंक मात्र होइन तर जनताको मूलभूत समस्याहरू पनि हुन्छन् भन्ने कुरालाई बुझेका वर्तमान जीटीए अध्यक्ष अनित थापाले जनताको घरदैलोमा पुगेर उनीहरूका समस्यालाई सुनिरहेका छन्, समाधान गरिरहेका छन् । जनतालाई ढाँटेर राजनीति नगर्ने नेता अनित थापाले जनतालाई ठुलो सपना देखाएर आश्वासन दिएका छैनन् । सक्ने र हुने काम गरेरै देखाईरहेका छन् । 

यसैक्रममा आजपनि जीटीए अध्यक्ष अनित थापाले लुम्बुङ च्याग्रा र गुरुङ बस्तीको भ्रमण गरे। विभिन्न सुविधाहरूदेखि वञ्चित यस क्षेत्रमा जीटीए अध्यक्ष स्वयम् पुगेर भ्रमण गरी क्षेत्रको समस्याबारे बुझे। जनतासंग भलाकुसारी गरे । स्थानीय जनताले खुलेर आफुहरुले भोग्दै आएको समास्या बताए ।