प्रत्येक बिहान जब म आफ्नो
मस्तिष्कको चैतन्य ढोका खोल्छु
उघार्छु अनुभूतिका झ्यालहरू...
एक अनाम द्वारपालले मलाई आँखा तर्छ
एक छद्मनाम प्रहरीले मलाई सतर्क गराउँछ
उचालिएका हरेक पाइलासितै म
धकेलिन्छु दश पाइला पछिल्तिर ।
मस्तिष्कको चैतन्य ढोका खोल्छु
उघार्छु अनुभूतिका झ्यालहरू...
एक अनाम द्वारपालले मलाई आँखा तर्छ
एक छद्मनाम प्रहरीले मलाई सतर्क गराउँछ
उचालिएका हरेक पाइलासितै म
धकेलिन्छु दश पाइला पछिल्तिर ।
हेर न मेरा भृकुटीमा शताब्दी शताब्दीदेखि
गाँजिएका कथित अमङ्गल रेखाहरू
मेरा ललाटभरि धैर्यका अमेट धर्साहरू
मेरा हातभरि अदृश्य साङ्लाका डामहरू
मेरा पाउभरि विडम्बनाका डोबहरू...
गाँजिएका कथित अमङ्गल रेखाहरू
मेरा ललाटभरि धैर्यका अमेट धर्साहरू
मेरा हातभरि अदृश्य साङ्लाका डामहरू
मेरा पाउभरि विडम्बनाका डोबहरू...
यो चिर-परिचित गोलाकार ग्रहमा हरपल
पलाइरहने च्याप्टा विचारहरूका
म एक मात्र भारवाहक,
एकमात्र द्रष्टा
यसको हजार फन्को लाउँदा पनि किन
बदलिँदैन यसको आकार ?
किन म कहिल्यै बिसाउनै पाउँदिन मेरा हतार ?
पलाइरहने च्याप्टा विचारहरूका
म एक मात्र भारवाहक,
एकमात्र द्रष्टा
यसको हजार फन्को लाउँदा पनि किन
बदलिँदैन यसको आकार ?
किन म कहिल्यै बिसाउनै पाउँदिन मेरा हतार ?
सखारै डुबेको हुन्छु म पाराको उतप्त लावामा
दुई फ्याकमा टुक्र्याउँदै चोइट्याउँदै मलाई
नाकडोरी लाउँदै मेरा मस्तिष्कलाई
वशीभूत पार्ने हजारौं मन्त्रहरू हरपल
उत्पादन भइरहेका हुन्छन्
कोल्टे शास्त्रका कारखानाहरूमा
अदृश्य चाबुकहरूसँगै ...।
दुई फ्याकमा टुक्र्याउँदै चोइट्याउँदै मलाई
नाकडोरी लाउँदै मेरा मस्तिष्कलाई
वशीभूत पार्ने हजारौं मन्त्रहरू हरपल
उत्पादन भइरहेका हुन्छन्
कोल्टे शास्त्रका कारखानाहरूमा
अदृश्य चाबुकहरूसँगै ...।
प्रत्येकपल्ट म नुहेको हुन्छु
जब प्रेम र आस्थाको बलिबेदीमा
उतार्दछु आफूलाई सम्पूर्ण प्रेमिल आदिम दहमा
प्रत्येकपल्ट छलिएकी म
आफूलाई पाउँदछु मात्र एक तरल आकार
मात्र एक देह...
छताछुल्ल सृष्टिका बीउहरू
मेरा कायाभरि सल्बलाउँछन्
सल्बलाउँछन् गर्भगृहमा पनि
म सङ्गालिरहेकी हुन्छु आफ्नो देहको भार
यस ग्रहको भारसितै ।
जब प्रेम र आस्थाको बलिबेदीमा
उतार्दछु आफूलाई सम्पूर्ण प्रेमिल आदिम दहमा
प्रत्येकपल्ट छलिएकी म
आफूलाई पाउँदछु मात्र एक तरल आकार
मात्र एक देह...
छताछुल्ल सृष्टिका बीउहरू
मेरा कायाभरि सल्बलाउँछन्
सल्बलाउँछन् गर्भगृहमा पनि
म सङ्गालिरहेकी हुन्छु आफ्नो देहको भार
यस ग्रहको भारसितै ।
यो रातो रङको अजम्बरी तरङ दैर्घ्यहरूसँगै
तैरिन्दै, डुब्दै, बग्दै म
छाल छाल उर्लिरहन्छु
हरेक पल्ट, हरेक युगमा, हरेक रूपमा
मेरा स्नायु र रगतमा हैकम जमाउँदै
मेरो तरल आकारलाई
थरि-थरिका साँचामा ढालिएको छ निर्विवाद
पारा-हर्दी-मेहन्दी र सौभाग्यको
दीर्घायु कामनासितै
म ‘सुमङ्गली’
आफ्नो समाधिबाट प्रत्येकपल्ट ब्युँझाइएकी छु
ब्रह्मरन्ध समेत सुम्पन बाध्य गराइएकी छु
यस चिर परिचित ग्रहको
नितान्त अपरिचित दुइखुट्टे जीवलाई।
तैरिन्दै, डुब्दै, बग्दै म
छाल छाल उर्लिरहन्छु
हरेक पल्ट, हरेक युगमा, हरेक रूपमा
मेरा स्नायु र रगतमा हैकम जमाउँदै
मेरो तरल आकारलाई
थरि-थरिका साँचामा ढालिएको छ निर्विवाद
पारा-हर्दी-मेहन्दी र सौभाग्यको
दीर्घायु कामनासितै
म ‘सुमङ्गली’
आफ्नो समाधिबाट प्रत्येकपल्ट ब्युँझाइएकी छु
ब्रह्मरन्ध समेत सुम्पन बाध्य गराइएकी छु
यस चिर परिचित ग्रहको
नितान्त अपरिचित दुइखुट्टे जीवलाई।
मलाई समाधिस्थ हुन नदिने हजारौं यत्नमाझ
म देह जलिइरहेको हुन्छु
म देह भोगिइरहेको हुन्छु
म देह रङ्गिइरहेको हुन्छु
अनन्तसम्म...।
म देह जलिइरहेको हुन्छु
म देह भोगिइरहेको हुन्छु
म देह रङ्गिइरहेको हुन्छु
अनन्तसम्म...।
फेरि हरेक रात,
म थुन्छु ढोका चैतन्यको
सिलबन्द गर्छु झ्याल अनुभूतिको
निष्पट अन्धकारबीच
ब्रह्माण्डको श्यामछिद्रबीच
प्रश्नहरूका भीष्म शरशय्याबीच
म देह रातो रङ्गिन्छु
म देह रातो रङ्गिन्छु ।।
म थुन्छु ढोका चैतन्यको
सिलबन्द गर्छु झ्याल अनुभूतिको
निष्पट अन्धकारबीच
ब्रह्माण्डको श्यामछिद्रबीच
प्रश्नहरूका भीष्म शरशय्याबीच
म देह रातो रङ्गिन्छु
म देह रातो रङ्गिन्छु ।।
- सोमबारे साप्ताहिक (कालेबुङ ) बाट साभार
No comments:
Post a Comment