नीरज जिम्बाको बयान कदापि व्यक्तिगत होइन। उसको बयानले भाजपा अनि गोरामुमोको राजनैतिक सोचलाई प्रतिनिधित्व गर्छ- सपना छेत्री, प्रवक्ता, गोर्खा जनमुक्ति नारी मोर्चा दार्जीलिङ महकुमा समिति।
गठबंधनले गोर्खाल्याण्डको मुद्दालाई किन कुरकुरे जस्तो बेच्न खोज्छ?
भाजपाको घटक दलको एक सदस्य जो भाजपाको विधायक पनि हुन अनि गोरामुमाेको प्रवक्ता पनि हुन: अधिवक्ता नीरज जिम्बा। उनले दिएको केही बक्तव्यहरु हेरौं:
१. म भित्रको (भाजपाको) मान्छे हुँ, कहाँ के हुँदैछ मलाई थाहा छ
२. विनु सुन्दासले सोसियोलोजीमा डाक्टरी गरेका हुन्। मैले पनि अध्ययन पटि ध्यान दिएको भए हावर्ड विश्वविद्यालयमा प्रोफेसर हुने थिए। त्यतिको क्षमता छ मेरोमा।
३. भारत सरकारले सोचेर नै हाम्रो निम्ति ठूलो केही न केही गर्छ। तर अहिले देश संकटमा छ। देशको सुरक्षा अनि हित नै पहिलो हुनुपर्छ। हाम्रो मुद्दा देशको सुरक्षा भन्दा ठूलो होइन।
४. सुबास घिसिङले गोर्खाल्याण्डको मुद्दा ड्रप मात्र गरेका हुन। यी मुद्दा कहिले पनि उठाउनु सकिन्छ।
५. विमल गुरुङले मुद्दा काखी च्यापेर नै जीटीएको सम्झौता गरेका हुन्। गोर्खाल्याण्डको मुद्दा उठाउँदिन भनेर सम्झौता गरेका छन्।
नीरज जिम्बा बारम्बार भन्ने गर्छन उसले बोलेको सबै कुरा विश्वास नगर्नु। एउटा विधायक जो जनताको प्रतिनिधि हुन, उसले बोलेको कुरा विश्वास नगरेर जनताले कसको कुरामा विश्वास गर्छ? आज सम्म नीरज जिम्बाले झुट मात्र बोल्दै रहेछ अनि हामी जनता चाहिँ उसको झुटलाई सत्य मान्दै छौं।
PPS पनि अब त झुट लाग्नु थाल्यो। कि PPS (गोर्खाल्याण्ड) हुन्छ भनेर छैंटौं लाई अगाडि ल्याएर जिम्बाले अर्को झुट बाेल्दैछ?
गोर्खाल्याण्ड राज्यको सपना पूरा गर्नु प्रक्रियाको पालन हुनु पर्छ। गोर्खाल्याण्ड को स्थापना कहाँ हुन्छ? छुट्टै राज्य बनिने प्रक्रिया के हो? छुट्टै राज्य वनिनुमा राज्यको भूमिका, केन्द्रको भूमिका, राज्य माग्ने नागरिकको भुमिका, राष्ट्रका अन्य राजनैतिक दलको भूमिका, राज्य माग्ने पहल गर्ने नेतृत्वको भूमिका स्पष्ट हुनु पर्यो। हृदय रोगको निम्ति कर्डियोलजीस्टकोमा डाक्टरी जाँच गराउन जानु पर्छ, ईएनटी डाक्टर कहा गएर केही फाइदा हुँदैन। हत्याराले वकील पक्रन्दा क्रिमिनल वकील पक्रनु पर्छ, जमीन मिलाउने वकील काम लाग्दैन।
गोर्खाल्याण्ड को मुद्दा विषय अब पहाडले केही पनि गर्नु पर्दैन्। जे गर्छन भाजपाले गर्छ। जिम्बा यसरी पनि बयान दिन्छन। मुद्दा कहाँ सम्म पुग्यो त? भनेर सोध्नु होस, घुमाउरो उत्तर आउँछ। नीरज बोलेको होइन , यो गठबंधन को भाषा हो। गोर्खाल्याण्ड को मुद्दा कहाँ पुगेको छ? पहाडका कुनै पनि राजनैतिक दल यो प्रश्न मा मौन बस्छन।
हाम्रो पहाडले गोर्खाल्याण्डलाई जन्माउने गलत डाक्टर त पक्रेको छैन्? सुरुमा म नै हृदय रोग विषेशज्ञ हुँ भन्ने डाक्टर आरएमपि त निस्केन?
नीरज जिम्बाको बयान कदापि व्यक्तिगत होइन। उसको बयानले भाजपा अनि गोरामुमोको राजनैतिक सोचलाई प्रतिनिधित्व गर्छ। जिम्बालाई राम्ररी थाहा छ कि भाजपा अहिले गोर्खाको मुद्दा विषय बोल्न त के सोच्न पनि चाहँदैन। त्यसैले स्थायी राजनैतिक समाधान के हो भनेर सोध्दा कुरा घुमाई रहन्छ। देश संकटमा छ जस्तो भाजपाको प्रोपागान्डा बोल्छ। हाम्रो मुद्दा भन्दा देश ठूलो सम्मको बयान दिएका छन् जिम्बाले। स्थायी राजनैतिक समाधानको निम्ति बनाइनु पर्ने स्टेरिङ कमिटी सम्म बनाउन असक्षम गठबंधन बाट विधान सभा चुनाव अघि केही हुन्छ भनेर आशा राख्नु मुङ्गेरी लाल कि हसिन सपने जस्तै हो। उनको बयानबाट यही झल्किन्छ कि स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्याण्ड चाहिँ पटक्कै होइन। के हुनु सक्छ? यो जी टी ए जस्तै अलिकति बढी शक्तिवान व्यवस्था मात्र हो। कहिले हुन्छ? यदि भाजपाले बंगालमा सत्ता सम्हाल्नु सक्यो भने मात्र। नत्र स्थायी राजनैतिक समाधान रहस्यमय, बुझेर पनि बुझ्न नसकिने राजनैतिक समाधान भएर तुहिनेछ।
तर अचानक बढेको राजनैतिक हलचल के को लागि? स्थायी राजनैतिक समाधान को निम्ति पटक्कै होइन। यो हो बंगाल विधान सभा चुनाव २०२१को लागि।
यदि स्थायी राजनैतिक समाधान छुट्टै राज्य गोर्खाल्याण्ड होइन भने जी टी ए ३ मात्र हो। जी टी ए ३ को लागि गोर्खाल्याण्ड को बलि दिनु पनि राजी गठबंधन, जसको अहंकार को मंत्र नै जाती अनि माटो प्रेम।
यदि जी टी ए ३ नै गठबंधन को लक्ष्य हो भने अढाई वर्ष देखि गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको नेतृत्वमा जी टी ए प्रशासन राम्ररी नै चली रहेको छ। जनताले उनीहरुलाई नकारेर पनि अहिले जनता उनीहरू तर्फ नै फर्केको सबैले देखिदैछन। राज्य सरकार संग राम्रो तालमेल गरेर व्यवस्था चली रहेको छ। घिसिङ अनि गुरुङ कालमा नभएको विकाशहरु गर्दैछन यी नेतृत्वहरुले। राजनैतिक संस्कार सुधार्दै छन। जनता खुशी नै छन। पहाड शान्ति छ। पहाडका गैर राजनैतिक स्तकेहोल्डर सहयोगी छन। प्रशासन सफलतापूर्वक चली रहेको छ। विकास को मेरुदण्ड सीधा हुँदैछ। पहाडले नसुनेको भिजन को सोच जस्ता कुराहरू दैनिक बातचीत को विषय बनिन्दैछ।
अब प्रश्न उठ्छ, के चुनाव जित्नु गोर्खाल्याण्ड नै मुद्दा हुनु पर्छ? जातीय अनि राजनैतिक एकता विहिन कसरी गोर्खाल्याण्ड सम्भव छ? यो राजनैतिक विभिन्नता अनि खिचातानी त चुनावको राजनैतिक युद्दको संकेत हो। गोर्खाल्याण्डको युद्दको निम्ति तयारीको संकेत पटक्कै होइन।
गोर्खाल्याण्डलाई गठबन्धनले किन बजारीकरण गर्दैछ? किन कुरकुरे जस्तो बेच्न खोज्दैछ? घरी यो स्वादको कुरकुरे घरी त्यो स्वादको कुरकुरे। बरु कुरकुरे बनाउने फ्याक्ट्रीलाई नै किन मुद्दा नबनाउने? कुरकुरे बनाउने फ्याक्ट्रीमा चाहिँ विनय अनितले काम गर्दैछ, फ्याक्ट्री राम्रो हुँदैछ, मसिन पनि राम्रो हाल्दैछ भन्ने गठबंधन लाई डर? कि कुरकुरे को सेल्स एजेन्ट्स सांसद अनि विधायकले कुरकुरे मात्र बेच्न सक्छ, फ्याक्ट्री को मसिन ल्याउनु सक्दैन भनेर कुरकुरे नै बेच्न खोजेको?
फ्याक्ट्री ठूलो, गुणस्तरको बनाऔं। फ्याक्ट्रीमा काम गर्ने कर्मचारीहरु गुणस्तरको ल्याऊ। कुरकुरे बेच्नु एजेन्ट्स चाहिन्दैन।
No comments:
Post a Comment