मिलन मोड १३ अगस्ट २०२३ : वर्ष २०२२ देखि आयोजना गर्दै आइरहेको ७५ औं आजादीका अमृत महोत्सवको समापन समारोहमा आईतबार १३ अगस्तको दिन सप्पन्न म्याराथन दौड प्रतियोगितामा महिला र पुरुष मिलाएर ५२२ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए भने महिला बर्गमा १९० जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए। म्याराथन दौड (RUN FOR BHARAT) देविडाङ्गा , चम्पासरी ग्राम पन्चायत कार्यालयदेखि सिङ्गीमारी गुल्मा प्राइमरी स्कुल सम्म ५ किलोमिटर रहेको थियो।
म्याराथन दौड प्रतियोगितामा प्रमुख अतिथिको रुपमा `मेजर ध्यानचन्द पुरस्कार एवं ` बङ्गरत्न प्रापक भारतीय हकी दलका पूर्व कप्तान भरत छेत्रीको उपस्थिति रहेको थियोे। त्यसै गरि देविडाङ्गा चम्पासरी ग्राम पन्चायतका पन्चायत जनक शाहा, पन्चायत समिति मनमाया शर्मा, समस्त पन्चायत मेम्बरहरुको पनि उपस्थिति रहेको थियो भने आयोजक समिति, श्री त्रिवेणी संस्कृत विद्यापीठका सभापति टीका प्रसाद शर्मा, सचिव राजेन शर्मा(सुवेदी) अमृत महोत्सव समितिका सभापति हेमन्त गौतम, सचिब भूषण दाहाल, संयोजक कृष्ण बस्नेतको उपस्थित रहेको थियो।
पुरुष दलमा प्रथम स्थान हासिल गर्ने ब्यक्ति सन्दीप शाहा जस्ले १७.०७ मिनेटमा म्याराथन दौड पूरा गरेका थिए भने दोस्रो स्थान हासिल गर्ने ब्यक्ति सन्जय राई मिलनमोड तिनधुरेबाट उनले १९.२३ मिनेटमा दौड पूरा गरे अनि तेस्रो स्थानमा भोलानाथ महत्वो जस्ले २०.०५ मिनेटमा आफ्नो दौड पूरा गरेका थिए। उक्त दौडमा चौथो देखि बिसौ स्थानसम्म क्रमस: रोहित मुन्डा, कुमुड उराव, समीर राय, दीपक कुमार गुप्ता, देवन्सु तिम्सिना, पवन कुमार शाह, नमन राय, रेहान टप्पो, पंकज शर्मा, अंशुमन थापा, अभिजित कुमार शाह, चिमेन्त टोटो, अमृत कोइराला, अभिजित मुन्डा, सुजल दर्जी, निकेतप सरकार, कमल छेत्री रहेका थिए। महिला म्याराथन दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन सुश्री निमा लामो दार्जिलिङबाट उनले १९.४० मिनेटमा आफ्नो दौड पूरा गरेकी थिईन भने दोस्रो स्थान हासिल गरेकी छिन सोभा लोहार उनले २५.१२ सेकेन्डमा र २५.४२ मिनेटमा दौड पूरा गरेर लिटल एन्जील स्कूलका छात्रा सुश्री प्रसंशा थापाले तेस्रो स्थान हासिल गर्न सक्षम बनिन्।
महिलाहरूमा चौथो देखि बिसौ स्थानसम्म क्रमस: सङ्गिता प्रधान, अनिसा मुन्डा, सृष्टि शर्मा, सृष्टि नाग, सिम्रन हेम्बरोम, प्रतिज्ञा मुन्डा, एनजल मुन्डा, रोशनी माल्फरिया, शुस्मा मुखिया, प्रेमा उराँव, अंकिता ठटाल, तान्या उराँव, मोनिका साइबो, सान्या मुर्मो, युनिसा शर्मा, इम्सुना लेम्तुर, कविता साइबो आदि रहेका थिए।
म्याराथन दौडमा महिला अनि पुरुष दलका Top 20 लाई विशेष सम्मान गर्यो भने पहिलो , दोस्रो अनि तेस्रो बिजेतालाई ट्रफी मेडल, कोलाबारी निवासी स्वर्गीय शंकर अधिकारीको नाममा रहेको थियो भने समितिको पक्षबाट नगद राशि रु ५०००, ३०००, २००० अनि सर्टिफिकेट हकी दलका पुर्व कप्तान भरत छेत्रीको बहुलीबाट प्रदान गरिएको थियो।उक्त म्याराथन दौड कार्यक्रममा सिङ्गीमारी प्राइमरी स्कुलका प्रधान अध्यापक बद्री प्रसाद शर्मा, जेनिसिस अकादमीका डाइरेक्टर चन्द्र सुवेदी। म्याराथन दौड विभागीय प्रमुख दीपक शर्मा, मनोज शिवकोटी, सुनिल गिरी, सुबास शर्मा, आदर्श मगर।
सल्लाहकार दीपक न्यौपाने, बद्री प्रसाद शर्मा, राजेन भण्डारी उपसभापति सुशन अधिकारी र सन्चार प्रमुख तिलक सिक्तेलको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमलाई सफल तुल्याउन साथ दिनुहुने सम्पुर्ण सहयोगी संघ सस्थान् , क्लब, स्कुललाई कृष्ण बस्नेत अनि हेमन्त गौतमले धन्यवाद दिएर कार्यक्रमको अन्त गरिएको थियो।
सम्पूर्ण कार्यक्रममा मुख्य मिडिया पार्टनर MILAN MORE- Darjeeling साथै The Times Dooars रहेको थियो !