Sunday, 27 August 2017

समन्वय गर्न नसक्ने समन्वय समितिः अन्योलमा पार्टीहरूः दलहरूले हाल्दैछ जनताको आँखामा धुलो

कालेबुङः गोजमुमोले वार्तामा जाने निर्णय गर्दै  वार्ता टोलीमा रहेका सदस्यको नाम सार्वजनिक गर्ने वित्तिकै जीएमसीसी लङ्गडा बन्यो। न अघि जाउँ न पछि सरौं-को स्थितिमा पुगिसकेको जीएमसीसीले सबै दललाई नै अन्योलमा पारिदियो।

अघिल्लो बैठकमा राज्यले जीएमसीसीलाई नै बोलाए सबै पार्टीका प्रतिनिधिहरू ममता व्यानर्जीले बोलाएको बैठकमा जाने निर्णय गरेको थियो, निम्तो नआए के गर्नुपर्ने त्यसबारे निर्णय गर्न आज जीएमसीसीको बैठक हुने भएको थियो।  बैठकको लागि डीडीयुडिएफ, भागोप र गोरामुमोका प्रतिनिधिहरू कालेबुङ आइसकेका पनि थिए, तर कालेबुङ आइपुगेपछि मात्र उनीहरूले बैठक रद्द भइसकेको थाहा पाए।

यद्धपि आइसकेका दलहरूले बेलुकीसम्म नै बैठक भइ पो हाल्छ कि भनेर पर्खिए।

जीएमसीसीले आजको तारिकसम्म नै आन्दोलनको निम्ति कुनै एउटा कार्यक्रम पनि गरेन। न त रणनीति नै बनायो। जीएमसीसीले केवल निरन्तर बैठक गऱ्यो। बैठकमा अनेकौं भावी योजनाहरूको घोषणा गऱ्यो तर कुनैलाई पनि कार्यरूप दिएन।

शुरुमा जीएमसीसीले सचिवस्तरका नेताहरूलाई आमरण अनशनमा राख्ने घोषणा गरेको थियो, तर क्रामाकपा नेता आरबी राई पनि अनशनमा बस्ने भएपछि रातारात यो आमरण अनशन रद्द गऱ्यो।

त्यही अनशन दिल्लीमा गर्ने भनियो, तर दिल्लीमा पनि गरेन। उप्रान्त पहाडमा होइन दिल्लीमा अनेकौं कार्यक्रम गर्ने भनिएको थियो, तर एउटै कार्यक्रम पनि जीएमसीसीले दिल्लीमा गरेन।

जीएमसीसीले चारवटा कमिटी बनायो, पहिलो थियो- आन्दोलनलाई अघि बढाउन चाहिने सम्पूर्ण तथ्यहरूको सङ्ग्रह, अर्को थियो, कानूनी सम्बन्धमा हुने अडचन, फाइदा र समस्याहरूबारे बुझ्ने, अर्को मानवाधिकार सम्बन्धमा काम गर्ने अनि अर्को थियो एउटा बौद्धिकहरूको राष्ट्रीय मञ्च बनाउने।

यी कुनै पनि जीएमसीसीले बनाएन अथवा यसबारे काम नै गरेन।

जीएमसीसीले कुनै पनि रणनीति तयार नगरी केवल बैठक मात्र गऱिबस्यो। यता बङ्गाल प्रशासनले गोजमुमोका नेताहरूको पक्राउ शुरु गरेपछि विमल गुरूङ बचाउ अभियानको घोषणा गऱ्यो तर यो अभियान पनि जीएमसीसीले गरेन।

जीएमसीसीले अहिलेसम्म घोषणा गरेको कुनै पनि कार्यक्रम गरेन। यसैबीच दिल्लीबाट सांसद एसएस अहलुवालियाले आन्दोलनकारीहरूसित कुरा गराउन गृहमन्त्री राजनाथ सिंहसित एपोइन्टमेन्ट मागेर जीएमसीसीलाई कुरा गर्न बोलाए।

यतिखेर पनि जीएमसीसीले समितिमा रहेका 14 वटा सङ्गठनबाहेक केवल चारवटा दललाई मात्र खबर गऱ्यो। सूचना नै नपाएपछि बैठकमा नलगेका दलहरूले जीएमसीसीमाथि प्रश्न उठायो तर कुनै पनि प्रश्नको जवाबसमेत जीएमसीसीले दिएन।

यता गोरामुमोले मुख्यमन्त्री ममता व्यानर्जीलाई पहाडको वर्तमान समस्याको समाधान गर्न अर्थात शान्ति स्थापना गर्न वार्ता बोलाइदिने अनुरोध पठायो। यसैको आधारमा राज्य सरकारले गोरामुमो, गोजमुमो, जाप र गोर्खालिगलाई मात्र वार्तामा बस्ने निम्तो पठाएको छ।

वार्तामा व्यक्तिगत पार्टी जाने कि सामुहिकरूपमा जाने भन्नेबारे जीएमसीसीको टाउको दुखाइ बन्यो। वार्तामा जान गोरामुमो र गोजमुमोले हान्थाप त गरिरहेकै थियो अरू दललाई पनि वार्तामा बस्ने रहर रहेकोले जीएमसीसीले एक्लाएक्लै होइन सबै दल रहेको जीएमसीसीलाई नै निम्तो पठाउनुपर्ने भन्दै अघिल्लो बैठकमा निर्णय गऱ्यो।

तर निम्तो नआए के गर्नुपर्ने हो? यसबारेमा आज बैठक गरेर निर्णय गर्ने भनिएको थियो तर आजको बैठक अचनाक नै रद्द भयो।

बैठक रद्द हुनुमा गोजमुमोले दुइवटा पत्र ममता व्यानर्जीलाई पठाउनु नै रहेको बुझिएको छ। यता गोरमुमो प्रवक्ता निरज जिम्बाले छनक दिए, ‘गोजमुमोले वार्तामा जाने र डेलिगेशन नै तयार पारेपछि जीएमसीसीको बैठकको औचित्य नै रहेन।’

बैठक नै रद्द भएपछि कुन दल वार्तामा जाने? भन्ने कुरामा नै अन्योलता देखा परेको छ। आज प्राय सबै दलले वार्तामा जाने-नजाने वारे निर्णय गर्न बैठक गरिरहेको छ। यता कल्याण देवानले दलहरू आफ्नै दलको बैठकमा व्यस्त रहेकोले नै जीएमसीसीको बैठक रद्द भएको बताएका छन्।

वार्ता र गोर्खाल्याण्डः गोरामुमो र गोजमुमोले हाल्दैछ जनताको आँखामा धुलो

आन्दोलन चरममा रहेकोले आत्तिएर राज्यले पहाडका चारवटा दललाई बैठकमा बोलाएको होइन। आन्दोलन गर्न नसकेपछि अनि लामो बन्दले स्थिति गम्भीर बनाएपछि ‘पहाडमा शान्ति फर्काउन हामीलाई वार्तामा बोलाइदिनुहोस्’ भनेर गोरामुमोले पत्र लेखेको पछिमात्र राज्य सरकारले वार्ता बोलाएको हो।

हामीलाई बोलाइदिनुहोस् भनेर अनुरोध पठाएर बसेको वार्तामा गोरामुमो र गोजमुमोले ‘वान पोइन्ट एजेण्ड गोर्खाल्याण्डबारे कुरा गर्छौँ’ भनिरहेका छन्। यद्धपि सबैलाई थाहा छ, वैठकमा अनुरोध गरी गरी बोलाउन लगाएर बसेको वार्तामा गोर्खाल्याण्डको ‘ग’-समेतको उच्चारण हुने छैन।

यद्धपि गोरामुमोले यो शङ्काको उत्तरमा गृहमन्त्री राजनाथि सिंहले राज्यसित कुरा गरेर ‘सङ्घीय प्रणालीको दायराबाट आउनुपर्ने’ सिस्टम फलो गर्नु अनिवार्य रहेकोले मात्र राज्यलाई पत्र लेखेको बताएको छ। तर गोरामुमोले जुन राजनाथ सिंहको हवाला दिइरहेको छ, उनीसित पनि जीएमसीसीले एपोइन्टमेन्ट मागेर नै बैठक गरेको हो। केन्द्रले आधिकारिकरूपमा पत्र पठाएर वार्तामा बोलाएको होइन।

राजनाथ सिंह अनि ममता व्यानर्जी दुवैलाई पहाडका दलहरूले आफै अनुरोध गरेर ‘बैठकमा बोलाइदेउ’ भनेकोले बोलाइएको वार्ता हो, जहाँ कतैबाट पनि गोर्खाल्याण्डबारे कुरा हुँदैन। यद्धपि राज्यसितको बैठकमा गोर्खाल्याण्डबारे कुरा गर्छौँ भनेर पहाडका दलहरूले सोझै जनताको आँखामा धुलो हाल्ने खेल गरिरहेको छ।

कोलकत्ता सूत्रले जनाए अनुसार वार्तामा पहाडका दलहरूले सरकारी कर्मचारीहरूको वेतन नटाकी, कसैलाई नोकरीबाट ननिकाली अनि सरुवा गरेकोलाई यथास्थानमा फर्काउन, पक्राउ गरिएका आन्दोलनकारीहरूलाई मुक्त गर्न, पहाडमा बन्द इन्टरनेट खुल्न, मिडिया सर्वराह पुनरस्थापित गर्न अनि आन्दोलनकारीहरूलाई लागेको मुद्दा फिर्ता लिने कुरा हुने छ।

सुत्र अनुसार राज्य सरकारले जीटीएको चुनाउ गर्न अनि पहाडमा शान्ति स्थापित गर्न, बोर्डहरूको सञ्चालनमा बाधा नदिने पहाडका दलहरूलाई अपिल गर्ने भएको छ।

(साभार:खबरम्यागजिन)

Tuesday, 22 August 2017

Call urgent meeting of GST Council: Bengal FM Dr Amit Mitra to Centre

Bengal Finance Minister Dr Amit Mitra has written to Union finance minister Arun Jaitley urging him to convene an urgent meeting of the GST Council to address the problems being faced by small taxpayers, including access to the IT network which has suffered technical glitches.

In his letter, Dr Mitra also reiterated his demand for a white paper to enable the council to take note of the situation on the ground and suggest guidelines for the future. “You will recall that I had repeatedly pointed out the unpreparedness to roll out GST on July 1, but to no avail,” Dr Mitra said in his letter. The next meeting of the GST Council is on September 9 in Hyderabad.

“You will also recall my repeated request to provide a white paper on the state of preparedness, also containing the shortfalls on different elements of the complex GST system being envisioned, once again to no avail,” he said.

Dr Mitra drew Jaitley’s attention to the technical glitches experienced by the Goods & Services Tax Network — the IT backbone of the ambitious tax reform measure.

The last date for filing of returns and payment of GST has been extended to August 25 amid reports of a technical glitch in GSTN. The network faced heavy rush of returns on Saturday and several traders and businesses said they were unable to access the system. GSTN officials had said they were working to fix the problem but asserted that it was not a problem linked to capacity.

“Apart from access to the GSTN itself, problems were reported regarding payment through banks. The RBI gateway failed at times. Banks refused to receive over-the-counter challans in many places and the troubles of small taxpayers knew no end,” Dr Mitra said in his letter.

He said the system will received more than 1.5 core hits next month around the 20th and this is bound to lead to “major pains” for businesses, particularly small and medium enterprises. “Therefore, I have serious reservations whether the system is prepared for this. We saw the registration module which took over 20-25 days to stabilise and even now features like appeal, restoration of application form etc are not in place,” the West Bengal FM said.

He said the enrolment of GST practitioners, cancellation of applications and amendments have not yet taken place. Dr Mitra said taxpayers who have migrated from the VAT regime with turnover of less than Rs 20 lakh have not been able to cancel their registration and are thus liable to file returns. “The module for carrying over old credit is being activated today as per information available, and the last date for returns is 28th in such cases. I have serious doubts on whether this entire process can be streamlined in such a short span of time. Once again, the problems of today in the implementation of GST, may get exacerbated,” he said.


Source : goo.gl/uPjhHD

Monday, 21 August 2017

राकेश रावतलाई ‘गार्ड अफ् अनर’-सितै दिइयो श्रद्धाञ्जलीः बम विस्फोटकाण्डपछि पुलिस प्रशासन बन्यो कठोर


प्रज्ज्वल छेत्री,कालेबुङ, अगस्त 21:राकेश रावतलाई आज पश्चिम बङ्गाल पुलिसद्वारा ‘गार्ड अफ् अनर’-सहित श्रद्धाञ्जली अर्पण गरियो। शनिबार राती कालेबुङ थानामा भएको बम विस्फोटकाण्डमा परेर सिभिक पुलिस राकेश रावतको मृत्यु भएको थियो। उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा रावतको शव पोष्टमर्टम गरेपछि आज कालेबुङ ल्याइएको थियो। कालेबुङ जिल्लापाल डा. विश्वनाथ, जिल्ला पुलिस अधिक्षक अजीत सिंह यादव लगायत अन्य पुलिस अधिकारीहरूको उपस्थितिमा स्व. रावतलाई कालेबुङ थाना परिसरमा ‘गार्ड अफ् अनर’-सितै श्रद्धाञ्जली अर्पण गरियो।

पुलिस प्रशासनद्वारा श्रद्धाञ्जली अर्पण गरिएपछि स्व. रावतको शव यहाँको इस्टमेनरोडमा अवस्थित उनको निवासमा लगिएको थियो। आज नै उनको अन्तिम संस्कार पनि गरियो। स्व. रावतको परिवारमा बाबा-आमा अनि दुई दाजु अनि एकजना भाइ रहेका छन्।

‘यो अत्यन्त दुःखदायी घटना भएको छ, ड्यूटीमा रहेकै समय हामीले आफ्नो छोरालाई गुमाएका छौँ’- राकेशका बाबा अशोक रावतले भने, ‘घटनाको सही जाँच हुनुपर्छ।’

उनले बम विस्फोटकाण्डको सही जाँच हुनुपर्ने भन्दै स्व. रावतले ड्यूटीकै समय आफ्नो प्राण गुमाएका कारण सरकारद्वारा परिवारपक्षलाई सहुलियतस्वरूप सरकारी नोकरी दिनुपर्ने पनि माग गरेका छन्।

केही समयअघि स्थानीय दिपा रावतसित राकेश रावतको मङ्गनी भएको थियो भने आगामी दिसम्बर महिनामा उनीहरूको बिवाह हुने निश्चित थियो। जतिबेला बम विस्फोटकाण्ड भयो त्यसबेला पनि उनी आफ्ना मङ्गेतरसित फोनमा कुरा गरिरहेका थिए। त्यसै समय अचानक बम पड्किएको आवाज आएको दिपा रावतले बताइन्।

कालेबुङ थानामा भएको बमकाण्डपछि कालेबुङको स्थिति एकाएक अझ तनाउपूर्ण बन्दै गइरहेको छ। पुलिस प्रशासन अझ कठोर बनिरहेको छ। कालेबुङ थाना परिसरमा व्यापक रूपमा सुरक्षा बल परिचालन गरिएको छ। थाना परिसर भएर बाहनहरू मात्र होइन मानिसहरूलाई पनि हिँड्नमा रोक लगाइने काम भइरहेको छ।

पुलिस प्रशासनले थाना परिसरमा ब्यारिकेट लगाएर गस्ती दिइरहेको कारण हिजोदेखि मोर्चाको जुलूस जिल्लापाल कार्यालय अघिसम्म जान सकिरहेको छैन। यसअघि दैनिक रूपमा नै मोर्चाको जिल्लापाल कार्यालय घेराउको कार्यक्रम चलिरहेको थियो। आज मोर्चाले जुलूसलाई विपरित दिशातर्फ मोड्दै 10 माईल परिसर घुमेर फर्केपछि डम्बरचोकमा नै पथसभाको आयोजना गरेको थियो। पथभालाई सम्बोधन गर्दै विधायक सरिता राईले बम विस्फोटकाण्डको उच्च स्तरीय जाँच हुनुपर्ने माग दोहोऱ्याइन्। उनले यो मोर्चा अनि गोर्खाल्याण्डलाई बद्नाम गर्ने षड्यन्त्र रहेको हुनसक्ने बताउँदै मोर्चाको सिद्धान्तभित्र हिँसाको राजनीति नरहेको बताइन्। उनले आज पुनः यदि पश्चिम बङ्गाल सरकारद्वारा वार्ताको आधिकारिक निमन्त्रणा पाएको खण्डमा वार्तामा जाने कुरा पनि दोहोऱ्याइन्।

[स्रोत:खबरम्यागजिन]