युवा नेता वरूण भूजेलको निधनमा गोजमुमो बगी नेता एवं जीटीए -२ का (BOA ) का चियरम्यान बिनय तामांङले एक प्रेस बिज्ञप्ती जारी गरी उनेले हार्दिक सम्वेदना प्रकट गर्दै जनतालाई अबउसो फेरि गोर्खाल्याण्डको नाममा कसैको रगत नबगोस्, कसैको आँसु नझरोस् भन्दै गान्धीवाद अनि गणतान्त्रिक प्रणालीमा गोर्खाल्याण्डको सपना पूरा गरौं भनी उनले जनतालाई अपील पनि गरेको छ ।
तिनले भने ,कालेबुङ नगरपालिका वार्ड नम्बर 16 का नगरपार्षद् एवं गोजमुमोका युवा नेता वरूण भूजेलको निधन भएको समाचारले आहत बनेको छु। स्व. वरूण भूजेल गोर्खाल्याण्डको निम्ति मरिमेट्ने व्यक्ति थिए। गोर्खाल्याण्ड राज्य गठनकै मागमा 2013 सालको आन्दोलनमा पनि उनी मसितै जेल बसेको पनि बताए ।
स्व. वरूण भूजेलको निधनमा गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण प्रकट गर्दै गोर्खाल्याण्डको सघंर्षमा आफ्नो बहुमूल्य प्राणको उत्सर्ग गर्ने उनको योगदान गोर्खाल्याण्डको इतिहाँसमा सदैव अमर रहनेछ भनी बताएका छन ।यो दुःखद घड़ीमा शोकाकूल परिवारका सम्पूर्ण सदस्यहरूप्रति पनि हार्दिक सम्वेदना प्रकट गर्दछु भन्दै हाम्रो तर्फबाट हुनसक्ने हरेक प्रकारको सहयोग वरूण भुजेल भाईको परिवारलाई गर्ने पनि उनले बचन दिएका छन ।
यसबाहेक वरूण भूजेलको निधन पुलिस कस्टडीमा नै भएको हुनाले उनको निधनको सही कारण खोजी निकाल्नु उच्चस्तरीय अनि निष्पक्ष जाँच यथाशीघ्र शुरू गरियोस् भन्ने माग पनि उनेले गरेका छन ।
No comments:
Post a Comment