डुवर्सको गोर्खे छोरो एवम् युवा समाजसेवी जुगेश राईलाई आज पश्चिम बंगालको राजधानी कोलकतामा यहाँका बङ्ग कवि-साहित्यिक मञ्चद्वारा 'बङ्ग कृति सम्मान-२०२५'-ले सम्मानित गरियो। प्रत्येक वर्ष बंगालभरिका विभिन्न क्षेत्रमा काम गरिरहेका महान व्यक्तित्वलाई बङ्ङ्ग कवि साहित्यिक मञ्चद्वारा सम्मान गर्ने गरिन्छ। यसै सन्दर्भमा धेरै वर्षदेखि समाजसेवामा लागिपरेका समाजसेवी जुगेश राईलाई 'बङ्ग कृति सम्मान २०२५' ले सम्मान गरिएका हुन् भनि बङ्ग कवि साहित्यिक मञ्चका सचिव दिपयर पोरेलले
जनाएका छन् भनी शिक्षक सबिन थापाले जानकारी गराएका छन्। यता उक्त सम्मानले अझै समाजको निम्ति धेरै सकारात्मक कामहरू गर्ने प्रेरणा पाएको र यस सम्मानको लागि बङ्ङ्ग कवि साहित्यिक मञ्चप्रति आभार रहेको समाजसेवी जुगेश राईले जनाएका छन्।
स्मरण गराइन्छ, बीरपाड़ा थाना अन्तर्गत पर्ने लङ्कापाडा चियाबारीमा जन्मेका जुगेश राईले बीरपाडा क्षेत्र साथै डुवर्सभरि नै सामाजिक कार्यहरू गरिरहेका छन्। तिनले विशेष गरी डुवर्सका गरीब विद्यार्थीहरूलाई खाता-पेन्सिल, खेलप्रति रूची राख्ने विद्यार्थीहरूलाई खेल सामाग्री, गरीब मानिसहरूलाई कम्बलहरू प्रदान गर्दै आइरहेका छन्। तिनको सामाजिक कार्यको निम्ति धेरै संघ-संस्थाहरूले अगावै सम्मान जनाइसके का छन्। धुपगढी इच्छादान वेल्फेयर सोसाइटीले 'अनन्नो सम्मान', जयगाउँ मिरमिरेले 'डुवर्स आइकोन' ले सम्मानित गरिसकेका छन्।