Friday, 3 August 2018

कराँटे बोय अभिषेक शर्माको ओलम्पिक खेलेर मेडल जीतने सपना।

कराँटे बोय अभिषेक शर्माको ओलम्पिक खेलेर मेडल जीतने सपना।

सानो छँदा देखि नै कराँटे खेल प्रति चासो राखेर आएको औ स्थानीय कराँटे प्रशिक्षकहरु सित कराँटे सिक्दै आएको डुवर्स अलिपुरद्वार जिल्लाको मदारीहाट खण्डको मध्य खयेरबारी गाउँ निवासी पिता कृष्ण प्रसाद शर्मा र माता रिता शर्माको जेष्ठ सुपुत्र अभिषेक शर्माले भर्खरै मात्र कोलकाता नेताजी इन्डोर स्टेडियममा सम्पन्न चोथौ अन्तर्राष्ट्रीय कराँटे चैम्पियनसिप खेलमा गोल्ड मेडल जीत हासिल गरेर फर्किएको छ। कराँटे खेलमा निकै नाम रोशन गरेको अभिषेकलाई उसको प्रशिक्षक गुरु औ सहमित्रले राम्ररी चिन्दै आई रहेको भएता पनि बत्ती मुनिको अँध्यारो भने झैं आफ्नै गाउँमा तिनलाई शुभचिन्तक बाहेक अन्यान्यले चिन्न नसकि रहेको देखिन्छ। डुवर्सको गरीब अर्थ सामाजिक परिवेशमा हुर्किएको अभिषेक शर्माको परिवारिक स्थिति गाउँ बस्ती र चियाबारीको अन्य परिवार भन्दा फरक केही छैनन। आफ्नो आमा बाबाको ज्येष्ठ छोरा भएकोले पनि होला अभिषेक सानै उमेर देखि नै एक जिम्मेवार सन्तानको रुपमा आफ्नो दुई भाईको पढ़ाई लेखाई अनि परिवारिक पालन पोषण तर्फ गम्भीर देखिन्छन। आफ्नो पढ़ाईलाई हाल स्थगित राखेर तिनले आफ्नो भाईहरुको निम्ति औ परिवारिक उपार्जनको निम्ति मदारीहाटको एक होटलमा वेटर काम गरि रहेको छ। आफ्नो कराँटे अभ्यासमा आउने खर्च साथै भाईहरुको पढ़ाई खर्च धान्नमा यस कामले मदत पुग्ने भएकोले गाउँले दाजुको होटलमा काम गरेको अभिषेक बताउँछन। अभिषेकको कराँटे खेल प्रतिको निष्ठा देखेर मदारीहाट क्षेत्रको समाजसेवीहरु कृष्ण घिमिरे, केशव शर्मा र टेकनाथ शर्माले तिनलाई कोलकाता दिल्ली आदि ठाउँहरुमा प्रतियोगितामा भाग लिन जाँदा सहयोग तथा मदत गर्दै आएको स्वयं अभिषेक बताउँछन। अभिषेकलाई राष्ट्रीय अन्तर्राष्ट्रीय स्तरमा जहाँ जाने मौका पाउनेछ हामी सामर्थ्य अनुसार मदत गर्न तत्पर रहेको यी समाजसेवीहरु बताउँछन। यता अभिषेकको कराँटे खेल प्रतिको लगनलाई देखेर खुसी त लाग्छ तर छोरालाई कतै जाँदा भने जस्तो खर्च दिन नसकेको बताउँछन अभिषेकको आमा रिता शर्मा। तिनी भन्छिन खेती गरौ त हात्तीले खेती गर्न नदिएको परिस्थिति यसैलै सानो क्यान्टिन स्थानीय देवकोटा नेपाली स्कूलमा चलाएर जीवीका चलाएको रिता शर्मा बताउँछिन। यता कोलकाता बाट गोल्ड मेडल जीतेर आए पछि अब आगामी २०२४ मा सम्पन्न हुने विश्व ओलम्पिक खेलमा छनौट हुने सपना बोकेर कड़ा अभ्यास गर्न थालेको अभिषेक शर्माले जनाएको छ। दुई चार जना शिक्षक एवं गाउँले समाजसेवीहरुले हाल सम्म मदत दिंदै आएको तर आगामी दिनमा यस्तो मदत पाई रहने ग्यारेन्टी नरहेको अब प्रशासनले मदत गरे अवश्यै पनि ओलम्पिक खेल क्वालिफाई गर्ने दृढ़ संकल्प रहेको अभिषेकले बताएको छ। अभिषेकको खेल प्रतिको लगन साह्रै गम्भीर रहेको औ तिनी एकदमै अव्वल खेलाड़ी रहेको कराँटे प्रशिक्षक स्यानसे सप्तपर्णी चक्रवर्तीले जनाएकी छन। यदि सरकारी सुविधा औ मदत पाए अभिषेक मात्र नभएर डुवर्सको थुप्रै प्रतिभाले आगामी ओलम्पिकमा सहभागिता गर्ने क्षमता भएको ठहर सप्तपर्णी चक्रवर्तीले गरेकी छन।

By : Pradip Lama, For TheTD

No comments:

Post a Comment